पोखरा महानगरको डोजर; काठमान्डौंको नक्कल मात्र कि, साँच्ची व्यवस्थित बनाउने योजना ?

काठमाडौंका मेयरले अवैध संरचना भत्काउन डोजर अभियानै चलाउँदा त्यसको दबाब देशैभरका पालिका प्रमुखहरुलाई पनि



खरा महानगरपालिकाले आफ्नै स्वामित्वको जग्गाका घर तथा पसल भत्काएको छ ।

 

चोकलाई फराकिलो बनाउने उद्देश्यसहित चल्तीको चोक महेन्द्रका घर तथा सटरमा महानगरले बिहीबार डोजर लगाएको हो ।

 

त्यहाँको सटरमा पसल तथा कार्यालय चलाइरहेकाहरुलाई महानगरपालिकाले भदौ २२ गतेसम्मलाई सामान खाली गर्न ३५ दिने म्याद दिएको थियो ।

 

मेयर धनराज आचार्य, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र नगरप्रहरीसहित गएको डोजरले घर तथा पसल भत्काउन सुरु गरेको हो ।

 

महेन्द्रपुलस्थित उक्त जग्गामा पोखरा सार्वजनिक पुस्तकालय, पोखरा आर्ट ग्यालरी र व्यक्तिका पसलहरु छन् ।

 

 

ती पसलहरुको भाडासमेत वर्षौदेखि महानगरपालिकाले पाएको छैन ।

 

जसलाई ठेक्कामा दिएको हो, ऊ पनि महानगरपालिको सम्पर्कमा नभएको बताइएको छ ।

 

 

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले अवैध संरचना भत्काउन डोजर अभियानै चलाउँदा त्यसको दबाब देशैभरका पालिका प्रमुखहरुलाई पनि परेको छ ।


२५ पुष २०७८, आईतवार

वर्तमान गण्डकी प्रदेश सरकारले पोखरा रिङरोडको योजना समेटेन

पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले पोखरा रिङरोड बनाउने योजना लाई प्राथमिकतामा राखेर प्रत्येक वर्ष १/१ करोड रुपैयाँ विनियोजन गर्दै आएको थियो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेटमा समेत रिङरोडको योजना समेटेन ।

 

 

बढ्दो ट्राफिक जाम, बसपार्कको अभाव, साँघुरा सडक, पार्किङस्थल नहुँदा अस्तव्यस्त बनेको पोखरालाई व्यवस्थित बनाउन रिङरोडको आवश्यकता ठानी योजना तय गरिएको थियो ।

 

१८ साउन : पोखराको विरौटामा खानेपानीको लाइन विस्तार गरिँदै । मुलुकको दोस्रोे ठूलो पोखरा खानेपानी आयोजना जाइकाको करिब रु पाँच अर्बको सहयोगमा निर्माण भइरहेको छ । तस्बिरः हरि बाँस्तोला÷रासस

प्रदेशस्तरीय रिङरोड नबन्ने भएपछि पोखरा महानगरपालिकाले पनि रिङरोड बनाउने सपना बुनेको छ । कुभिन्डे, क्रिस्ती, भरतपोखरी, गगनगौडा, राजाको चौतारा, रुपाताल, कालीका, कसेरी, आर्वा, मौजा, अर्मला, पुरनचौर, धम्पुस, नाउडाँडा, घाँटीछिना, चापाकोट, भुम्दी हुदै कुभिन्डेसम्म रिङरोड बनाउने योजना महानगरको प्रस्ताव रहेको महानगरका लेखा अधिकृत जयराम पौडेलले बताए । यसको लागि डीपीआर गर्ने तयारी भएको पौडेलले बताए ।

Comments Box