कांग्रेसको घोषणापत्र लिएर हिडेकाहरु अब कम्युनिष्ट भइरहन सक्दैनन् – उपमहासचिव गुरुङ

कार्यक्रममा सुन्दरबजारका द्धारिका मिश्र, रुद्धहरि ढकाल लगायत १०९ जना एमाले प्रवेश



नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा अब बाम एकताको औचित्य नभएको प्रष्ट पार्नुहुँदै माओवादीको औचित्य नरहेको र एसको कुनै भविष्य नभएकाले अब सबै एमालेमा समावेश भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

 

 

उनीहरु कांग्रेसको घोषणा पत्र लिएर हिडेर अब उनीहरु कम्युनिष्ट भइरहन सक्दैनन्, माओवादीहरुले विगतमा जे योगदान गर्‍यो अब उनीहरुलाई कम्युनिष्टको विरासत जोगाउने एउटा मात्र ठाउँ नेकपा एमाले होे उनले भने ।

 

नेकपा एमाले जिल्ला कमिटि लमजुङद्धारा सुन्दरबजारमा आज आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो कुरा बताएका हुन् ।

 

गुरुङले सबै जनताको सपना एमाले रहेकाले एमाले आगामी दिनमाअझै बलियो स्थापित हुँदै जाने ठोकुवा गर्नुभएको मुलुकको समृद्धि हाल उत्पन्न भएको बेरोजगार, आर्थिक संकट देखि विविध कुराहरुको समाधन एमाले सरकारमा भएमा मात्र समाधानगर्न सक्ने उहाँको भनाई

 

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनुभएका गुरुङले एमालेले लिएको नारा, केपी ओलीले थालेको अभियान देशभर फैलिएको र अन्य पार्टीले पनि सोही नारा अनुसरण गरेको बताउनुभयो । एमालेको सरकार हुँदा देशमा धेरै राम्रा काम भएको बताउनुभयो । अब एमाले पार्टीलाई बलियो र सृदृढ बनाउँदै सरकारमा पु¥याउनतर्फ सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

 

उहाँले आगामी संघीय प्रदेश निर्वाचनमा लमजुङ एमालेको लाल किल्ला हुने दाबी समेत गर्नुभयो ।उहाँले भन्नुभयो, ‘एमालेलाई जनताको साथ हुने अन्य सबै दलमिल्दा पनि कसैको केही तागत चल्ने छैन, अनि मात्र देशले विकासको गति लिनेछ

 

कार्यक्रममा एमालेका केन्द्रिय सदस्य टुकाभद्र हमाल, जमिन्द्रमान घले, गण्डकी प्रदेश कमिटि सचिव धनञ्जय दवाडी लगायतले मन्तव्य राख्दै मुलुकलाई सही दिशामा लैजानका लागि एमालेले मात्र सक्ने भएकाले जनताले साथ दिन आवश्यक रहेका बताएका थिए ।

 

उक्त कार्यक्रममा सुन्दरबजारका द्धारिका मिश्र, रुद्धहरि ढकाल लगायत १०९ जना एमाले प्रवेश गरेका छन् ।

Comments Box