लमजुङ, झापा, रौतहट र डोल्पा चार जना मृत अवस्थामा फेला

पौडी खेल्न गएको अवस्थामा उनको डुबेर मृत्यु भएको



काठमाडौं, १६ जेठ : झापा, रौतहट, डोल्पा र लम्जुङमा चार जना मृत अवस्थामा फेला परेका छन् ।

 

झापाको गौरादह नगरपालिका–४ स्थित बाटो छेउमा सोही ठाउँ बस्ने ५० वर्षीया राधिका रिषिदेव आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

 

रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुर बस्ने अजमत अलिको छोरा ३ वर्षीय अजाद आलम घर नजिकै खेतको आलिमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

 

डोल्पाको छार्काताङसोङ गाउँपालिका–४ कागकोटमा विगत १० वर्षदेखि मजदुरी गर्दै आएका ४२ वर्षीय शुनिल खड्का सोही ठाउँस्थित सडकमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

 

लमजुङको राईनास नगरपालिका–१ र २ को सिमानामा पर्ने बेसारे खोलाको किनारामा सोही नगरपालिका–२ पन्थी डाँडा बस्ने १३ वर्षीय सिशिर सेन आइतबार मृत अवस्थामा फेला परेका छन् ।

 

पाँच जना साथीहरूसँग पौडी खेल्न गएको अवस्थामा उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments Box