घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

केही महिनायता बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र खाता जैविकमार्ग वरपर सिलसिलाबद्ध रूपमा भएका मानव–बाघ द्वन्द्वका घटनाले मानवीय क्षति व्यहोर्नुपरेको



चितवन, १६ जेठ :चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी पूर्वी चितवनको राप्ती नगरपालिका–१ की ५५ वर्षीय सोतीमाया तामाङलाई  साेमबार अपरान्ह करिब ४ बजेको समयमा बाघले आक्रमण गरेको हो ।

 

बाघको आक्रमणबाट तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

 

बाघले आक्रमण गरेको घटनाको जानकारी आएपछि अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । टोलीले लास जाँच तथा मुचुल्का तयार गर्ने लगायतको अनुसन्धानको काम गरिरहेको अधिकारीले बताए ।

Comments Box