गण्डकी प्रदेश सभामा काङ्रेस ; गोरखा-१ प्रदेश सभा (ख) मा नन्दप्रसाद विजयी

न्यौपाने कांग्रेस गोरखाका सभापति



गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (ख) मा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी भएका छन्।

 

यहाँ २९ हजार ६ सय ८६ मत खसेको थियो।

 

न्यौपानेले १६ हजार २ सय ६० मत ल्याएर निर्वाचित भएका हुन्। यहाँ नेकपा एमालेका मोहनप्रसाद भट्टराई पराजित भए। भट्टराईले ७५३३ मत ल्याएका छन्।

 

न्यौपाने कांग्रेस गोरखाका सभापति हुन्।

 

नेकपा एमालेले हालसम्म प्रदेशसभामा दुई सिट जितेको छ । नेपाली कांग्रेसले भने ९ सिट जितिसकेको छ । एक÷एक सिट माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

Comments Box