सिन्धुपाल्चोकको चार तहमा तीनमा कांग्रेस, एकमा माओवादी



सिन्धुपाल्चोक, ३ जेठ: सिन्धुपाल्चोकको १२ मध्ये चारवटा वटा स्थानीय तहकाे परिणाम सार्वजनिक भएको छ । बाह्रबिसे नगरपालिका, बलेफी गाउँपालिका, भोटेकोसी गाउँपालिका र हेलम्बु गाउँपालिकाको अन्तिम मतपरिणाम आएको हो । तीनमा कांग्रेस र एकमा माओवादी र एकीकृत समाजवादी गठबन्धन विजयी भएको छ ।

 

बाह्रबिसे नगरपालिकामा निवर्तमान मेयर निमफुञ्जो शेर्पालाई पराजित गर्दै कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेत विजयी भएका छन् । कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको गृहनगर बाह्रबिसे अघिल्लोपटक एमालेले जितेकाे थियाे । एमालेका उम्मेदवारसँग पराजित बालकृष्णले यसपटक उनै शेर्पालाई पराजित गर्दै नगरको नेतृत्व आफ्नो पोल्टामा पारेका छन् । शेर्पाले पाँच हजार चार सय ३३ मत ल्याउँदा बालकृष्णले सात हजार सात सय २८ मत ल्याए ।

 

उपमेयरमा एमालेबाटै उम्मेदवारी दिएकी निवर्तमान उपप्रमुख सुशीला पाख्रिन पराजित भइन् । पाख्रिनले पाँच हजार नाै सय ९० मत ल्याउँदा कांग्रेसकी उपप्रमुख मञ्जु तामाङले ६ हजार नाै सय ७७ मत ल्याएर विजयी हासिल गरिन् ।

 

नगरपालिकामा ९ वडा छन् । जसमा वडा नम्बर १,२,३,४,५, ८ र ९ मा कांग्रेस र वडा नम्बर ६ र ७ मा एमाले उम्मेदवार विजयी भएका छन् ।

 

बलेफी गाउँपालिका अध्यक्षमा माओवादी-समाजवादी गठबन्धनका उम्मेदवार गंगाबहादुर तामाङ विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकी सरु लामा तामाङ विजयी भइन्। गठबन्धनका अध्यक्ष उम्मेदवार गंगा तामाङले चार हजार ६ सय ६६ र कांग्रेसका सुवास तिमल्सिना चार हजार एक सय पाँच मत ल्याएर पराजित भए ।

 

एमालेबाट अध्यक्ष पदमा उम्मेदवार नारायणकाजी श्रेष्ठले तीन हजार ३८ र एमालेकै उपाध्यक्ष उम्मेदवार सपना थापाले तीन हजार ६ सय ३३ मत ल्याइन् । कांग्रेसकी सरु लामा तामाङले चार हजार तीन सय ९४ मत ल्याएर उपाध्यक्षमा विजयी बनिन् ।

 

सो पालिकामा ८ वडा छन् । जसमा वडा नम्बर १,२,३, ५, ७ र ८ मा कांग्रेसका उम्मेदवारले जित हात पारे । वडा नम्बर ४ मा माओवादी केन्द्र र ६ मा एमालेका उम्मेदवार विजयी भए ।

 

भोटेकोसी गाउँपालिकामा कांग्रेसले जित निकालेको छ । कांग्रेसका पासाङ नुर्पु शेर्पाले अध्यक्षमा दुई हजार ६ सय पाँच मत ल्याए भने उनका प्रत्यासी एमालेका अध्यक्ष अमृत खड्काले दुई हजार ४८ मत ल्याएर पराजित बने ।

 

कांग्रेसका दिछेन शेर्पाेले २७ सय १२ मत ल्याएर उपाध्यक्षमा विजयी भए । एमालेका उपाध्यक्ष उम्मेदवार सुन्तलीमाया लामा श्रेष्ठले २ ५ सय ५३ मत ल्याइन् ।

 

यसअघि माओवादी केन्द्रको पोल्टामा रहेको सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा यसपटक भने कांग्रेसले जित निकालेको हाे । निवर्तमान गाउँपालिका अध्यक्ष एव‌ माओवादी केन्द्रका उम्मेदवार राजकुमार पौडेल र उपाध्यक्ष उम्मेदवार आशा गुरुङले १९१८ र १६१२ मत ल्याएर तेस्रो भएका छन् ।

 

सो पालिकामा पाँच वडा छन् । जसमा वडा नं. १,२ र ५ मा कांग्रेस उम्मेदवारले वडाध्यक्ष पदमा जितेका छन् । वडा नं. ४ मा एमाले र ३ मा स्वतन्त्र उम्मेदवार लालटिन चिन्हका निमा सोना शेर्पा विजयी भएका छन् ।

 

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्षमा कांग्रेसका निवर्तमान अध्यक्ष निमा ग्याल्जेन शेर्पा नै दोहोरिएका छन् । पालिकामा अध्यक्ष-उपाध्यक्ष कांग्रेसले नै जितेकाे छ ।

 

शेर्पाले ५३ सय ८६ मत ल्याए । अध्यक्षका प्रत्यासी एमाले उम्मेदवार दावा लामाले ४६ सय तीन मत ल्याए ।

 

उपाध्यक्षमा नेपाली कांग्रेसकै अप्सरा लामिछाने ५२ सय १४ मत ल्याएर विजयी भइन् । उपाध्यक्षकी प्रत्यासी एमालेकी गंगा अर्यालले ४६ सय ७१ मत ल्याइन् । माओवादी केन्द्रबाट अध्यक्ष र उपाध्यक्ष उम्मेदवारी दिएका पेमा लामा र सुमित्रा आचार्य आठ सय १३ र १०० मत ल्याएर तेस्रो भए ।

 

सो पालिकामा सात वडा छन् । १,२, ४,५ र ७ मा कांग्रेस र वडा नम्बर ३ र ६ मा एमालेका उम्मेदवार विजयी भएका छन् ।


कांग्रेसले एमालेसँग गठबन्धन गर्न खोजेको भन्दै सिन्धुपाल्चोक माओवादी र एसको उजुरी

सिन्धुपाल्चोक, ९ वैशाख : पाँच दलीय गठबन्धनको निर्देशन र सहमतिविपरीत नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल एमालेसँग जिल्लामा तालमेल गर्न खोजेको भन्दै गठबन्धनमा आबद्ध दुई दलले केन्द्रमा उजुरी हालेका छन् ।

 

पाँचदलीय संयन्त्रको अध्यक्षको हैसियतमा कांग्रेसले गठबन्धन बैठकसमेत नबोलाएको उल्लेख गर्दै एकीकृत समाजवादी र माओवादी केन्द्रले पाँचदलीय संयन्त्रको संयोजकलाई पत्र लेखेर शीर्ष नेतृत्वमार्फत एमालेसँगको गठबन्धन रोक्न आग्रहसमेत गरेका छन् ।

 

एकीकृत समाजवादीका अध्यक्ष नवराज पौडेल र माओवादी केन्द्रका संयोजक गोविन्द पराजुलीले पछिल्ला दिनमा संयन्त्रको बैठक संयोजनको जिम्मेवारी प्राप्त दल नेपाली कांग्रेसका तर्फबाट आह्वान नगरेको, बैठक बोलाइएका दिनमा पनि मुख्य निर्णायक भूमिकामा रहनु हुने नेता तथा केन्द्रीय सदस्यहरुको अनुपस्थितिका कारण वातावरण नबने अवस्था सिर्जना भएको उल्लेख गर्दै उजुरी हालेका हुन् ।

 

‘त्यसभन्दा पनि गम्भीर विषय त हाल गठबन्धन दलको सात बुँदे निर्देशनविपरीत नेपाली कांग्रेसको तर्फबाट एमालेसँग वार्ता अगाडि बढाई गठबन्धनको मर्म र भावनाभन्दा बाहिर शक्तिका बीचमा पालिका प्रमुख र उपप्रमुखसमेतको बाँडफाँड गरेका पाइएकाले यस सबन्धमा तत्काल शीर्ष नेतृत्वको ध्यानाकषर्ण गराई आवश्यक कदम चाल्नुपर्ने देखिएकाले प्रदेशस्तरीय संयन्त्रबाट आवश्यक कदम चाल्नु हुन यो ध्यानाकषर्ण पत्र पेश गर्दछौं,’ उजुरीमा उल्लेख छ ।

 

सभामुख अग्निप्रसाद सापकोटा र कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको जुँगाको लडाइँका कारण पनि सिन्धुपाल्चोकमा पाँचदलीय गठबन्धन हुन नसकेको धेरैको बुझाइ छ ।

Comments Box