सबैभन्दा कम जनसंख्या भएको मनाङको नार्पाभुमीको चुनावी परिणाम



मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् । उनले १ सय ५८ मत ल्याएर आगामी ५ वर्षका लागि नार्पाभूमि गाउँपालिकाका अध्यक्ष बनेका हुन् । प्रतिद्वन्द्व स्वतन्त्रका कृष्णबहादुर लामाले १ सय ११ मत ल्याएका छन् । कोन्जो तेन्जिङ लामा यसअघिको निर्वाचनमा स्वतन्त्रबाट नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा निर्विरोध भएका थिए । पछि कांग्रेस प्रवेश गरेका उनलाई स्थानीय तह निर्वाचन २०७९ मा कांग्रेसले अध्यक्षमा चुनाव लड्न टिकट दिएका थिए । अध्यक्षमा उम्मेदवारी दिएका स्वतन्त्रका मिङमार सोनम लामाले भने उम्मेदवारी फिर्ता लिएका छन् ।

 

यसअघि उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भएका चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपाध्यक्षमा कांग्रेस, स्वतन्त्र लगायतले उम्मेदवारी दर्ता नगरेपछि मेङमरको एकल उम्मेदवारी परेको हो ।

 

नार्पाभूमि गाउँपालिकामा ४ सय ४८ मतदाता रहेकोमा ३ सय ४ मत अर्थात ६७ दशमलब ८५ प्रतिशत मत खसेको थियो ।

 

नार्पाभूमि गाउँपालिका १ मा कांग्रेसका फुर्वा ठेले लामा निर्विरोध भइसकेका छन् । वडा नं. २ मा स्वतन्त्रका फुन्चोक वङगे लामा ४१ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्रका फुन्जो पासाङ लामाले २१ मत ल्याएका छन् । वडा नं. ३ मा स्वतन्त्रका लाक्पा छेवाङ लामा २५ मतका साथ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी पेम्बा फुन्जो लामाले २१ मत ल्याएका छन् । वडाध्यक्षका प्रत्यासी नेकपा एमालेका साङगे धावा लामाले १८ मत र स्वतन्त्र उम्मेदवार साङमो छिमी लामाले ४ मत ल्याएका छन् ।वडा नं. ४ को अध्यक्षमा स्वतन्त्रका कर्मा ग्याङ्जे लामा र वडा नं. ५ को अध्यक्षमा सोनाम तेजे लामा निर्विरोध भएका छन् । दुवैजना एमाले समर्थित हुन् ।


माघ १२, २०७८

जनगणना २०७८; मनाङको नार्पाभूमि गाउँपालिका सबैभन्दा कम जनसंख्या

नेपालको जनगणना २०७८ अनुसार मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिकाको जनसंख्या ४ सय ४२ मात्र रहेको छ ।

 

फाईल तस्विर: १ असार २०७८ मा मनाङ मा परेको अभिरल वर्षा पछी लेक मा फसेका नार्पाभुमी गाउपालिका का वासिन्दा हरु उद्धार भएपछी उद्दार मा आएका मनाङ का साम्सद पोल्देन छोपाङ गुरुङ सँग (c) tilichonews

 

त्यस्तै कम जनसंख्या भएका अन्य गाउँपालिकामा मनाङकै डिस्याङ र नासों पनि रहेका छन् । त्यस्तै मुस्ताङको लो-घेकर दामोदरकुण्ड पनि कम जनसंख्या भएको गाउँपालिकामा परेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

 

विभागका अनुसार १० हजारभन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या १० रहेको छ भने ५० हजारभन्दा बढी जनसंख्या रहेका गाउँपालिकाको संख्या १५ रहेको छ ।

Comments Box