मनाङको चामेमा अघिल्लो चोटी भन्दा धेरै मत सहित एमालेका लोकेन्द्र घले विजयी



मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले ३ सय २० मत सहित विजयी भएका छन। प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत ल्याएका छन् ।

 

 

यसअघि पनि घले अध्यक्ष थिए । चामे गाउँपालिकाको अध्यक्षको हैसियतमा लोकेन्द्र घलेले कोभिड महामारी नियन्त्रण र बाढी पहिरोको बेलामा उद्दार, राहत र पुन स्थापनाका लागि सरहानिय भूमिका निर्वाह गरेका थिए ।

 

२०७९ को निर्वाचनका लागी चामे गाउँपालिकामा महिला ३६८, पुरुष ३४३ जना गरी कूल ७११ जना मतदाता रहेका छन् । सदरमुकाम समेत रहेको चामे गाउँपालिकामा स्थानिय निर्वाचन २०७४ मा नेकपा एमालेबाट अध्यक्षमा लोकेन्द्र वहादुर घले २१४ मत सहित निर्वाचित भएका थिए भने नेपाली काँग्रेसकि अनिता लामा दोस्रो भएकी थिईन ।

 

उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् । उनले ३ सय २५ मत ल्याइन् । प्रतिद्वन्दी एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत ल्याइन् ।

 

वडा नम्बर १ मा एमालेका खड्कजंग गुरुङ र वडा नम्बर २ मा कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भइसकेका छन् । वडा ३ को अध्यक्षमा कांग्रेसका विनोद लामा ७५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी एमालेका प्रेमकुमार श्रेष्ठले ५५ मत ल्याएका छन् । वडा नम्बर ४ मा कांग्रेसका लोप्साङ लामाले ८८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । प्रतिद्वन्दी एमालेका पाल्साङ लामाले ४० मत ल्याएका छन् ।

 

वडा नम्बर ५ को अध्यक्षमा एमालेका कैले गुरुङ र कांग्रेसका फुर्पा छिरिङ लामाले बराबर ३०/३० भोट ल्याएका छन् । अध्यक्षमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ विजयी भएका छन् । उक्त वडामै खुला सदस्यमा नेकपा एमालेका समिरा गुरुङ र नेपाली कांग्रेसका सेराव विष्टको बराबर २८/२८ मत खसेको थियो । दुवैजनाको सहमतिमा गोलाप्रथा गर्दा एमालेका समिरा विजयी भएका छन् ।


२९ भाद्र २०७८, मंगलवार

हेलिकप्टरमा जलविद्युत्का सामग्री ढुवानी गर्न सहयोग गरेकोमा प्रवासी दाजुभाइ दिदीबहिनीप्रति आभार

विकट हिमाली जिल्ला मनाङमा बाढीपहिराका कारण तीन महिनादेखि सडक पूर्णरुपमा अवरुद्ध छ ।

 

 

भत्किएका सडक मर्मत तथा निर्माणको काम नभएपछि यातायात, विद्युत्, सञ्चार क्षेत्र पूर्णरुपमा प्रभावित भएका छन् । लामो समयदेखि सडक सञ्जाल निर्माण नहुँदा दक्षिण कोरियामा रहँदै आएका मनाङको चामेवासी युवाको सहयोगमा हेलिकप्टर चार्टर गरेर जलविद्युत्का सामग्री ढुवानी गरिएको छ ।

 

तीन महिनादेखि डुम्रे–बेँसीशहर–चामे सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । सडकमार्फत् सवारीसाधन मात्रै नभई बटुवासमेत आवतजावत गर्नसक्ने अवस्थामा छैन । लघु जलविद्युत् आयोजनामा निर्भर मनाङमा उज्यालोका लागि युवाले सहयोग पु¥याएका छन् ।

 

राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिएको विद्युत्मा पनि बाढीपहिराले क्षति पु¥याएको छ । बाढीपहिराले क्षति पु¥याएको जलविद्युत् मर्मतका लागि हेलिकप्टर चार्टर गरी आवश्यक सामग्री ढुवानी गरिएको समाजसेवी विनोद लामाले जानकारी दिनुभयो ।

 

चामे लघु जलविद्युत् आयोजना मर्मत तथा सम्भार र निर्माणका लागि हेलिकप्टर चार्टर गरी आवश्यक पाइपलगायत सामग्री ढुवानी गरिएको लामाले बताउनुभयो । हेलिकप्टरमार्फत बेँसीशहरबाट सदरमुकाम चामेसम्म उक्त सामग्री ल्याइएको उहाँले बताउनुभयो ।

 

गण्डकी प्रदेश सरकारबाट सरकारी कार्यालयको सेवा प्रवाहको सहजताका लागि सौर्य ऊर्जा जडान गरिएको छ तर सरकारी कामकाजका लागि सहज भए पनि सर्वसाधारण हालसम्म पनि अन्धकारमा रहँदै आएका छन् । चामेवासीलाई लघु जलविद्युत् आयोजना मर्मत भएपछि बिजुलीको उपलब्ध हुनेछ ।

 

लामो समयसम्म सौर्य ऊर्जाले धान्नसक्ने अवस्था नरहेकाले जलविद्युत् आयोजनाको निर्माणका लागि वैदेशिक रोजगारीमा रहेका चामेवासीले सहयोग पु¥याएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो । उहाँले वैदेशिक रोजगारीमा दक्षिण कोरियमा रहनुहुने दाजुभाइ दिदीबहिनीप्रति आभार व्यक्त गर्नुभएको छ ।

 

 

सदरमुकाम चामेदेखि भ्राताङसम्म विसं २०७७ माघमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् आपूर्ति भएको थियो । मनाङमा लमजुङको मस्याङ्दी–५ घेर्मुस्थित राधी साना जलविद्युत् आयोजनामा निर्मित सवस्टेसनबाट २९ किलोमिटर तार टाँगेर ३३ केभी विद्युत् प्रसारण लाइन चामे–१ स्यार्कुस्थित सवस्टेसनमा जडान गरिएको थियो ।

 

नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख इञ्जिनीयर मिलन सुवेदीले लगातारको वर्षासँगै आएको बाढीपहिराले मनाङस्थित प्रसारण लाइन मर्मत कार्य थालिएको बताउनुभयो । उहाँका अनुसार बाढीपहिराले प्रसारणमा एक करोड ७० लाख बराबरको क्षति पुगेको छ ।

 

बाढीपहिराले ३३ केभी लाइनको ८.४ किलोमिटरको ११६ वटा खम्बा, ५.६ किलोमिटरको ११ केभी लाइनको ८८ वटा खम्बामा क्षति पु¥याएकोे छ । चार सय भोल्टको ५१ खम्बामा क्षति पुगेको सुवेदीले बताउनुभयो । यी स्थानमा हेलिकप्टरबाट मात्रै सामग्री ढुवानी गर्न सकिने भएको छ ।

Comments Box