मनाङ ङिस्याङमा नेकपा एमाले विजयी



मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षका एमाले उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । अध्यक्षका प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङ (घले) ७ सय १३ मत ल्याएका छन् ।

 

उपाध्यक्षमा एमाले समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले ७ सय ४४ मत ल्याएर विजयी भएका छन् । कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याएका छन् । राप्रपाका उपाध्यक्ष उम्मेदवार ज्यामयाङ टसी गुरुङले १ मत ल्याएका छन् ।

 

वडा नं. १ को अध्यक्षमा एमालेका मिङमर गुरुङ १६२ मतका साथ विजयी भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका टसी छिरिङ गुरुङले ७९ मत ल्याएका छन् । वडा नं. २ को अध्यक्षमा कांग्रेसका खम्बा गुरुङ ६४ मतका साथ निर्वाचित भएका छन् । एमालेका कर्म गुरुङले ५५ मत ल्याएका छन् । वडा नं. ३ मा स्वतन्त्रका कृष्ण लामा यसअघि नै वडाअध्यक्षमा निर्विरोध भइसकेका छन् ।

 

वडा नं. ४ मा एमालेका कमल गुरुङ ८७ मतका साथ विजयी भएका छन् । कांग्रेसका फूलमाया गुरुङले ३४ मत पाएका छन् । वडा नं. ५ मा कांग्रेसका कर्म सेरप वाङगेल लामा १११ मतका साथ विजयी भएका छन् । एमालेका सोनाम ताप्के गुरुङले १०५ मत ल्याएका छन् । वडा नं. ६ मा एमालेका सोनाम गुरुङ १३५ मतका साथ निर्वाचित भएका छन् । कांग्रेसका छिरिङ ओङगेल घलेले ९७ मत ल्याएका छन् । वडा नं. ७ मा कांग्रेसका गुरक्याप गुरुङ ८७ मतका साथ विजयी भएका छन् । एमालेका कान्छा गुरुङले ५५ मत ल्याएका छन् । वडा नं. ८ मा एमालेका पेम्बा गुरुङ १ सय ३४ मत ल्याएर विजयी भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका पेमछिरिङ गुरुङले ९८ मत ल्याएका छन् । वडा नं. ९ मा स्वतन्त्रका च्योल्पा गुरुङ यसअघि नै निर्विरोध भइसकेका छन् ।

 

मनाङ ङिस्याङ गाउँपालिकामा महिला एक हजार ७८५, पुरुष एक हजार ७५० जना गरी तीन हजार ५३५ मतदाता सङ्ख्या रहेका छन् । मनाङ ङिस्याङमा १ हजार ६ सय ५७ मत अर्थात ४६ दशमलब ८७ प्रतिशत मात्रै मत खसेको छ ।

 

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालले मनाङ ङिस्याङ गाउँपालिकामा चुनाव जितेको थियो । एमालेका कान्छा घले ६२७ मत सहित विजयी भएका थिए भने नेपाली काँग्रेसका विनोद गुरुङ दोस्रो स्थानमा रहेका थिए ।

Comments Box