उपमहासचिव गुरुङद्वारा लम्जुङमा मतदान



नेकपा एमालेका उप-महसचिव एवम गण्डकी प्रदेशका प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लम्जुङको क्व्होलासोथार गाउँपालिका वडा नम्बर ९ स्थित बुद्दोदय मा. वि. मा रहेको मतदान केन्द्रबाट मतदान  गरेका छन ।

 

 

क्व्होलासोथार गाउँपालिकामा २०७४ को निर्वाचनमा नेकपा एमालेका प्रेम बहादुर घलेले ३१४४ मत सहित विजरी हाँसिल गरेका थिए ।

 

२०७९ को निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सूर्य प्रसाद गुरुङ अध्यक्षमा र गमी माया गुरुङ उपाध्यक्षका उम्मेद्वार छन । यसै गरी नेपाली काङ्रेसबाट टेक बहादुर गुरुङ्ग अध्यक्षामा र सिर्जना गुरुङ उपाध्यक्षका उम्मेद्वार छन ।


४ फाल्गुन २०७७, मंगलवार

निर्वाचनले नै राजनीतिक स्थिरता, सरकारको स्थिरता र देश समृद्ध हुने – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

लमजुङ, ३ फागुन (रासस)- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङ मध्यनेपाल नगरपालिका–७ करापुटारमा रहेको ऐतिहासिक तथा धार्मिक इशानेश्वर महादेव मन्दिरको प्रचारप्रसार गर्नुपर्ने बताउनुभएको छ। मुख्यमन्त्री गुरुङले आज यस मन्दिर परिसरमा धर्मशाला भवनको शिलान्यास गर्दै यस मन्दिरको विशेषताका बारेमा जानकारी गराउन आवश्यक रहेको बताउनुभयो।

 

 

उहाँले माधव र प्रचण्डले सत्ता र कुर्चीका लागि आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीलाई अविश्वासको मत प्रस्ताव गर्दै हटाउने खेलले गर्दा संसद् विघटन हुन पुगेको बताउनुभयो। देश र जनताको लागि काम गरिरहेको, देश समृद्धितर्फ अघि बढाउँदै गएको प्रधानमन्त्रीलाई हटाउने खेलले गर्दा देश समृद्ध बनाउन बाधा नपुगोस् भनेर संसद् विघटन गरेर निर्वाचन गर्न लागेको र निर्वाचनले नै राजनीतिक स्थिरता, सरकारको स्थिरता र देश समृद्ध हुने उहाँले विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, यसका लागि आगामी हुने निर्वाचन हुन जरुरी रहेको र निर्वाचन निर्धारित मितिमै हुने छ।”

 

त्यस्तै, संसद् विघटन विरुद्धमा सर्वोच्चमा मुद्धा परिसकेको र सर्वोच्चलाई स्वतन्त्र रुपमा काम गर्न नदिई धम्की दिने क्रियाकलाप गरेको मुख्यमन्त्री गुरुङको भनाइ छ। मन्दिर परिसरमा निर्माण हुन लागेको धर्मशाला भवनको लागि  प्रदेश सरकारले रु ५० लाख विनियोजित गरेको छ। यस बजेटले यस आर्थिक वर्षभित्रै सक्ने गरी आठ वटा कोठाको एक तले भवन निर्माण हुने इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका कोषाध्यक्ष गजेन्द्रराज घिमिरेले बताउनुभयो। प्रदेशले आगामी आवमा पनि बजेट उपलब्ध गराउने र सोही रकमले भवन थप गर्दै जाने उहाँको भनाइ छ।

 

यहाँ प्रत्येक वर्षको शिव रात्रिमा सन्तान प्राप्तिका लागि एक हजार ५०० देखि दुई हजार जनाले ठाडो बत्ती बाल्ने गरेको समितिले जनाएको छ। समितिका अनुसार यहाँ सतीदेवीको दाइने तिघ्रा पतन भएको श्रीस्वास्थानी ब्रत कथामा उल्लेख छ। यसलाई इशानेश्वर महादेवबाट र सन्तानेश्वर महादेवको रुपबाट परिचित छ। यस मन्दिरमा सन्तान नभएका महिलाले शिवरात्रिमा रातभरी ठाडो बत्ती बालेर बसेमा सन्तान प्राप्त हुने जनविश्वास रहिआएको छ।

Comments Box