सत्तारुढ दलका कार्यकर्ताबीच दिनहुँ झडप



देशका अन्य जिल्लामा गठवन्धन गरेर चूनावी मैदानमा उत्रिएका सत्तारुढ दलका कार्यकर्ताहरु रोल्पामा भने दिनहुँ जसो झडपमा उत्रन थालेका छन । मतदानको दिन नजिकिदै जाँदा उनीहरु वीच झडप बढ्दै गएको हो ।

 

गत वैशाख २१ गते माडी गाउँपालिका वडा नम्बर ३ मा कांग्रेस-एमाले गठवन्धन र माओवादी-एकीकृत समाजवादीवीच झडप भएको थियो । झडपमा कांग्रेस-एमाले गठवन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवार निमवहादुर डाँगी माथि रड प्रहरी गरि सांघातिक आक्रमण भएको थियो । गम्भिर घाईते डाँगीको अहिले उपचार भई रहेको छ ।

 

वैशाख २६ गते गंगादेव गाउँपालिकामा आक्रमणको अर्काे घटना भयो । सो आक्रमणमा नेपाली कांग्रेसका मनवहादुर वुढामगर र कमल वुढामगर सख्त घाईते भएका छन । उनीहरुको नेपालगंज मेडिकल कलेजमा उपचारभईरहेको नेपाली कांग्रेस रोल्पाले जानकारी दिएको छ ।

 

यसैगरि वैशाख २६ गते राती ११ वजे सुनिल स्मृति गाउँपालिका ८ अरेशमा नेपाली कांग्रेसका कार्यकर्ता मनवहादुर पुनलाई सांघातिक आक्रमण गरि गम्भिर घाईते वनाएकाले उनको वुटवलमा उपचार भईरहेको कांग्रेस रोल्पाले वताएको छ ।

 

जिल्ला प्रहरी कार्यालय रोल्पाले भने निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न प्रहरी लागि परेको वताएको छ । निर्वाचनमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन र भए प्रहरी नियन्त्रणमा लिन प्रहरी सक्रिय छ जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक विनोद घिमिरेले भने ।


२८ बैशाख २०७९, बुधबार

मौन अवधिमा भोट माग्दै हिँडेका दुई समूहबीच झडप

प्यूठानको सरुमारानी गाउँपालिकामा सत्तारुढ गठबन्धन र एमालेका समर्थकबीच भएको झडपमा ४ जना घाइते भएका छन् । घाइते हुनेमा शंकर विश्वकर्मा, टेकेन्द्र मस्र्याङ्ग्री, गुमान सिंह लम्तरी र रमेश राना छन् ।

 

घाइते मध्ये रमेशलाई थप उपचारका लागि बुटवल लगिएको छ । ३ जनाको सरुमारानीमा नै उपचार भइरहेको छ । गाउँमा भोट माग्दै हिँडेका दुई समूहबीच मौन अवधिमा भोट मागेको विषयमा विवाद भएपछि झडप भएको प्रहरीले जनाएको छ ।


८ बैशाख २०७९, बिहीबार

दार्चुलामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, केही घाइते

दार्चुलाको शैल्यशिखर नगरपालिका-६ ग्वानीमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । शान्तिपूर्ण र्‍याली गरिरहेको समयमा कांग्रेसका कार्यकर्ताले आफूमाथी ढुंगा र सिसाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ता राजेश विष्टले बताए । झडपमा गाडीका सिसा फुटाइएको र केही एमालेका कार्यकर्ता घाइते भएको विष्टले बताए । घाइतेको टाउकोमा चोट लागेको छ ।

प्रहरीले भने उक्त घटनालाई सामान्य विवाद भएको बताएको छ । नेकपा एमालेका कार्यकर्ताले घरदैलो कार्यक्रम गरिरहेका बेला कांग्रेसका कार्यकर्तासँग सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक धुब्र विष्टले बताए ।

 

विवादका क्रममा एमालेका दुई जना कार्यकर्तालाई सामान्य चोट लागेको उनले बताए । शुक्रबार दिउँसो करिब साढे १२ बजेतिर नेकपा एमालेका कार्यकर्ताले घरदैलो गरिरहेका बेला कांग्रेसका कार्यकर्तासँग मुठभेड भएको थियो ।

Comments Box