विलासी १० उपभोग्य सामान नेपाल भित्र्याउने रोक; अरुमा मुल्य वृद्धी किन ?



सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।

 

असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएका सामान निम्नअनुसार छन्–

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु

२. सबै प्रकारका तयारी मदिरा

३. चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ)

४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ)

५. मोबाइल सेट

६. रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका)

७. जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)

८. २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौनाहरु

१०. खेल्ने तास

मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ । यसैगरी वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज लागू हुने छैन ।


रु एक अर्व ६५ करोडका डाइपर आयात

२३ साउन (रासस) :  नेपालले आर्थिक वर्ष २०७७ ÷०७८ मा विभिन्न १५ मुलुकबाट रु एक अर्व ६५ करोड मूल्य बराबरका डाइपर आयात गरेको छ । विशेषगरी नवजात शिशु, शल्यक्रिया गरेका बिरामी,ज्येष्ठ नागरिक तथा लामो यात्रा गर्नेले मलमूत्र अन्यत्र नजाओस् भन्नाका लागि डाइपरको प्रयोग गर्दछन् । भन्सार विभागले प्रकाशन गरेको सो आवका प्रतिवेदनमा करिव रु १० करोड ५५ लाख थान डाइपर आयात भएको उल्लेख छ ।

 

 

सोही आवमा नेपालले सबैभन्दा धेरै भारतबाट रु एक अर्व ५० करोड अर्थात् करिव १० करोड थान डाइपर आयात गरेको थियो । यसपछि भियतनामबाट रु ५० लाखका पाँच लाख २० हजार थान तथा पाकिस्तानबाट रु ३१ लाखका करिव १५ हजार थान आयात भएका प्रतिवेदनमा जनाइएको छ ।

 

 

नेपालले अन्य मलेशिया, थाइल्याण्ड, युनाइटेड स्टेट्स ९यूएइ० युनाइटेड स्टेट्स, टर्की, थाइल्याण्ड, हङकङ,सिङ्गापुर, र डेनमार्कबाट पनि डाइपर आयात गर्दछ ।

Comments Box