नेप्सेमा ७६ अंकको वृद्धि

राष्ट्र बैंकले सेयर कर्जाको विषयमा परिवर्तनको संकेत भने गरेको छैन



मंगलबार नेप्से नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ।

 

 

यस दिन नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ बिन्दुमा बन्द भएको छ।

 

 

मंगलबार नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

 

गत कारोबार दिन अर्थात् सोमबार १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६६५ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम बढेर ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँ पुगेको छ।

 

मंगलबार २६० वटा धितोपत्रको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर किनबेच भएको हो।

 

मंगलबार चार वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

 

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

 

यस दिन लगानी समूहको परिसूचक सर्वाधिक ६.२५ प्रतिशतले बढेको छ।

 

 

राष्ट्र बैंकको तथ्यांकले मुलुकको विदेशी मुद्रा सञ्चिति १३ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको देखाएको छ।

 

केही समय अघिसम्म विदेशी मुद्रा सञ्चितिमा ह्रास आएकै कारण मुलुक श्रीलंका जस्तो आर्थिक संकटमा फस्ने हो की भन्ने सर्वत्र चिन्ता थियो।

 

यो सूचकमा सुधार आएसँगै राष्ट्र बैंकले लिइरहेको कडाइका नीतिमा समेत खुकुलोपना आउन सक्ने र सेयर बजारमा लाभ पुग्ने अपेक्षामा लगानीकर्ताहरू छन्।


२८ पुष २०७९, बिहीबार

सेयर बजारमा ४१ अंकको गिरावट

पछिल्लो समय निरन्तर बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ४१ अङ्कको गिरावट आएको छ । कारोबार समयमा बढे पनि अन्तिम समयसम्ममा उच्च अङ्कको गिरावटसँगै नेप्से बन्द भएको हो ।

 

एकै दिनमा १.८७ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २१ सय ४९ अङ्कमा आइपुगेको छ । नेप्से परिसूचक घटे पनि आज कारोबार रकम भने साढे ५ अर्ब हाराहारीको छ । आज १ करोड ४४ लाख ८२ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस क्रममा जम्मा २१ वटा कम्पनीको सेयर बढ्दा १८४ कम्पनीको सेयर घटेको छ ।

 

पछिल्लो समय निरन्तर बढेको सेयर बजारमा नाफा बुक गर्न चाहने लगानीकर्ता बढ्दा बजार घटेको हो । आज पनि कारोबारको सुरुवाती समयमा बजार उच्च अङ्कले बढ्ने छाँट देखाएकोमा अन्तिम समयमा बेच्ने लगानीकर्ताहरूको चाप बढ्दा घटेको हो । यसअघि, नयाँ सरकार गठन भएसँगै १८ सय आसपास रुमल्लिइरहेको सेयर बजारले २२ सय अङ्क पार गरेको थियो ।

 

यस्तै, हिजो बुधवार चयन भएको बैंकर्स संघको नयाँ नेतृत्वले ब्याजदर घटाउने निर्णय गरेसँगै बजार बढ्ने अपेक्षा गरिएको थियो । तर, पुस मसान्तको चाप र बेच्न चाहने लगानीकर्ताको चापका कारण बजारले उच्च अङ्क गुमाएको हो ।

Comments Box