साकोसको मुनाफा २ करोड ५७ लाख; ‘वचत फिर्ता र ऋण सहजै उपलब्ध छ’ – वचतकर्ता

हावाको भरमा नलागी ढुक्कसँग कारोबार गर्नुस - संस्थापक अध्यक्ष अधिकारी



लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका वडा न. ९ मा रहेको सिर्जनात्मक बचत तथा ऋण सहकारी सस्था लि. (साकोस)ले गत आर्थीक वर्ष २०७९/८० मा २ करोड ५७ लाख ६३ हजार ७ सय ५९ रुपैयाँँ नाफा कमाएको जनाएको छ ।

 

२०५७ सालमा दर्ता भई निरन्तर सन्चालनमा रहेको उक्त सहकारीको हाल तरलता तर्फ ५ करोड ७३ लाख ३१ हजार ६ सय ८३ रुपयाँ ,बचत तर्फ ४६ करोड ३३ लाख १ सय ३ रुपयाँ, सेयर: १२ करोड १० लाख १६ हजार ४ सय, जगेडा कोष ६ करोड ३७ लाख ८८ हजार ५ सय ८४, लगानी तर्फ ६१ करोड १४ लाख ९७ हजार ९ सय २२ रुपयाँ र वासालत तर्फ ७० करोड ९६ लाख ४४ हजार ६ सय ४७ रुपयाँ रहेको साकोसले जनाएको छ ।

 

आगामी कार्यदिशा तथा अन्तरक्रिया कार्यक्रम

गत शनिवार सहकारी सस्था; साकोसले सस्थाको समसामयिक बिषयमा शेयर सदस्यहरुसग एक अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रममा सहकारीको आगामी कार्यदिशा बारेमा विशेष छलफल गरिएको थियो। कार्यक्रममा शेयर सदस्यहरुले पछिल्लो समयमा सहकारीको बारेमा आएका विषयहरुको बारेमा स्पष्ट पार्न सहकारीलाई आग्रह गरेका थिए।

 

विशेष अन्तर्कृया कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष रामजि कडेंलले सहकारिको सम्पूर्ण आर्थीक सुचकाङ्क राम्रो रहेको, वचत फिर्ता र ऋण दिन कुनै समस्या नरहेको बताउदै शेयर सदस्यहरुले दिएका सुझाव गम्भिर रुपमा ग्रहण गरि संस्थाले आगामी दिशा तय गर्ने र थप शसक्त भएर सहकारीको हितमा काम गर्दै अगाडि बढ्ने प्रतिबद्दता गर्नुभएको थियो। सहकारीका शेयर सदस्य डम्बर बहादुर कार्कीले आफुहरुले वचत फिर्ता लिन र ऋण लिन कुनै समस्या नपरेको तर सहकारीमा समस्या भएको हल्ला आएकोले उक्त हल्ला झुटो भएको आधिकारिक जानकारी पाएपछी आफु ढुक्क भएको वताए ।

 

उक्त कार्यक्रममा संस्थापक अध्यक्ष हरि प्रसाद अधिकारी, शेयर सदस्यहरु; गोबिन्द कुँबर, सुर्यकान्त अधिकारी, डम्बर कार्कि, ध्रुब बहादुर कुँबर, नारायण बहादुर कुँबर, रबिन अधिकारि, सुरेश कार्कि, सरस्वती सापकोटा, रमाकान्त अधिकारी, डोल कुमारी सापकोटा, रामकृष्ण अधिकारि, प्रेम जि.सि., पूर्णकान्त सापकोटा लगायतले आफ्ना भनाइ राख्नुभएको थियो। संस्थापक अध्यक्ष अधिकारीले हावाको भरमा नलागी ढुक्कसँग कारोबार गर्न जोड दिए ।

 

साकोसका अध्यक्ष रामजि कडेलको अध्यक्षतामा भएको अन्तर्क्रिरया कार्यक्रममा कार्यक्रममा सस्थाका पदाधिकारी, पुर्ब संचालक, सल्लाहाकार, बिभिन्न उप समितिका पदाधिकारि ,अवाद्द शेयर सदस्यहरु,सहकारीका कर्मचारी, स्थानीय शिक्षकहरु, स्थानिय बुद्दिजिबि, पत्रकार महासङ् लमजुङका सचिब रुद्र हरि ढकाल लगायत १०० जना बढिको उपस्तिथि रहेको थियो । कार्यक्रमको संचालन सिर्जनात्मक साकोसका सचिब मेन बहादुर घलेले गर्नु भएको थियो।

 

भक्ति नमुना मावीको अक्षयकोष

अहिले भक्ति नमुना मावीको अक्षयकोषको विषयमा उठेका कुरामा भक्ति नमुना मावि र सिर्जनात्मक साकोस बिच अन्योन्यास्रित सम्बन्ध रहेको र यो रकम कुनै सरकारी निकाय वा कुनै कर्मचारीले राखेको नभई सम्पुर्ण दाताहरुले राखेको बताउदैै हामीले जन्माएको संस्था सिर्जनात्मक मै रहनरपर्ने र आवश्यक परेमा जहाँ जहिले पनि उपस्थित भएर आफ्ना कुरा राख्ने अक्षयकोष दाताहरुले बताएका थिए ।

 

वृहत अन्तर्कृया कार्यक्रम पछी सन्चारकर्मीसँग बोल्दै साकोसका वर्तमान अध्यक्ष कंडेलले आफुहरु सबैको साझा संस्था भएको र यस सहकारीलाई अझ थप मजवुत बनाइ सहज, सरल रुपमा सेवाप्रवाह गरी नमूना सहकारी बनाउन सबैको दायित्व हुने भएकाले कुनै पनि भ्रामक समाचाहरुको पछाडि नलाग्न सहकारीले सबैमा अनुरोध गर्नुभयो ।

 

सहकारीमा आवद्द सदस्यहरुको वचत र शेयर रकम पूर्ण रुपमा सुरक्षित रहेको र राख्ने सम्पूर्ण जिम्मेवारी संस्था र सञ्चालक समिति लिन प्रतिवद्ध रहेकाले सम्पूर्ण शेयर सदस्य तथा सरोकारवाला सबैमा ढुक्क भइ कारोवार गर्नहुन समेत साकोसले बताएको छ ।

Comments Box