प्रधानमन्त्री रोजगार कार्यक्रम बालुवामा पानी हाले झै भएको छ: महत



प्रथम अर्थशाष्त्री सम्मेलनलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत ले प्रधानमन्त्री रोजगार कार्यक्रम बालुवामा पानी हाले झै भएको वताएका छन ।

 

 

काठमाडौंमा जारी अर्थशास्त्रीहरुको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका महतले भने ‘अब नीजि क्षेत्रलाई उत्पादन गर्न लगाउने र राज्यले बितरण गर्ने जिम्मेवारी लिने हो भने धेरै समस्याको हल हुनेछ,’ महतले भने, ‘अबको अर्थतन्त्रको नीति बनाउँदा सोही अनुसार जानुपर्छ, यसमा सबैले जोड गरौं,’ ।


१५ जेष्ठ २०७८, शनिबार

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब विनियोजन

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आगामी आर्थिक वर्षमा थप दुई लाख रोजगारीको अवसर प्रदान गर्न रु १२ लाख विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनःसंरचना गरिने बताउनुभयो । रोजगार सेवा केन्द्रमा सूचीकृत युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम् १०० दिनको रोजगारी प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

 

सरकारले चालु आवमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु १० अर्ब बजेट विनियोजन गरेको थियो । उक्त कार्यक्रममार्फत ८० हजार बेरोजगारले न्यूनतम् रोजगारीको अवसर प्राप्त गरेका थिए । सरकारले आर्थिक वर्ष २०७६÷०७७ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरेको थियो ।

 

यसैगरी निषेधाज्ञा समयवधिका लागि सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका योगदानकर्ताको योगदान रकम सरकारले नै जम्मा गरिदिने भएको छ । अर्थमन्त्री पौडेलले वैशाख र जेठ महिनाको योगदान रकम सरकारले जम्मा गरिदिने बताउनुभयो । सरकारले गत वर्ष पनि निषेधाज्ञाको समयमा कोषमा सूचीकृत योगदानकर्ताको योगदान रकम कोषमा दाखिला गरिदिएको थियो ।

Comments Box