कानुनमन्त्री बडूलाई कोरोना संक्रमण



कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले जानकारी दिए । मन्त्री बडूको स्वास्थ्य अवस्था सामान्य रहेको र अब केही दिन आइसोलेशनमा रहने उनले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले बुधबार पिसीआर परीक्षण गराएका थिए ।

 

कोरोना संक्रमित ओलीको अवस्था सामान्य

११ माघ २०७८: ४ दिनअघि संक्रमण पुष्टि भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अवस्था सामान्य रहेको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएपछि बालकोटस्थित निवासमै आरामरत रहेको पार्टी केन्द्रीय कार्यालयले जनकारी दिएको छ ।ओलीको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्ने सबैमा पार्टीले विज्ञप्तिमार्फत धन्यवाद ज्ञापन गरेको छ ।

 

एमाले उपमहासचिव गुरुङलाई कोरोना सङ्क्रमण पुष्टी

३ माघ २०७८

एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ लाई कोरोना सङ्क्रमण पुष्टी भएको छ । यसबारे उनले सामाजिक सन्जाल फेसबुक मा लेखेका छन्:
एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ लाई कोरोना सङ्क्रमण पुष्टी भएको छ । यसबारे उनले सामाजिक सन्जाल फेसबुक मा लेखेका छन्:

 

एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण

15 Jan 2022

शुक्रबार गरिएको परीक्षणको रिपोर्ट शनिबार आउँदा पोजेटिभ अर्थात संक्रमण पुष्टि भएको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् । उनले भनेका छन्: परीक्षणबाट कोभिड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षा सहित आइसोलेशनको यात्रा आरम्भ भयो।

 

 

एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

14 Jan 2022: नेकपा एमालेका महासचिव शंकर पोखरेल शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्:
‘कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सवै कार्यक्रम स्थगित गरियो’

 

सञ्चारमन्त्री कार्की आइसोलेशनमा; ‘प्रचण्ड’ र श्रेष्ठलाई कोरोना सङ्क्रमण

२५ पौष (रासस) : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होमआइसोलेशनमा बस्नुभएको छ ।

 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की होमआइसोलेशनमा बस्नुभएको हो ।

 

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री कार्कीे सत्ता गठबन्धनको शुक्रबारको बैठकमा सहभागी हुनुभएको थियो । उहाँले पिसीआर परीक्षण गरेर नतिजा आएपछि मात्रै नियमित भेटघाट र काममा फर्कने राससलाई जानकारी दिनुभयो ।

 

प्रधानमन्त्री शेरबहादुर देउवा पनि शनिबारदेखि आइसोलेशनमा बस्नुभएको छ । माओवादीका नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतलाई पनि सङ्क्रमण पुष्टि भएको छ ।

Comments Box