१५ वर्षपछि एमाले फर्किए, क्षणिक आक्रोशमा गल्ती भन्दै पुन: माओवादी केन्द्रमै फर्किए



काठमाडौं, २२ चैत: पित्तबहादुर डल्लाकोटी नेकपा माओवादी केन्द्रमा नै फर्किएका छन् । धादिङ बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष निर्वचित पित्तबहादुर डल्लाकोटी नेकपा एमाले प्रवेश गरेका थिए ।

 

२०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्ष निर्वाचित डल्लाकोटी १५ अघि एमालेबाट माओवादी प्रवेश गरेका थिए । ओलीबाट टिका लगाएर १५ वर्षपछि एमाले फर्किएकोमा उनी पुन: माओवादी केन्द्रमै फर्किएका छन् ।

 

उनले एक विज्ञप्ति जारी गर्दै क्षणिक आक्रोशमा आएर आफूबाट गल्ती भएको बताएका छन् । उनले आफ्नो गल्तीले पार्टीमा परेको क्षतिप्रति गम्भीर आत्माआलोचना गरेको बताएका छन् ।


२९ पुष २०७८, बिहीबार

माओवादीबाट निर्वाचित दर्जनौं जनप्रतीनिधि एमालेमा प्रवेश; प्रचण्ड सर्वोच्च अदालत

नेकपा एमालेमा प्रवेश गरेपछि निर्वाचन आयोगबाट पदमुक्त गरेका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्ने सर्वोच्चको अन्तरिम आदेश खारेज गर्ने माग गर्दै माओवादी अध्यक्ष प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् ।

 

प्रदेश २ कामात्रै ७ जना मेयर, १० जना उपमेयर र ८० जनाभन्दा बढी वडाध्यक्षसहितका स्थानीय जनप्रतिनिधि नेकपा एकता प्रक्रिया टुटेपछि माओवादीमा नफर्की एमालेमा बसेका थिए । त्यस्तै अन्य जिल्लाका पनि एक सयभन्दा बढी जनप्रतिनिधि एमालेमा प्रवेश गरेपछि माओवादीले निष्कासन गरेर निर्वाचन आयोगमा पत्राचार गरेको थियो । माओवादीले निष्कासन गरेको आधारमा आयोगले उनीहरूलाई पदमुक्त गरेको सूचना निकालेको थियो । उनीहरू सबैलाई अदालतले विभिन्न मितिमा अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेपछि सो आदेश खारेजीको माग गर्दै प्रचण्ड अदालत गएका हुन् ।

एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त: निर्वाचन आयोग

25 Jun 2021

नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । निर्वाचन आयोगले शुक्रबार सूचना जारी १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।

 

७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो ।

 

त्यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही अधिकारअनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो । तर, आयोगले केन्द्रीय समितिको बैठकबाट कारबाहीको निर्णय नभएको भन्दै दल त्यागको सूचना जारी गरेको थिएन ।

 

त्यसपछि ७ असारमा भर्चुअल विधिबाट केन्द्रीय समितिको बैठक बसेर माओवादीले उनीहरुलाई पार्टीबाट निष्कासित गरिएको निर्णयलाई औपचारिकता दिएको थियो । सोही दिन माओवादी केन्द्रका नेताहरुले निर्वाचन आयोगलाई पद रिक्त भएको सूचना जारी गर्न ताकेता गरेका थिए ।

 

प्रमुख रिना कुमारी साह मौलापुर न.पा. रौतहट
प्रमुख सियाराम कुशवाहा कटहरिया न.पा. रौतहट
उप्रमुख परनिया देवी देवाही गोनाही न.पा. रौतहट
उप्रमुख गौरिशंकर प्रसाद मैलापुर न.पा. रौतहट
उप्रमुख कान्ति देवी फतुवाविजयपुर न.पा. रौतहट
उपप्रमुख सिमल कुमारी साह माधवनारायण न.पा. रौतहट
उपाध्यक्ष गितादेवी साह यमुनामाई गा.पा. रौतहट
नगर का.पा. सदस्य सतमीलाल दास ताती लहान न.पा. सिरहा
अध्यक्ष शेष फारुक सम्सी गा.पा. महोत्तरी
उपप्रमुख छायाँ देवी देवकोटा भजनी न.पा. कैलाली
वडाध्यक्ष भागिरथी विष्ट गौरीगंगा न.पा.–४, कैलाली
वडाध्यक्ष शर्मानन्द भट्ट गोदावरी न.पा.–१, कैलाली
वडाध्यक्ष पुरन विसी बर्दगोरिया न.पा.–४, कैलाली
वडाध्यक्ष सुरेश कुमार थापा चम्पादेवी गा.पा.–७, ओखलढुंगा
Comments Box