कम्युनिष्ट एकता हुनसक्छ : विप्लव

पश्चगामी नभई अबको नेपालको राजनितिक आवश्यकताका आधारमा कम्युनिष्ट एकता हुन सक्ने



जुम्ला, ७ असार : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका कम्युनिष्ट दलसँग एकता हुन सक्ने बताएका छन्  ।

 

 

जुम्लामा पत्रकारसँग कुरा गर्दै उनले पश्चगामी नभई अबको नेपालको राजनितिक आवश्यकताका आधारमा कम्युनिष्ट एकता हुन सक्ने बताएका हुन् ।

 

 

उनले भने,‘ कम्युनिष्ट एकताको ढोका खुला छ । यसका लागि सच्चा कम्युनिष्टसँग एकता र सहकार्य हुनसक्छ ।’

 

उनले समाजवादको यात्रामा लोकतान्त्रिक शक्तिसँग मिलेर अघि बढ्नुपर्ने बताए  ।


३ चैत्र २०७८, बिहीबार

वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने

फागुन २५ देखि २९ गतेसम्म बसेको मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टी केन्द्रीय समितिको बैठकले आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन वहिस्कार गर्ने निर्णय गरेको छ ।

 

बैठकमा महासचिव वैद्यले “वर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यभार” शीर्षकमा राजनीतिक प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावमा स्थानीय निर्वाचन बहिष्कार गर्ने नीति अवलम्बन गरिएकोमा बैठकले पारित गरेको हो ।

 

बैठकले एमसीसीको विरोध गर्दै यसविरुद्ध सशक्त विरोध तथा भण्डाफोरसहित राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकताको पक्ष र संझौताको खारेजीका लागि संघर्षलाई निरन्तर अगाडि बढाउने निर्णय पनि गरेको छ ।


विभाजित कम्युनिष्ट पार्टिको संयुक्त आन्दोलन – कती प्रभावकारी ?

२० फाल्गुन २०७८: एमसीसी सम्झौताविरुद्ध साना वामपन्थी दलले शुक्रबार राजधानीमा विरोध कार्यक्रम आयोजना गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाले गरेको प्रदर्शनका सहभागीले एमसीसी सम्झौता अनुमोदन हुन नहुने आशयका विभिन्न प्लेकार्ड र ब्यानर बोकेका थिए ।

 

बुधबार संयुक्त विज्ञप्ति जारी गरी ती दलले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका थिए ।  विरोधका कार्यक्रमहरुमा फागुन २० गते काठमाडौं उपत्यकामा विरोध प्रदर्शन र संयुक्त विरोधसभा गर्ने, फागुन २२ गते बुद्धिजीवीहरुसँग अन्तरक्रिया, फागुन २४ गते विरोध प्रदर्शन र सभा, फागुन २६ गते विद्यार्थीहरूद्वारा क्याम्पस र विद्यालयमा विरोध प्रदर्शन र सभा, फागुन २८ गते युवकहरूको विरोध प्रदर्शन र सभा रहेका छन् ।

 

आफै विभक्त भएका दल ले गरेको संयुक्त आन्दोलन कती सार्थक होला भन्ने चाहिँ आफैमा ठुलो प्रश्न चिन्न हो ।


कुनै पनि पार्टीसँग एकता हुँदैन : महासचिव वैद्य

२७ पुष २०७८ (रासस) :  नेकपा (क्रान्तिकारी माओवादीका)महासचिव मोहन वैद्यले तत्काल कुनै पनि पार्टीसँग एकता नहुने बताउनुभएको छ ।

 

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा महासचिव वैद्यले नेकपा माओवादी केन्द्र र अन्य कम्युनिष्ट पार्टीसँग आफ्नो पार्टी एकताको पक्षमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’सँग पार्टी एकताको कुरा गरेका छैनौँ, उहाँहरु दुवै जनासँग पार्टी एकता हुन सक्दैन ।” मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पनि आफ्नो पार्टीको एकता हुन नसक्ने वैद्यको भनाइ थियो । सिमाना र राष्ट्रियताको समस्या जटिल बन्दै गएको अवस्थामा सरकार चुप लागेर बसेको उहाँको आरोप थियो ।

Comments Box