एमाले हराऊ अभियान कहिले सम्म?



१९९१ को जनवरीमा नेकपा माले र मार्क्सवादी मिलेर बनेको एमाले हाल ओलीको पर्याय बनेको छ। गएको संसदीय चुनावमा माओवादी केन्द्र संग रणनीतिक एकता गरेर करीव दुई तिहाई मत ल्याए पछि पार्टीको एकीकरणले डवल नेकपा बन्यो।

 

 

 

 

 

नाम चाही डवल तर काम चाहीं सिंगल हुन थाले पछि ओली र प्रचण्डको सिगौरीले दुई दुई पटक संसद भंग गरेका ओली हाल एमाले लिएर त्यसैको पर्याय बनेका छन्। भंग भएको संसद पुनर्स्थापन गर्न एक भएका गैर ओली पार्टीहरू मिलेर बनेको हालको सरकारले हालै सम्पन्न प्रदेश संसदहरूमा ओलीका पार्टीकालाई प्रतिपक्षमा पुर्याए र अब फाल्गुण देखि रिक्त हुने राष्ट्रिय सभाका एक तिहाई सदस्यको चुनावमा पनि ओली एक्लिने कुरा उनैले स्वीकार गरी सकेको अवस्था छ।

 

 

 

 

अब एक वर्ष भित्र फेरि स्थानीय, प्रदेश र संघको चुनाव हुदैछ। यी चुनावहरूमा पनि यी गठबन्धनका दलहरू यसरी नै मिलेर ओली पार्टीलाई पाखा लगाउने कोशिसमा छन्। अब यहानेर प्रश्न उठेको छ कि नेपालका राजनीतिक दलहरूले सधै ओली हराऊ अभियान जारी राख्ने हो कि आफ्नो पार्टीलाई चुनावी अभियानमा लगेर जनताबाट परीक्षण गराउने हो?

 

भनिन्छ राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुदैन भनेर र अर्को पनि के भनिन्छ भने लडाई र प्रेममा ढाट छल पनि चल्छ भनेर। यो भनिएको मात्र हैन गएको निर्वाचनमा यस किसिमको धोका अरू पार्टी भित्रको त थाहा पाईएन नेपाली कांग्रेस र माओवादी बीचको धोका त सतह मै आएको हो यदि हालका नेकाका सभापतिलाई याद रहने गरेको छ भने। चितवनको स्थानीय चुनाव देखि मन्त्रिमण्डलको गठन सम्मका कुरा सम्झदा वान्ता गर्न मन लाग्छ। यस्ता धोकेवाज र अवसरवादी टीमका नेतालाई साथ लिएर हिड्दा फेरि अर्को भॅंड्खालोमा नपरिएला भन्ने सोच नेकाले नराखे राम्रो। नेपाली कांग्रेसले यिनीहरू संगको सहकार्यबाट के उपलब्धी पायो?

 

यो सहकार्यबाट बढी कोही लाभान्वीत भयो भने एक नम्बर नेकपा( समाजवादी) र यसका अध्यक्ष माधव कुमार र दोश्रोमा मओवादी केन्द्र र यसका अध्यक्ष प्रचण्ड र अन्त्यमा संसदमा एक चौथाई समेत मत पाउन नसकेको नेकाले सरकारको नेत्तृत्त्व गर्न पाएको अर्को फाईदा। यो फाईदा पार्टीलाई त कति हुन्छ भोलीका दिनले पुष्टी गर्ला तर देऊवालाई भने यो गठबन्धनको नेत्तृत्त्व वरदानै भयो भन्न सकिन्छ। किनभने जसरी यिनले दोश्रो पटक पनि पार्टीको सभापतित्व पाए त्यो यसकै परिणाम हो। यस भन्दा अगाडिको स्थानीय र संघीय चुनावमा पनि अहिले जस्तै दुबै पदमा आसिन थिए देऊवाजी तर नतिजाले एउटा स-सक्त प्रतिपक्षीको हैसियत पनि पार्टीले प्राप्त गर्न सकेन र यस पटक पनि भर नपर्ने सारथी लिएर अगाडि बढ्दै गरेका देऊवाले ढुक्क हुने परिस्थिति छैन।

 

यहा भन्न खोजिएको कुरा के हो भने ओली पक्षको हार मात्र नेकाको सफलता हैन। ओली पक्षको हारले माकुने र प्रचण्ड पक्षको जित हुन सक्ला तर त्यसले नेका को जितलाई सुनिश्चित गर्न सक्दैन। नेपाली कांग्रेसको आफ्नै दर्शन, विचार, आर्थिक नीति, गन्तब्य छ जुन अन्य पार्टी संग बिलकूल मेल खादैन। आफ्नो नीति, बिचार र गन्तब्यलाई मतदाता समक्ष पस्केर प्राप्त मतका आधारमा राजनीति गर्नु लोकतन्त्रको मान्यता हो। यसको सट्टा अरूको सहारा वा बैशाखी भएर चुनावमा जादा विगतको परिणति नदोहोरिएला भन्न सकिदैन। अनि नेपाली कांग्रेसले राजनीति अरूका लागि गरिदिने हो कि आफ्नो पार्टीका लागि? आफ्नो लागि गर्ने हो भने अरूको दौराको फेरो किन समाउनु पर्ने हो? अनि पार्टीको नेत्तृत्त्वलाई आफ्नो पार्टीको क्षमता बारे जानकारी छैन कि! कि कमजोर छ भन्ने लागेको छ? कमजोर छ भने हालको नेत्तृत्वले नयां त हैन होला? कि सुनील थापा जस्तै नयां हो ने का मा?

 

त्यसैले नेपाली कांग्रेसको वर्तमान नेत्तृत्वले पार्टीलाई गुट उपगुटबाट मुक्त बनाएर पार्टीलाई एक ढिक्का बनाएर चुनावमा जादा चुनावमा बहुमत ल्याउन कसैले रोक्दैन।अहिलेको पार्टी नेत्तृत्त्व पार्टी भित्रकै आफू ईतर समूहलाई बलियो प्रतिपक्षी ठानेर अगाडि बढ्न खोज्दैछन् जस्तो अनुभव गरिदै छ जुन ज्यादै महंगो पर्ने छ। आफ्नो कृयाशील राजनीतिको उत्तरार्धमा एउटा ससक्त र सुनौलो ईतिहांस रच्ने मौका देऊवाले गुमाउने छैनन् भन्ने लाग्छ। यहा ओली फोविया छोडे हुन्छ, उनलाई हराउन कोही लाग्नै पर्दैन, आफ्नै घमण्ड उनको लागि पर्याप्त हुन्छ र ओलीका विगतका घटकको चिन्ता पनि देऊवाले नलिए हुन्छ किन कि मौका पर्दा यी सबै एकै ठाऊमा सामेल हुन बेर लाग्दैनन्, किन कि यो उनीहरूको नानी देखि को बानी हो। आखिरमा भेडा भेडा संगै हुन्छन्।

Comments Box