अवसरवाद बिरोधी संघर्ष

समकालीन नेपाली राजनीतिलाई अन्य विचारले नभै जनताको वहुदलीय जनवादले प्रभाबित एवं मार्गदर्शन गर्दै ल्याएको छ



विश्व कम्युनिष्ट आन्दोलनमा झैं नेपाली कम्युनिष्ट आन्दोलनमा मार्क्सवाद र अवसरवादका वीच संर्घष चल्दै आईरहेको छ । विश्वका अनेक कम्युनिष्ट पार्टी भित्र चलेका यस्ता संर्घषहरुमा प्रशस्तै भ्रम र अन्यौलहरु थिए। विश्व कम्युनिष्ट आन्दोलनमा कार्ल मार्क्स देखि मदन भण्डारी, क्रिस हनीसम्मले मार्क्सवादको अस्तित्व, विकास र विजयकालागि दुई विपरित अवसरवाद विरुध्द दृढतापूर्वक संघर्घको सञ्चालन र नेतृत्व गरेका छन् । नेपालको कम्युनिष्ट आन्दोलनले दक्षिणपन्थी अवसरवाद र उग्रपन्थी अवसरवादका विरुध्द निरन्तर संघर्ष गर्दै आएको छ ।

 

फ्रान्सेली राज्य क्रान्तिका बेला सामन्तबादका विरुध्द पुँजिपति वर्गले क्रान्तिको नेतृत्व गरेको थियो । तर रुसी क्रान्तिताका पुँजिपति वर्गले सामन्तवादसँग सम्झौता गरेकाले पुँजिवादी जनवादी क्रान्तिको नेतृत्व गर्ने अभिभारा सर्वहारावर्गको काँधमा आएको थियो । यही अभिभारा पूरा गर्ने क्रममा रुस ,चीन, भियतनाम, कोरिया जस्ता देशमा सर्वहारा वर्गको अग्रदस्ताको रुपमा कम्युनिष्ट पार्टीले पूँजिवादी क्रान्तिको नेतृत्व गरी सामन्तवादको उन्मुलनका लागि सघर्ष गरेको थियो ।

 

फ्रान्सेली राज्य क्रान्तिमा झै नेपाली सामन्तवाद विरोधी सघर्षको नेतृत्व पनि पूँजिपति वर्गले गर्ने विश्वाश बोकेर लामो समयसम्म कम्युनिष्ट आन्दोलन भ्रमित बिरोधी संघर्षपनि कमजोर भयो । सफलता प्राप्त गर्न लामो समय लाग्यो । नेपाली कम्युनिष्ट आन्दोलन भित्र हुर्किएको यस्तो खाले दक्षिणपन्थी बिचारका विरुध्द संघर्ष गरेर नै नेपाली सर्वहारावर्गको ऐतिहासिक भूमिका र नेतृत्वदायी विचार नेपाली क्रान्तिमा स्थापित भएको छ ।

 

नव्वेको दशकमा विश्वभर समाजवादले धक्का खानु परे परेपछि नेपालको कम्युनिष्ट आन्दोलन भित्र एउटा पङतीमा गम्भीर अवसरवादी विचलन देखा पर्यो । मार्क्सवादको औचित्य समाप्त भएको ठान्ने, आन्दोलनको ऐतिहासिक कार्यभार विर्सन पुग्ने पलायनबादी प्रवृति देखापर्यो । केही मानिसहरु कम्युनिष्ट आन्दोलनवाट भागे । यी भगुवाहरुले आन्दोलनलाई भ्रमित पार्न र भाड्नपनि कोशिश गरे । यिनका विरुद्ध दृढ वैचारिक संघर्ष गरेर,मार्क्ससवादका प्रति आफ्नो दृढता व्यक्त गरेर मात्रै दक्षिणपन्थी अवसरवादलाई पराजित गर्न र मार्क्सवादको सिर्जनात्मक प्रयोग गरी क्रान्तिकारी झण्डालाई फहराइ रहन सम्भव भएको हो । सफलता प्रप्त भएको हो ।

 

नेपाली कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवादसँग मात्र होइन,उग्रबामपन्थी अवसरवादका बिरुद्धमा निर्णयक संघषर्हरु भएका छन् । सन्१९७० को दशकमा विशव कम्युनिष्ट आन्दोलनमा आएको फुट र विभाजन ,चिनीयाँ साँस्कृतिक क्रान्ति र भारतको नक्सलवादी आन्दोलनको प्रभावमा नेपालको कम्युनिष्ट आन्दोलनमा उग्रवादको प्रभाव पर्यो । एक एरिया, एक युनिट, एक स्क्वाड, एक एक्सनका आधारमा आधार इलाका निर्माणका अवस्तुवादी सोच, वर्ग शत्रु खतमको अत्यन्तै सतही र अव्यवाहरिक कार्यनीति अपनाइएको झापा विद्रोह सफल हुन सकेन । त्यतिबेलाको नेतृत्वले विदेशी प्रभाव,जडसूत्रवादी,पुस्तकपन्थी ,प्रकृतिका विरुद्ध संघर्ष गरेर नै आन्दोलनले अग्रगति प्राप्त गरेको हो ।

 

उग्रवामपन्थीहरुमा अदम्य जोश र उत्साह भएपनि देशको भूराजनीतिक यथार्थ ,वर्ग सम्वन्धको विद्यमान अवस्था ,वर्ग र त्यसका अन्तरविरोध सञ्चालनको विधि सम्वन्धमा मनोगत आग्रह रहने गर्दछ । यही आग्रहले खुट्टाको नापमा जुत्ता होइन , जुत्ताको नापमा खुट्टा वनाउने योजना निर्माण गर्दछ ।आन्दोलनका आधारधभूत शक्ति ,भर पर्दो शक्ति ,सहायक शक्ति र उपयोग गर्नु पर्ने शक्ति र साथै लानु पर्ने शक्तिको विन्यास गर्न सक्ने दृष्टिकोणका अभावका कारण उग्रवामपन्थी गल्तीहरु हुनेगर्दछन् । अव्यवाहरिक र क्रान्तिकारी रुमानीपनका विरध्दमा तीव्र वैचारिक संघर्ष चलाएर मात्रै त्यस्ता प्रवृत्तिलाई पराजित गर्न सकिन्छ। नेपाली कम्युनिष्ट आन्दोलनमा मार्क्सवादी नीतिलाई स्थापित गर्न सकिन्छ। वामपन्थी अवसरवादसँग संघर्ष गरेर नै हामीले मदन भण्डारीको अगुवाईमा नेपाली क्रान्तिको कार्यक्रमका रुपमा जनताको वहुदलीय जनवादलाई संशलेषण गर्न सकेका हौ।

 

 

नेपाली कम्युनिष्ट आन्दोलनमा झापा विद्रोहका माध्यमबाट हुर्किएको उग्रबामपन्थी भड्कावलाई समयमै सच्याईएपनि पुष्पलालसँग विद्रोह गरेर पुर्नगठित गठित नेकपा चौथो महाधिवेशनको मोहनविक्रम स्कूलबाट दीक्षित उग्रबापन्थ आजपनि नेपाली राजनीतिमा दक्षिणपन्थीहरुको सत्ता साझेदार बनिरहेको छ ।यो प्रवृति नै नेपाली कम्युनिष्ट आन्दोलनको उत्थानमा बाधक बनेको छकम्युनिष्ट पार्टीको सरकार ढालेर काँग्रेसको सरकार स्थापित गर्ने माओवादी सोच नै वामपन्थी मा आन्दोलनको चुनौती वनेको छ ।चौथो महाधिवेशनबाट प्रारम्भ भइ २०५२ सालवाट माओवादीका नाम बाट यात्रा गरेको उग्रबामपन्थ बैचारिक रुपमा सबै भन्दा बढी अन्योलमा रहेको दलका रुपमा रहेको छ ।वैचारिक अस्पष्टता नै उग्रवादका विशेषता हुन्छ ।अहिले प्रचण्डपन्थीहरु आफूहरु परम्परावादी कम्युनिष्ट नभएको र लोकतन्त्र प्रति प्रतिबध्द रहेको बाउँछन् ।संसदमा छन तर संसदीय मर्यादा बिपरीत काम गर्छन् ।एउटै घोषणा पत्रमा चुनाव लड्छन् निर्वाचनको लगतै बिपक्षीसँग गठबन्धना लालायीत हुन्छन् । सत्ताका लागि जेपनि जायज भन्ने भाष्य निर्माण गर्नु कुतर्कको सहारा लिन्छन् । आफै एक्लै जनताका बीच जान , विगतमा अघि सारिएका वाचाहरु सम्वोधन गर्न ,आफ्नो विगतको अतिवादी हिंस्रक अनुहारलाई लोकतान्त्रिक अनुहारमा रुपान्तरण गर्न कठिन भएको ५ ।कहिले काँग्रेस त कहिले उमालेसँग जोडीनु बाध्यता भएको छ ।

 

कम्युनिष्टहरुका बिरुध्द काङंग्रेससँगको गठबन्धन दुई दशकसम्म लान्छु भन्नु बैचारिक बिचलन मात्र हो । यस्त अधिव्यक्तिले बिगतको बिद्रोह जनताका हितमा होइन, केवल सत्ता स्वर्थमा केन्द्रीत भएको प्रष्ट हुन्छ ।माओवादी पार्टीको साँगठनिक, वैचारिक र राजनीतिक अन्यौल,दुविधाले उनीहरुसँग बैचारिक कार्यदिशा नभएको प्रष्ट देखिन्छ। एउटा खुट्टा शान्तिशान्ति सम्झौतापछि एउटा खुट्टा संविधान सखामा मा र अर्को खुट्टा शहरिया विद्रोहमा टेकेको माओवादी अवसरवाद अहिले देउवाको सरकारमा बसेर भविष्य सुनिश्चित हुने भ्रममा छ तर यो अवसरवादको भविष्य दुःखद हुने निश्चित नै छ । आफ्ना सैध्दान्तिक भ्रमहरु लुकाउन माओवादीका नेताहरु व्यक्ति पिच्छे मात्रै होइन,विहान बेलुका नै बिरोधाभाषी तर्कहरु गरिरहेका हुन्छन् । तत्कालको कार्यनीति के हो भन्ने भ्रम नै उग्रवामपन्थीहरुको भ्रम हो ।

 

आजभोलि माओवादीहरु ०६२्०६३को आन्दोलनको पेटेन्ट राइटका कुरा गरी रहेका हुन्छन् ।संघीयतामा हक स्थापित गर्न खोज्छन् तर संघीयता बिपरितका मान्यताहरुको वकालत प्रदेश सभाहरुमा गरिरहेका हुन्छन्।माओवादीहरुका भ्रमपूर्ण तर्कहरुमा तथाकथित बुध्दिजिबिहरु र कम्युनिष्ट आन्दोलनका घुसपैठियाहरु समेतले मलजल गरिरहेका छन् । खासमा माओवादीहरु आफ्नो अस्तित्व रक्षाका लागि अनिच्छापूर्वक लोकतान्त्रिक आन्दोलनमा लागेका थिए । एघार वर्ष सम्मको रक्तपातपूर्ण हिंस्रक व्दन्दको व्यर्थता, राज्यमाथि सैनिक विजय असम्भव भएको ठहर ,आफैं भित्रको चरम संकटका कारण आफ्नो जनगणतन्त्र को नारालाई थाती राखेर लोकतान्त्रिक गणतन्त्र मा आउन,राज्यसत्ताको जन्म बन्दुकको नालबाट हुन्छ र सेना नभएको पार्टी कम्युनिष्ट पार्टी हुन सक्दैन भन्ने जस्ता अतिवादी निष्कर्षलाई विसाएर दुविधाका साथ आन्दोलनमा सहभागी हुन आइपुगेको हो ।यस आन्दोलनमा लतारिएर भएपनि माओबादी आईपुग्नु परम्परागत माओवाद र प्रचण्डपथीय मान्यताको पराजय थियो । यो आन्दोलनले नेपाली उग्रपन्थीहरुको बन्दुकलाई विचारको सिरानीमा राख्ने,हिंसा हत्यालाई क्रान्तिको पवित्र माध्यम ठान्ने, लाल सेनालाई जनताको संगठित शक्तिभन्दा माथि राख्ने मान्यताको पराजय हो ।उग्रवामपन्थको पराजय हो ।तर यो सत्यलाई स्वीकार गर्न आजसम्मपनि माओबादी तयार देखिंदैन ।बरु नेपाली काँग्रेसको बुई चढेर समाजवादमा पुग्ने दिव स्वप्नमा मग्न छ ।

 

नेपालको कम्पुनिष्ट आन्दोलनमा एमाले र माओवादी नदीका दुई किनारा हुन् ।एमाले आन्दोलनको लोकतान्त्रिक क्रान्तिकारी धारको प्रतिनिधित्व गर्दछ भने माओवादी हिंसात्मक ,अतिवादी ,जातिवादी धारको प्रतिनिधित्व गर्दछ । यतिवेला बामपन्थ र उग्रबापन्थका बीचको भेद छुट्याउन नसकि माओवादीसँगको सहकार्यमा मात्रै कम्युनिष्ट आन्दोलनको भविष्य देख्ने ,बामध्रुवीकरणको पक्षलिने जस्ता तर्क भड्काउयुक्त र हानीकारक छ । उग्रबामपन्थलाई वैचारिक संघर्षबाट मात्रै पराजित गर्न सकिन्छ न कि गणेश प्रदक्षिण गरेर ।

 

समकालीन नेपाली राजनीतिलाई अन्य विचारले नभै जनताको वहुदलीय जनवादले प्रभाबित एवं मार्गदर्शन गर्दै ल्याएको छ । कुनै समय जनताको बहुदलीय जनवादलाई दक्षिणपन्थी ,विर्सजनबादी करार गरेर सशस्त्र क्रान्तिको माध्यमबाट नयाँ जनबाद स्थापना गर्न हिडेको माओवादी अरुचिपूर्वक त्यही बाटोमा घिस्रँदै छ ।

 

 

नेकपा कालमा जवजका मान्यतामा लतारिन बाध्य थियो भलै जवजलाई पार्टीको सिध्दान्तका रुपमा स्थापित गरउन जवजवनदीहरु कमजोर रहे । जुनबाटो नेकपा एमालेले ३० बर्ष अघि २०४९ प्रारम्भ गरेको थियो , त्यही बाटोमा हिड्न माओवादीलाई कठिन भएको छ । तर जनताको वहुदलीय जनवादको बाहेक अरु कुनै बाटो छैन, जहाँ माओवादीले आफ्ना उग्रबामपन्थी चिन्तन पखाल्न सकोस् ।माओवादी अझै पनि प्रचण्डपथलाई मार्गदर्शक सिद्धान्त मानेर, हिंसात्मक बाटोसँग सम्बन्ध विच्छेद नगरेर ,सत्ता मात्रै सत्य ठान्ने भ्रमबाट मूक्त हुन नसकेर दोवाटोमा अल्मलिएको छ ।जनताको बहुदलीय जनबादसँग वैचारिक प्रतिष्पर्धा गर्न नसकेर माओवादी उग्रवामपन्थ निरन्तर कमजोर , फिक्का र रक्षात्मक भईरहेको छ ।जबजबादी हरुले अझ तीव्र वैचारिक बहस चलाउनु जरुरी छ ।

 

नेपाली माओवादीहरुको चीनियाँ माओवादसँग कुनै सम्बन्ध साईनो देखिंदैन । चिनीयाँ साँस्कृतिक क्रान्तिको निरन्तर क्रान्तिको प्रस्तावनामा टेकेर नेपाली माओवादीहरुले आफ्नो यात्रा जारी राखेका छन् । दर्शनका रुपमा उनीहरु एकको दुईमा विभाजन हुन्छ भन्ने तर्क गरेर थाकेका छैनन् । यसै भएर उनीहरु एउटै दलमा नेताहरुमा एउटालाई गाली दिई रहँदा अर्कालाई ताली दिई रहेका हुन्छन् । माओवादीका गलत मान्यता कै कारण उनीहरु समाजको शान्तिपूर्ण रुपान्तरणलाई स्वीकार गर्दैनन् , विचारका आधारमा प्रतिस्पर्धा र श्रेष्ठता हासिल गर्ने सहज पद्धतिमा उनीहरुको विश्वाश देखिंदैन ।उनीहरु शान्ति प्रक्रियालाई टुङ्याउनु भन्दा सौदावाजीको साधन बनाइ रहेका छन्। नागरिक पार्टीमा रुपान्तरण हुन अझै तयार छैनन् ।उनीहरु लोकतान्त्रिक संविधान होईन ,माओवादी छाप लागेको संविधान बनाउन चाहन्थे ।असफल भए । वहुलवादको अस्वीकार गरेर लोकतान्त्रिक संबिधान र संसदीय सर्वोच्चता बिपरितका मान्यता अघि सारिरहेका छन्,काँग्रेससँग गठबन्धनपनि भन्ने समाजवादी केन्द्रको लोभपनि लाग्ने उनीहरु कार्यनीतिमा अस्पष्ट छन्।उग्रबामपन्थी दृष्टिका कारण उनीहरुको तत्कालको कार्यनीतिक दृष्टिकोणमा संगति देखिंदैन । असंगतिपूर्ण बिचार र व्यवहारका कारण उनीहरुको दक्षिणपन्थी यात्रा बेलगाम अघि बढिरहेको छ ।

 

उग्रवामपन्थी भड्काव कम्युनिष्ट आन्दोलन भित्र प्रवेश गरेको निम्न पुँजिवादी निराशा,आक्रोश ,कुण्ठा र दम्भको उपज हुने गर्दछ । त्यही पुँजिवादी अधैर्यताका कारण नै माओवादीले विगतमा शसस्त्र युध्दको थालनी गर्यो,अधैर्यता कै कारणले उसले संविधान सभाको निर्वाचन पछि सहमतिको राजनीतिक यात्रावाट निषेधको यात्रा तर्फ लाग्यो । अधैर्यताका कारण संविधान सभा विघटन गर्यो । अधैर्यताका कारण एकताबध्द भइरहेको आन्दोलन बिभाजन गरेर काँग्रेससँग सहकार्यमा लाग्यो ।उसको प्रयोग गर र फाल को प्रचण्डपथीय मान्यताले कहिले काँग्रेसलाई त कहिले एमालेलाई उपयोग गरी रह्यो । वास्तवमा नेपाली माओवादीहरु अराजक मनोगतवादीहरु हुन् ।उनीहरु आफ्ना फाईदाका लागि आफ्नै पार्टीको घोषित नीतिका विरुध्द सहजै उभ्याउँछन् ,विधि र प्रक्रियालाई अस्वीकार गर्दछन् । गल्ती ,जीवन , जगत र वस्तुलाई बुझ्ने कुरा भुल्दछन् र आफैंलाई अजंगको बाघ ठान्छन् । वर्तमान अवस्थामा उनीहरुका विश्लेषणले उनीहरुलाई लोकतान्त्रिक बाटोमा हिडाउँदैन । शासन पद्धति जे जस्तो अपनाएपनि व्यक्तिगत स्वतन्त्रता,मानवअधिकारको प्रत्यानुभूति, अभिव्यक्ति स्वतन्त्रता,वहुलवादी खुल्ला समाज ,जननिर्वाचित र उत्तरदायी सरकार नै लोकतन्त्रको मुख्य चासो हो ।

 

यही बाटोमा माओवादीलाई हिंडाएर नै नेपाली बामपन्थी उग्रबादलाई लोकतान्त्रिक क्रान्तिकारी बनाउन सकिन्छ ।यसो गर्दा माओवादको असफलता र मार्क्सवादको सफलता प्रमाणित हुन्छ ।

 

कुनै वेला गिरीजाको देवत्वकरण गरी प्रशंसा गर्ने माओवादी, माधव नेपाललाई कठपुतली करार गर्ने गर्थे ।आज तिनै माधव नेपालको प्राण रक्षा गर्दै काँग्रेसलाई सत्तामा पुर्याउने सारथी भएका छन् । केपि ओलीबाट स्वार्थ पूरा नहुने भएपछि एमाले भित्रका केही स्वार्थी पदलोलुपहरु पार्टी बिभाजनमा रमाएका प्रचण्डहरुसँग एकाकार हुने अभियानमा छन्।अवसरवादलाई परास्त गरेर मात्र कम्युनिष्ट आन्दोलनको रक्षा र बिकास गर्न सकिन्छ।

 

आज माओवादीले नेपाली राजनितिको जो कोही मूर्तिरुपी पात्रलाई पवित्रीकरण गरी पूजा गरे पनि एकदिन ढुंगो ठानेर मिल्काउने छन्,यही सत्य बोधगर्ने एमालेका कोहीपनि कार्यकर्ता दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी अवसरवादका विरुध्द संघर्ष गर्न सक्षम हुनेछन् ।