रौतहटको चन्द्रपुर नगरपालिका प्रमुखका लागि एमालेद्वारा ८ जनाको नाम सिफारिस



रौतहट, ६ वैशाख: रौतहटको चन्द्रपुर नगरपालिकाको प्रमुखका लागि नेकपा एमालेले ८ जनाको नाम सिफारिस गरेको छ ।

 

एमाले चन्द्रपुर नगर कमिटीको बैठकले आसन्न स्थानीय तह निर्वाचनका लागि ८ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

 

वैशाख ३ गतेदेखि ६ गतेसम्म बसकेको बैठकमा सहमति जुट्न नसकेपछि ८ जनाको नाम माथिल्लो कमिटीमा पठाइएको हो ।

 

नगरपालिका प्रमुखका लागि राजु धामी, शिवप्रसाद आचार्य, प्रमोद चौधरी, सुनिल तिमल्सिना, शारदा हुमागाईं, कोपिला तिमल्सिना, नौतम पोखरेल र ऋश्वेश्वर दाहालको नाम माथिल्लो कमिटीमा सिफारिस गरिएको नगर कमिटी अध्यक्ष शिवप्रसाद आचार्यले जानकारी दिए ।

चन्द्रपुरकाे मेयरमा कांग्रेसबाट १२ को उम्मेदवारी, उपमेयरमा ७ जना आकांक्षी

रौतहट, २९ चैत: स्थानीय तह निर्वाचनका लागि राैतहट चन्द्रपुर नगरपालिकाका भावी मेयर र उपमेयर पदका लागि नेपाली कांग्रेसबाट दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् ।

 

चन्द्रपुरमा बसेको कांग्रेस नगर कमिटी बैठकमा मेयरका लागि १२ जनाले र उपमेयरका लागि ७ जनाले उम्मेदवारी दर्ता गरेर चन्द्रपुर नगरपालिकाको भावी नेतृत्वमा दाबी गरेका हुन ।

 

स्थानीय कांग्रेस नेता नेता सुमन गौतमका अनुसार मुकेश गिरी, सूर्यबहादुर थापा, अधिकलाल चौधरी, जितेन्द्र चौधरी, अजयकुमार साह, सपुतबहादुर कार्की, केदार थापा, अनन्त कोइराला, रामचन्द्र चौधरी, रमेशहरि भट्टराई, सञ्जय काफ्ले, तारा सापकोटाले मेयरका लागि कांग्रेसको आन्तरिक कमिटीमा उम्मेदवारी दर्ता गराएका छन् ।

 

यसैगरी, उपमेयरका लागि लक्ष्मी बराल, गीता भारती, सीता गौतम, जयमाला चौधरी, सरस्वती गिरी र तुलसा कोइरालाले उम्मेदवारी दर्ता गराएको गौतमले जानकारी दिए ।

Comments Box