सुरक्षित बैबाहिक गन्तव्यका रुपमा प्रवद्र्धन गरिने



श्रीलङ्का पर्यटन विकास प्राधिकरणले कोभिड–१९ महामारीबीच श्रीलङ्कालाई सुरक्षित विवाह गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने योजना अघि बढाइएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जानकारी दिएका छन् ।

 

 

यस कदमले राष्ट्रको सबैभन्दा प्रभावित मानिएको पर्यटन उद्योगलाई उत्थान गर्न मात्र नभई महामारीबाट प्रभावित घटना व्यवस्थापन, फेसन डिजाइन र अन्य सहयोगी क्षेत्रहरूलाई पनि सुदृढ पार्ने बताइएको छ ।

 

प्राधिकरणका अध्यक्ष किमार्ली फर्नान्डोलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले यस प्रयासलाई सहयोग पु¥्याउन छिट्टै काम थालिने जनाएका उल्लेख गरेका छन् । विदेशी नागरिकका लागि श्रीलङ्कामा विवाह गरेको अनुभव सहज होस् भनेर कार्यक्रम व्यवस्थापन कम्पनी, विवाहका योजनाकार, फोटोग्राफर, फेसन डिजाइनर र अन्यलाई एक मञ्चअन्तर्गत सूचीकृत गर्ने प्रयास गरिने र यसका लागि छुट्टै ‘म्यारिज पोर्टल’ को स्थापना गरिने फर्नान्डोले बताउनुभयो ।

 

 

श्रीलङ्काको पर्यटन प्रधिकरणले पनि भारत, माल्दिभ्स र पाकिस्तान जस्ता क्षेत्रका देशसँगको आफ्नो सम्बन्धलाई बलियो बनाउँदै राष्ट्रलाई विवाहको गन्तव्यका रूपमा प्रोत्साहन गर्ने बताइएको छ । ‘विवाह गन्तव्य बजार’ले सन् २०३१ सम्ममा २९० अरब अमेरिकी डलरभन्दा बढी आम्दानी गर्ने अनुमान गरिएको स्थानीय बजार विश्लेषकहरूले जनाएका छन् ।

 

श्रीलङ्कन एयरको काठमाडौँ सिधा उडान

१४ भदौ (रासस)  : श्रीलङ्कन एयरलाइन्सले भोलि मङ्गलबारदेखि काठमाडौँ–श्रीलङ्का सिधा उडान गर्ने भएको छ । एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान अनुमतिका लागि निवेदन दिएको छ । कम्पनीले अवस्था हेरेर शरदकालीन समयका लागि पनि उडान अनुमतिका लागि निवेदन दिनेछ । उक्त एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको छ । भैरहवामा कम्तीमा एक उडान गर्नेछ । यो उडान दैनिक या सातामा भन्ने यकिन भइसकेको छैन ।

 

नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार रोजगारीका लागि श्रीलङ्का जाने नेपालीलाई लक्षित गरेर उडान सुरु गरिएको र यसले अवस्था सामान्य भएपछि पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्नेछ । हाल एयरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुबई उडान गरिरहेको छ । एयरलाइन्सले आगामी सेप्टेम्बरदेखि जापान, अस्ट्रेलिया र लन्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ ।

Comments Box