सत्तारुढ काङ्रेस सांम्सद नै दिदैनन उखु किसान लाई भुक्तानी



लुम्बिनी प्रदेशसभाका कांग्रेस सांसद वीरेन्द्र कनौडियाको सर्लाहीस्थित महालक्ष्मी सुगर मिलले नयाँ र पुरानो गरी झन्डै २५ करोड रूपैयाँ तिर्न बाँकी भएको किसानहरूले बताएका छन्।

 

 

महालक्ष्मीले पहिलेको १० करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ। आर्थिक वर्ष २०७७/७८ को नयाँ भुक्तानी करिब १५ करोड बाँकी छ।

 

 

किसानहरु पटक-पटक भुक्तानी माग्न गए । उनले पहिले चिनी बेचेर दिन्छु भने। चिनी बजारमा बेचे। तर भुक्तानी आएन। त्यसपछि फेरि किसान उनीकहाँ पुगे। कनौडियाले भने- अब सखर बेचेर दिन्छु। तर सखर बेचेर पनि दिएनन्।

 

 

कनौडिया नेपाली कांग्रेस प्रदेश नम्बर ५ को संसदीय दलका उपनेतासमेत हुन्।

 

२०७६ पुसमा उखु बेचेको पैसा भुक्तानी माग्दै राजधानीमा भोकैतिर्खै आन्दोलन गर्दा नेपाली कांग्रेस सत्ताबाहिर प्रमुख प्रतिपक्षी दल थियो। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति निकालेर उखु बिक्री गरेबापत् किसानले भुक्तानी नपाएकोमा ध्यानाकर्षण भएको जनाए। उनले समयमै रकम भुक्तानी नपाउनुले किसानमाथि अन्याय भएको विज्ञप्तिमा लेखे।

 

गत सोमबार काठमाडौं आएर उखु किसानले भुक्तानी नपाएको गुनासो सुनाए।

 

 

Comments Box