संसदमा जनजिविकाका सवाल उठाउँदै सांसद गुरुङले भने, के मनाङलाई सधै विकट राख्ने ?



प्रतीनिधि सभाको असार ९, २०७९ को वैठकमा विशेष समय लिएर मनाङबाट प्रतीनिधित्व गर्ने सांसद पोल्देन छोपाङ गुरुङले सडक पुर्वाधार , विधुत विकास , स्वाथ्य क्षेत्र आदीका विषयमा सभामुख मार्फत सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन ।

 

आगामी आर्थीक वर्षमा चाहिने भन्दा एकदमै कम बजेट दिएको सरकारले मनाङलाई सधै दुर्गम नै राख्न खोजेको हो कि भन्ने भान पर्न थालेको सांसद गुरुङले बताए ।

 

वैठकमा बोल्दै सांसद गुरुङले मनाङ जिल्लामा रहेको एक मात्र जिल्ला अस्पतालमा डाक्टरको व्यवस्था हुनु पर्ने, गत वर्ष लडेका विजुलीका पोल उठ्नुपर्ने र भत्किएका सडक मर्मत गर्न निर्माण उपकरण ठाउँ-ठाउँमा राख्नुपर्नेमा जोड दिएका थिए ।

 

यसैगरी पृथ्वी राजमार्गको विस्तार र नौविसेमा हुने सास्ती हटाउन पनि सरकारले छिटो छरितो काम गर्नु पर्ने सांसद गुरुङले बताएका थिए ।


प्रतीनिधि सभाको असार २३ गतेको वैठकमा शुन्य समयमा बोल्दै मनाङका सांसद पोल्देन छोपङ गुरुङले बेशीसहर-चामे सडक खण्डमा पहिरो गई समयमा नै पुन:निर्माण हुन नसकेकोमा सरकारको पुन: ध्यानाकर्षण गराएका छन ।

 

 

उक्त सडक लमजुङका केहि भागका जनता र सिङ्गो मनाङका जनताको लागी एक मात्र विकल्प भएकाले सरकारले अबिलम्भ निर्माण उपकरणहरु व्यवस्था गर्नुपर्ने भनेर आफुले केहिदिन अघी ध्यानाकर्षण गराएको बताए ।

 

सरकार आफैले गर्नुपर्ने कुरामा ध्यानाकर्षण गराउदा पनि नगरेको प्रती आक्रोस व्यक्त गर्दै सांसद गुरुङले प्रश्न गरे,  “वाढी पहिरो पिडित मनाङ र लमजुङका जनताप्रती गठबन्धन सरकारको के दृष्टिकोण हो ?


यसअघी गत वर्ष पनि  विशेष समय लिएर सांसद पोल्देन छोपाङ गुरुङले मनाङमा आएको भिषण वर्षा , वाढि र पहिरोको बारेमा संसदमा ध्यानाकर्षण गराएका थिए ।

 

Comments Box