पूर्वी चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।
![](https://tilichonews.com/wp-content/uploads/2023/01/FarmHouse_Ad.png)
पूर्व–पश्चिम लोकमार्गमा लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा३च २१८७ नंको बोलेरोले राप्ती नगरपालिका–३ झुरझुरेमा पैदलयात्री ओलीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते ओलीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । बोलेरोले ओलीलाई मङ्गलबार साँझ ६ः३० बजे ठक्कर दिएको थियो ।
ठक्करबाट घाइतेको राति १२ः३५ बजे मृत्यु भएको हो । ओलीलाई ठक्कर दिने बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
Comments Box
![](https://tilichonews.com/wp-content/uploads/2021/02/Tilicho-Home.png)