ओली र प्रचण्डबीच भेट गराउने तयारी; साना दलको साथमा एमाले र माओवादी मिलेर सरकार बनाउन सकिने सम्भावना

एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले अध्यक्षद्वय ओली र ‘प्रचण्ड’ लाई मिलेर जान दवाब दिइरहेका छन्



नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रयास भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीच सम्भावित वाम गठबन्धन र सत्ता समीकरणबारे छलफल भएको छ। मंगलबार राति बालकोट पुगेर महासचिव गुरुङले एमाले अध्यक्ष ओलीसँग छलफल गरेका हुन्।

 

माओवादी केन्द्रले एमाले र कांग्रेससँग समानान्तर रुपमा सत्ता बार्गेनिङ गरिरहेको छ। वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने गरी सरकार गठन गर्ने निर्णय गरेका सत्ता गठबन्धनमा आवद्ध दलमध्ये माओवादी केन्द्र भने पछिल्लो समय एमालेसँग सघन वार्तामा जुटेको छ। एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मिलेर जान दवाब दिइरहेका छन्।

 

एमाले पोलिब्यूरो सदस्य महेश बस्नेतले गत साता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेर एमाले–माओवादी केन्द्र मिलेर सरकार गठन गर्नुपर्नेमा जोड दिएका थिए। मंगलबार रातिको भेटमा माओवादी केन्द्रका महासचिव गुरुङले एमाले अध्यक्ष ओलीसँग वाम गठबन्धनको विकल्प नभएको र अहिले पनि सरकार गठनमा सहकार्य गर्न सकिने बताएका छन्।

 

ओली-गुरुङबीचको भेटमा सरकार गठन प्रक्रियामा देखिएका भूराजनीतिक छाया र तीनका सम्भावित परिणामका बारेमा समेत खुलेर छलफल भएको स्रोतले जनाएको छ।

 

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका महासचिव गुरुङबीच केही साना दलको साथमा एमाले र माओवादी केन्द्र मिलेर सरकार बनाउन सकिने सम्भावनाबारे छलफल भएको थियो। ओली र गुरुङबीच मंगलबार राती ९ बजेदेखि झण्डै दुई घण्टा पछिल्लो समयमा देखिएका भूराजनीतिक परिस्थिति, सत्ता समीकरण र वाम गठबन्धनका विषयमा गहन छलफल भएको  छ। एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका महासचिव गुरुङबीचको भेटलाई उनीहरु निकटका फरक-फरक नेताहरुले पुष्टि गरेका छन्।

 

संसदमा नेकपा एमालेले समानुपातिक र प्रत्यक्ष गरी ७८ सिट, माओवादी केन्द्रले समानुपातिक र प्रत्यक्ष गरी ३२ सिट ल्याएको छ। प्रचण्ड पछिल्लो समयमा साना र स्वतन्त्रबाट निर्वाचित सांसदसँग पनि सत्ता समिकरणबारे निरन्तर संवादमा छन्।


२३ फाल्गुन २०७७, आईतवार

ऋषि कट्टेलले मुद्दा जिते, ओली-प्रचण्डको नेकपा खारेज

काठमाडौं ।  सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएको छ ।

 

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो ।

 

यो फैसलासँगै अब केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

 

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी नामकरण गरिएको थियो । सो पार्टी निर्वाचन आयोगमा त्यसअघि नै दर्ता रहेको भन्दै कट्टेलले आयोगमा उजुरी दिएपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोष्टमा (नेकपा) थपेको थियो ।

 

निर्वाचन आयोगले कट्टेलको मागविपरीत निर्णय गरेपछि उनी अदालत गएका थिए । २०७५ मंसिरमा अदालत पुगेका कट्टेलको मुद्दामाथि दुई वर्षपछि फैसला भएको छ ।

 

सर्वोच्च अदालतले नेकपाको आधिकारिकता दिएसँगै ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले अर्को नाम राख्नुपर्नेछ ।

 

दुवै अध्यक्ष रहेको नेकपा प्राविधिक रुपमा फुटे पनि कानूनी रुपमा फुटेको छैन । यदि ओली र प्रचण्डले संयुक्त हस्ताक्षर गरेर नाम नदिए नेकपा विवाद अर्को झमेलमा फस्नेछ र दलको दर्ता खारेजसम्म हुनसक्छ ।

Comments Box