कास्की, ८ फागुन (रासस)- पोखरामा सञ्चालन भएको मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ म्याग्दी र पुरुषतर्फ तनहुँले जितेका छन्। पोखरा रङ्गशालास्थित ‘भलिबल कोर्टमा’ आज सम्पन्न खेलमा महिलातर्फ राष्ट्रिय टोलीका कप्तान अरुणा शाहीको कप्तानीमा रहेको म्याग्दी जिल्लाले पर्वतलाई सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो। म्याग्दीले पर्वतलार्ई २५–१४, २५–१५ र २५–१७ […]
टिपरको ठक्करबाट मृत्यु
भक्तपुर, ८ फागुन (रासस) : भक्तपुर नगरपालिका–घलातेचोकस्थित अरनिको राजमार्गमा सल्लाघारीबाट जगातीतर्फ तीव्र गतिमा जाँदै गरेको टिपरले ठक्कर दिँदा आज एक पुरुषको मृत्यु भएको छ । बा ५ ख ४७९ नं को टिपरको ठक्करबाट सिन्धुपाल्चोक बलेफीगाउँपालिका–७ घर भई नाइटिङ्गेल बोर्डिङ स्कुल कुपण्डोल ललितपुरमा चालकको रुपमा काम गर्ने ३५ वर्षीय बलराम तामाङ्को मृत्यु भएको महानगरीय प्रहरी परिसर […]
खानेपानी अभाव टार्न बाहुनीडाँडावासी आफैँ अघि सरे, लिफ्टिङ प्रविधिबाट गाउँमै पुर्याए दूधकोशीको पानी
खोटाङ- हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवाका स्थानीय बासिन्दाले दूधकोशीको पानी लिफ्टिङ प्रविधि अपनाएर गाउँमा निकालेका छन्। सुक्खाग्रस्त क्षेत्रमा पर्ने बाहुनीडाँडाका स्थानीय बासिन्दाले घरायसी प्रयोजन तथा कागती खेती, बाख्रा तथा कुखुरापालन गर्न करिब एक हजार ७९० मिटरमाथि रहेको थामडाँडामा दूधकोशीको पानी निकालेका हुन्। दूधकोशीको सान्ने दोभानबाट २० किलोवाट क्षमताको सोलार प्यानल जडान गरेर गाउँमा नदीको पानी […]
टोनी हेगनलाई चकित पार्ने इञ्जिनीयर डिल्लीजङ्ग थापाको सुरुङमार्गको पुनःनिर्माण प्रक्रिया शुरु
वाग्मती, ७ फागुन – एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि विहीबार बोलपत्र आह्वान गरिएको छ। वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब रु पाँच करोडको अधिकतम सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्न सक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा सहदेवबहादुर भण्डारीले जानकारी दिनुभयो। प्रदेश सरकारले उक्त […]
दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह
काठमाडौँ, ७ फागुन (रासस) : राष्ट्रिय मानव अधिकार आयोगले जुम्लाको घटनाको निष्पक्ष र विश्वसनीय अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याई परिवारलाई उचित क्षतिपूर्ति दिन आग्रह गरेको छ । आयोगले जुम्लाको गुठीचौर गाउँपालिका–३ का १३ वर्षीय बालक पदमबहादुर बुढाको प्रहरीको कुटपीटबाट मृत्यु भएको भनिएको घटनाप्रति ध्यानाकर्षण जनाउँदै आईसीयूमा रहेको शव उपयुक्त स्थानमा व्यवस्थापन गर्न, विशेषज्ञ चिकित्सकबाट […]
अनलाइन ठगीप्रति सावधानी अपनाउन अनुरोध
काठमाडौँ, ७ फागुन (रासस) : नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले अनलाइनबाट हुने ठगीप्रति विशेष सावधानी अपनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ । विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी साथी बनाएर विदेशबाट पार्सल आएको सूचना पठाएर पैसा माग्ने तथा सस्तो मूल्यमा सामान पठाइदिने भनेर ठगी गर्ने गिरोह नै सक्रिय भएको भन्दै प्रलोभनमा नपर्न प्रहरीले आग्रह गरेको छ । […]
प्रतिनिधिसभा विघटनको विरोधमा टुँडिखेलमा मानव साङ्लो
काठमाडौँ, ६ फागुन (रासस)- पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा आज राजधानीमा मानव साङ्लोसहित प्रदर्शन गरेको छ। असंवैधानिक कदम, बढ्दो महँगी र भ्रष्टाचारको विरोधमा नेकपाका नेता कार्यकर्ताले मावन साङ्लो बनाएर टुँडिखेललाई घेरेका थिए। मानव साङ्लोमा सहभागीले प्रतिनिधिसभा विघटनको विरोध गर्दै जनजीविका विषय सम्बोधन गर्न माग गरेका थिए। उनीहरुले […]
पोखराका फोटोग्राफर खिमकाजीको तस्बिर उत्कृष्ट पाँचौँ स्थानमा
– हरि बाँस्तोला गण्डकी, ६ फागुन (रासस)- विद्यालय क्षेत्रमा तीव्रगति र हर्न बजाउन निषेध लेखिएको छ, विद्यार्थी र शिक्षिका अध्ययन अध्यापनमा व्यस्त छन्। सडकमा भने एउटी महिलाले ह्विलचियरको सहायताले बच्चालाई विद्यालय पुर्याउँदै गरेकी छन्। तस्बिरले त्यही नै सङ्केत गरेको छ। ओस्टिओजेनेसिस इम्परफक्टा (ओआई) सजिलै हाड भाँचिने दुर्लभ रोगबाट ग्रसित भएर जीवनयापन गरिरहेका व्यक्तिको दिनचर्या समेटिएको […]
टिकटकका कारण परीक्षा रद्द
सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द भएको छ । परीक्षाको मर्यादा विपरीत परीक्षा समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकोले विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो । आठबीस नगरपालिका–६ सिंहासैनको कालिका माध्यमिक विद्यालयका छात्र शाहीलाई राष्ट्रिय परीक्षा बोर्डले परीक्षा रद्द गरेको जनाएको छ । विसं २०७७ मङ्सिरमा सञ्चालित कक्षा […]
तनहुँ जलविद्युत् आयोजनाका लागि सम्झौता हुँदै
दमौली, ६ फागुन (रासस) : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज १ का लागि निर्माण कम्पनीसँग सम्झौताको तयारी गरिएको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन कम्पनीको बोलपत्र परेकामा एशियाली विकास बैँकले सोङ्दा भियतनाम÷कालिका जेभीलाई छनोटको स्वीकृति दिएपछि उक्त कम्पनीसँग सम्झौताको तयारी गरिएको आयोजनाका प्रमुख अच्युत घिमिरेले […]