तनहुँ जलविद्युत् आयोजनाका लागि सम्झौता हुँदै



दमौली, ६ फागुन (रासस) : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज १ का लागि निर्माण कम्पनीसँग सम्झौताको तयारी गरिएको छ ।

पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन कम्पनीको बोलपत्र परेकामा एशियाली विकास बैँकले सोङ्दा भियतनाम÷कालिका जेभीलाई छनोटको स्वीकृति दिएपछि उक्त कम्पनीसँग सम्झौताको तयारी गरिएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो । “सबैभन्दा कम दर प्रस्ताव गरेको र आर्थिक एवं प्राविधिक रुपमा प्रभावग्राही देखिएपछि उक्त कम्पनीले पहिलो प्याकेजको ठेक्का पाएको हो,” उहाँले भन्नुभयो । उहाँका अनुसार फागुन दोस्रो हप्ताभित्र पहिलो प्याकेजको काम अगाडि बढाउन निर्माण कम्पनीसँग सम्झौता गर्ने तयारी छ । उक्त कम्पनीले पहिलो प्याकेजका लागि रु १६ अर्ब ६८ करोडमा ठेक्का प्राप्त गरेको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इण्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ ।

कम्पनीले यसअगाडि पहिलो प्याकेजका लागि सिएमसीसँग ठेक्का रद्द गरेर पुनः बोलपत्र आह्वान गरेको थियो । आयोजनाको प्याकेज दुई अन्तर्गत भने करीब रु एक अर्ब खर्च भइसकेको छ । प्याकेज दुई अन्तर्गत सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले काम गरिरहेको छ । प्याकेज दुई अन्तर्गत सिनोले सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । त्यस्तै प्याकेज तीन अन्तर्गत प्रशारण लाइन निर्माणका लागि रु तीन करोड खर्च भएको छ । प्रशारण लाइन निर्माणका लागि भारतको केइसि इन्टरनेशनल लिमिटेडले ठेक्का पाएको छ ।

आयोजनाले प्रशारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले त्यसको प्रक्रियालाईसमेत अगाडि बढाइसकेको छ । टावर राख्नका लागि ५३ जना व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्नेछ । आयोजनाको प्रशारण लाइन निर्माणका क्रममा टावर राख्नका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिनेछ भने तार तान्नका लागि २१ हेक्टर क्षेत्रफललाई क्षतिपूर्ति दिइनेछ । प्रशारण लाइन निर्माणका लागि तनहुँ र चितवनतर्फका वन क्षेत्रमा पर्ने रुख कटान हुनेछन् । तनहँु तर्फ ३० हेक्टर वन क्षेत्रको रुख कटान गर्नुपर्ने र त्यसका लागि फाइल वन विभागमा पठाइएको छ । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । चालू आर्थिक वर्षमा प्रशारण लाइनका लागि ३० वटा टावर निर्माण गरिनेछ ।

आयोजनाको प्याकेज दुई अन्तर्गतको विद्युत् गृहको काम पनि भइरहेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भएसँगै विद्युत् गृहको काम भइरहेको छ । आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाई र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ । ग्रामीण भेगमा इसिजी र एक्सरे सेवा बन्दीपुर गाउँपालिका– ६ स्थित धरमपानी स्वास्थ्यचौकीलाई रोटरी क्लबले इसिजी र एक्सरे मेसिन सहयोग गरेको छ ।

ग्रामीण भेगका जनतालाई गाउँमै सेवा प्रवाह गर्ने उद्देश्यसहित रोटरी क्लब अफ पाटन, रोटरी क्लब जापान र बन्दीपुर सामाजिक विकास समितिले स्वास्थ्यचौकीलाई इसिजी र एक्सरे मेसिन सहयोग गरेको हो । उक्त सामग्री क्लबले गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, उपाध्यक्ष करुणा गुरुङको उपस्थितिमा हस्तान्तरण गरेको छ । सामाजिक सेवाको भावनासहित क्लबले रु पाँच लाख ९० हजार बराबरको सामग्री स्वास्थ्यचौकीलाई सहयोग गरेको रोटरी क्लब अफ पाटनका अध्यक्ष रत्नकाजी श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष थापाले क्लबले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै उक्त सामग्रीले गाउँका जनतालाई सहज हुने बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष गुरुङले इसिजी र एक्सरे मेसिन प्राप्त भएपछि गाउँका मानिसलाई उक्त कार्यका लागि बजारसम्म आउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । धरमानी स्वास्थ्यचौकीमा गाउँपालिकाले गत वर्ष ल्याब सञ्चालन गरेको थियो । ल्याबका लागि गाउँपालिकाले दुई जना दक्षप्राविधिक समेत राखेको छ । “इसिजी र एक्सरेका लागि यहाँका सर्वसाधारण बजारसम्म जानुपर्दा आर्थिक भारसमेत पर्ने गरेको थियो, अब गाउँमै सर्वसुलभ रुपमा सेवा पाउने भएका छन्,” गुरुङले भन्नुभयो । गाउँपालिकाले छिट्टै नै धरमपानी स्वास्थ्यचौकी र बन्दीपुर अस्पताललाई एम्बुलेन्स हस्तान्तरणको तयारी गरेको उहाँले जानकारी दिनुभयो । रु एक करोड ५५ लाखको अक्षयकोष देवघाट गाउँपालिकामा सञ्चालित वृद्धाश्रमका लागि रु एक करोड ५५ लाखको अक्षयकोष स्थापना गर्ने अभियान सञ्चालन गरिएको छ । देवघाट क्षेत्र विकास समिति अन्तर्गत सञ्चालित देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम)का लागि रु एक करोड ५५ लाखको अक्षयकोष स्थापना गर्न अभियान सञ्चालन गरिएको हो । एक व्यक्तिबाट रु १५ हजार ५०० सङ्कलन गरेर एक हजार जनालाई आजीवन सदस्य बनाउने अभियान रहेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेले जानकारी दिनुभयो ।

एक हजार आजीवन सदस्य बनेसँगै वृद्धाश्रमका लागि सरकारको भर पर्नुनपर्ने घिमिरेले बताउनुभयो । वृद्धाश्रममा हाल ३८ जना वृद्धवृद्धा रहेका छन् । वृद्धाश्रमको क्षमता ५० जनाको रहेको छ । उहाँका अनुसार ६ जना कर्मचारीले वृद्धाश्रम हेर्दै आएका छन् । जायजन्म र जायजेथा नभएका ६० वर्ष नाघेका वृद्ववृद्वालाई स्थानीय तहको सिफारीसमा वृद्धाश्रममा राख्ने गरिन्छ । वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई आवश्यक खाद्यन्न र लत्ताकपडा दाताले पु¥याउँदै आएका छन् । उहाँका अनुसार पछिल्लो समय वृद्धाश्रममा भौतिक संरचना थप निर्माण गरी सुविधा सम्पन्न बनाइएको छ ।

वृद्धवृद्धालाई बस्ने ठाउँदेखि नुहाउनका लागि तातो पानी, वातावरण अनुकूलित आवास क्षेत्र टेलिभिजन जडानलगायतका काम गरिएको छ । विसं २०५२ बाट वृद्धाश्रम सञ्चालनमा ल्याइएको हो । डिभिजन वन प्रदेशमा उत्कृष्ट डिभिजन वन कार्यालय प्रदेश सरकारबाट उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत भएको छ । प्रदेश सरकार मातहत जिल्लास्तरमा रहेका कार्यालयमध्ये सो कार्यालय उत्कृष्ट घोषित हुन सफल भएको हो । नमूना कार्यालय मापदण्ड, २०७६ बमोजिम यस वर्षको नमूना कार्यालयको रुपमा डिभिजन वन कार्यालय तनहुँलाई मङ्गलबार पुरस्कृत गरिएको छ ।

प्रदेश सरकारको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रमुख सचिव विष्णुप्रसाद नेपालले डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेलाई नगद रु २० हजार र प्रमाणपत्रले पुरस्कृत गर्नुभएको छ । आगामी दिनमा डिभिजन वन कार्यालयले थप सुधारका कार्यसहित जनअपेक्षा अनुसार सेवा प्रवाह गरी सुशासनको प्रबद्र्धन गर्न सफल हुने सरकारले विश्वास व्यक्त गरेको छ । बालिका जबर्जस्ती करणी गर्नेलाई जन्मकैद जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश जगतनारायण प्रधानको बुधबारको इजलासले भानु नगरपालिका–८ रुपटार बस्ने ३२ वर्षीय दीपेन्द्र विकलाई जन्मकैदको फैसला सुनाएको हो ।

सोही ठाउँ बस्ने ६ वर्षीया बालिकालाई गत जेठ १३ गते जबरर्जस्ती करणी गरेको अभियोगमा विक पक्राउ परेका थिए । उनी विरुद्ध जेठ २२ गते जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको थियो । त्यसयता उनी पूर्पक्षका लागि कारागारमा रहेका थिए । अदालतले पीडकबाट रु ५० हजार क्षतिपूर्ति भराउने फैसलासमेत गरेको अदालतका मुद्दा फाँटका कर्मचारी कृष्ण गौतमले जानकारी दिनुभयो । धरौटी बुझाउन नसकेपछि थुनामा गाँजा मुद्दामा पक्राउ परेका एक अभियुक्त धरौटी बुझाउन नसकेपछि पूर्पक्षका लागि थुनामा गएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ बस्ने २१ वर्षीय आनन्द केसी रु २० हजार धरौटी बुझाउन नसकेपछि बुधबार पूर्पक्षका लागि थुनामा गएका हुन् । सोही मुद्दामा उदयपुर रौतामाई गाउँपालिकाका १९ वर्षीय विजय राई भने रु १० हजार धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । जिल्ला न्यायधीश वासुदेव पौडेलको बुधबारको इजलासले उक्त आदेश गरेको हो ।

शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराबाट गत माघ ८ गते प्रहरीले निजहरुलाई एक किलो २५० ग्राम गाँजासहित पक्राउ गरेको थियो । बेपत्ता किशोर दश दिनपछि फेला व्यास नगरपालिका–४ सिमलटार बस्ने १७ वर्षीय ईश्वर क्षेत्री दश दिनपछि फेला परेका छन् । गत माघ २६ गतेदेखि बेपत्ता भएका उनी बुधबार पोखरामा फेला परेका हुन् । किशोर बेपत्ता भएकोबारे रासस समाचार प्रकाशित भएको थियो । क्याम्पस जान घरबाट हिँडेका उनी क्याम्पस नगइ बेपत्ता भएका थिए । सिमलटारस्थित मामाघर बसेर पढ्दै आएका ईश्वर बेपत्ता भएपछि दाजु सन्तोषले प्रहरीमा उजूरी गर्नुभएको थियो ।

वीरता टोल विकास संस्थाका अध्यक्ष सरोज बस्नेतले पोखरामा फेला परेपछि ईश्वरलाई घर ल्याइएको जानकारी दिनुभयो । ईश्वरका दाजु सन्तोषले बेपत्ता भाइ फेला परेकामा खुशी व्यक्त गर्दै रासससँग भन्नुभयो, “भाइले पोखरामा दाइहरुसँग गएर बसेको थिएँ भनेको छ, अरु कुरा खासै सोधेको छैन । भाइ भेटियो खुशी छौ ।” तनहुँमा खोप लगाउने २२ सय कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या दुई हजार २०८ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कूल लक्ष्यको ६७ प्रतिशतले बुधबारसम्म खोप लगाएका छन् ।

जिल्लामा तीन हजार दुई सय ८० जनालाई खोप लगाउनेको लक्ष्य थियो । कार्यालयका खोप अधिकारी वीरेन्द्रकुमार चौधरीले २३५ ले खोप लगाएको जानकारी दिनुभयो । मङ्गलबारसम्म जिल्लामा एक हजार ९७३ जनाले खोप लगाएका थिए । छुटेकालाई बुधबार दमौली खोप केन्द्रबाट सेवा प्रवाह गरिएको थियो ।

जिल्लामा पहिलो चरणमा छुट भएका ९८, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि÷कर्मचारी ७५२, निजामति कर्मचारी तीन सय पाँच, जनपद प्रहरी २२०, सशस्त्र प्रहरी १३, बैँक तथा वित्तीय समूहका चार सय ५७, प्राधिकरण र संंस्थानका कर्मचारी दुई सय ५०, न्याय सेवाका ३२ र ८१ सञ्चारकर्मीले खोप लगाएको कार्यालयले जनाएको छ ।

Comments Box