सामुदायिक वन उपभोक्ता महासंघ नेपालको राष्ट्रिय परिषद् भेला फागुन १८ गते मंगलबारदेखि शुरू हुँदैछ । काठमाण्डोैको प्रज्ञा प्रतिष्ठानको हलमा हुने परिषद बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । परिषदमा महासंघको छैठोैं महाधिवेशनपछिको अबधिको समीक्षा हुने सचिव ठाकुर भण्डारीले जानकारी दिनुभयो । परिषद बैठकमा केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय महासंघका पदाधिकारी तथा […]
माटाले पुरेर मृत्यु
उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर आज अपराह्न एक महिलाको मत्यु भएको छ । सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पुरिएर त्रिपुरासुन्दरी – १ की ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो । सडक निर्माणका क्रममा माटो फालिरहेका बेला बाटो पार गर्नेक्रममा कुमाल पुरिनुभएको जिल्ला […]
कारागार अध्ययन गर्न छानबिन समिति गठन
जिल्ला प्रशासन कार्यालय तनहुँले कारागार कार्यालयको अध्ययनका लागि छानबिन समिति गठन गरेको छ । कारागारका कैदीबन्दीबीच आइतबार झडप भएपछि प्रशासन कार्यालयले कारागारको विविध पक्षको अध्ययन गर्न सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । प्रशासन कार्यालयले आज प्रेस विज्ञप्तिमार्फत तीन सदस्यीय छानबिन टोली गठन गरिएको जानकारी दिएको छ । विवादित […]
राजभण्डारी नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूत
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ । नेपाल सरकारका सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण शुरु
मध्य शहरको असनमा अवस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवं पुनर्निर्माणको काम प्रारम्भ भएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज संयुक्तरूपमा भूमिपूजा गरेर पुनर्निर्माण एवं पुनःस्थापनाको शुभारम्भ गर्नुभयो । सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्घता जनाएको रु पाँच […]
प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन गर्नुभएको छ । गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने सो पुलको लम्बाइ १७० मिटर र चौडाइ ११ मिटर छ । सडक डिभिजन कार्यालय दमकले निर्माण गरेको सो पुलको ठेक्का मैनाचुली हिराचन अञ्जना जेभी काठमाडौँले रु १६ करोड ६२ लाख […]
स्वस्थानी व्रत समापन
पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान पवित्रस्थलमा फूलपाती विसर्जन गरी समापन भएको छ । पौष शुक्ल पूर्णिमादेखि नै शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने क्रम शनिबार बेलुकी नै समापन गरी बर्तालु रातभर जाग्राम बसेका थिए । जाग्रामपछि […]
द्वन्द्व प्रभावित परिवार निराश, पीडितले अझै न्याय पाएनन्
रुपन्देही, १६ फागुन (रासस) : तत्कालीन माओवादी र नेपाली सेनाबीचको सशस्त्र द्वन्द्व अन्त्य भई विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष बितेको छ । विसं २०६३ मा विस्तृत शान्ति सम्झौतामार्फत द्वन्द्व अन्त्य भएको घोषणा त भयो । दश वर्षसम्म चलेको द्वन्द्वमा जबर्जस्ती बेपत्ता, यातना, बलात्कार तथा गैरन्यायिक हत्याका पीडितले अझै न्याय पाएका छैनन् । लामो […]
क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या
जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । पच्चीस जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७३ कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षा चुनौती थपिएको जेलर अनिल तिवारीले जानकारी दिनुभयो । “कैदीबन्दी बढी हुँदा बसोबास र सुरक्षाका दृष्टिकोणले चुनौती छ”,। उहाँले भन्नुभयो, “बस्ने ठाउँ अभावमा त्रिपाल राखेर कैदीबन्दीलाई राख्नु परिरहेको […]
जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरु
जिल्लामा रहेका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन् । सैतीस हजारभन्दा बढीलाई जग्गाधनी पुर्जा दिने गरी काम अघि बढाइएको हो । सातवटै पालिकाले आफ्नो निकायभित्र रहेका भूमिहीन तथा सकुम्बासीको लगत सङ्कलन गर्ने काम शुरु गरेका छन् । वडा तहबाटै काम शुरु भएको बताइएको छ । भरतपुर महानगरपालिकाले […]