सामुदायिक वन उपभाेत्ता महासंघको परिषद बैठक १८ र १९ फागुनमा



सामुदायिक वन उपभोक्ता महासंघ नेपालको राष्ट्रिय परिषद् भेला फागुन १८ गते मंगलबारदेखि शुरू हुँदैछ ।

काठमाण्डोैको प्रज्ञा प्रतिष्ठानको हलमा हुने परिषद बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । परिषदमा महासंघको छैठोैं महाधिवेशनपछिको अबधिको समीक्षा हुने सचिव ठाकुर भण्डारीले जानकारी दिनुभयो ।

परिषद बैठकमा केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय महासंघका पदाधिकारी तथा प्रतिनिधिहरू गरी १२ सय भन्दाबढीको सहभागिता हुनेछ । परिषदमा महासंघको स्थापनाका २५ बर्षको समिक्षाका साथै अागामी २५ बर्षको रणनीति सहित घोषणापत्र समेत सार्वजनिक गरिनेछ ।

Comments Box