३ वैशाख, २०७८ (रासस) : गत साता पाँचथर जिल्लाको सदरमुकाम फिदिम बजार नजिकैको थाक्लेस्थित देउराली र सिंहदेवी सामुदायिक वनमा लागेको आगोले बस्ती जोखिममा परेपछि बस्तीतर्फबाट जङ्गलमा आगो लगाइ क्षति हुनबाट रोकियो । खडेरीले सुक्खा बनेको जङ्गलमा क्षणभरमै आगो फैलने र हावाको बहावले टाढा–टाढासम्म पुग्ने भएपछि नियन्त्रण गर्न स्थानीयवासी र सुरक्षाकर्मीलाई कठीन प¥यो । यसैले बस्ती […]
जोगबनी–कटहरी ब्रोडगेज रेलमार्ग योजनाको गति सुस्त
२ चैत्र : मुलुकमै औद्योगीकरणको सुरुवात गर्ने विराटनगरलाई ‘औद्योगिक राजधानी’ भनेर पनि चिनिन्छ । सयौं उद्योग र लाखौं कामदार भएको यो क्षेत्र अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । यसको प्रमुख कारण हो, उद्योग व्यवसायका लागि आवश्यक पूर्वाधारको निर्माण हुन नसक्नु । औद्योगिक पूर्वाधार विस्तार नहुँदा सुनसरी–मोरङ औद्योगिक करिडोरमा नयाँ लगानी थपिन सकेको छैन […]
हुलाकी राजमार्ग निर्माणमा चरम लापरबाही; जनप्रतिनिधिले गरे गुनासो
३० फाल्गुन : तराईका जिल्ला जोड्ने बहुप्रतिक्षित हुलाकी राजमार्ग निर्माणमा चरम लापरबाही भइरहेको भन्दै जनप्रतिनिधिले गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित बहुपक्षीय छलफलमा जनप्रतिनिधिले यस्तो गुनासो गरेका हुन् । उनीहरूले तराईका जिल्ला जोड्ने लाइफलाइनका रुपमा हेरिएको हुलाकी राजमार्गमा ठेकेदार कम्पनीले कार्ययोजनाविपरीत आफुखुशी काम गरिरहेको बताए । रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले […]
ताप्लेजुङको फुङलिङ बजारमा आगलागी
ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । फुङलिङ नगरपालिका–४ मा आज बिहान आठ बजेतिर आगो लागेको हो ।आगोले दुई वटा घरमा क्षति पुगेको र नियन्त्रणको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिए । नगरपालिकाको दमकलको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली आगो निभाउन खटिएको उनले बताए । ताप्लेजुङ हरेक […]
विराटनगर खानेपानी सुधार आयोजना का लागी २ अर्ब ६१ करोड अनुदान
जापान सरकारले नेपाललाई २ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयका अनुसार यस्तो अनुदान आदान–प्रदान पत्रमा बिहीबार हस्ताक्षर भएको छ । पत्रमा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानका राजदूत किकुता युटाकाले हस्ताक्षर गरेका छन् । जापानले उपलब्ध गराउने यो अनुदान रकम रकम विराटनगर खानेपानी सुधार […]
राष्ट्रियसभा सदस्य निर्वाचन २०७८; एमालेलाई गठबन्धनको पनि भोट, गण्डकीमा सांसद नै विपक्षमा !
गण्डकीमा एमालेको जम्मा मतभार २५५६ थियो । तर लिला पोखरेल थनैतले २७२४ मत पाइन् भने पुन्य पौडेलले २६९० र अर्जुन कुमार सुनामले २७२४ मत पाए । यहाँ एमालेले उल्लेख्य मत बृद्धि गरेको देखिन्छ । दुई जना प्रदेश सभा सदस्यहरूले फ्लोर क्रस गरे । प्रदेशसभा सदस्यले मात्रै होइन यहाँ स्थानीय तहका जनप्रतिनिधिहरुले पनि पार्टीको निर्देशन भन्दा […]
झापामा १० मेगावाटको सौर्य ऊर्जा परियोजनाको शिलान्यास
२७ मंसिर (रासस) : झापाको शिवसताक्षी नगरपालिका–४ बोलोचोकमा आज मुलुककै सबैभन्दा ठूलो सौर्य ऊर्जा परियोजनाको शिलान्यास भएको छ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङले १० मेगावाट विद्युत् उत्पादन गर्ने झापा इनर्जी लिमिटेडको वैदिक विधिपूर्वक आज शिलान्यास गर्नुभयो । कार्यक्रममा संविधानसभाका अध्यक्ष नेम्बाङले आफ्नै हातले संविधान लेख्ने जनताको चाहना […]
भगवान् राधाकृष्ण खटयात्रा सम्पन्न
१५ भदौ (रासस) : भगवान् श्री राधाकृष्णको खटयात्रा आज विराटनगरमा भव्यताका साथ निकालिएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने भगवान् श्री राधाकृष्णको खटयात्राका क्रममा गाडीलाई विशेष सजावट गरी आज नगरपरिक्रमा गराएको छ । श्रीराधाकृष्ण रथयात्रा समारोह समितिले विशेष पूजापाठ गरी विराटनगर–१ पानीट्याङ्कीस्थित राधाकृष्ण मन्दिर परिसरबाट खटयात्रा निकालिएको हो । पानीट्याङकीबाट सुरु […]
काँकडभिट्टाबाट प्रवेश खुल्ला
१४ भदौ (रासस) : चार महिनापछि पूर्वी नाका काँकडभिट्टामा भारतीय नागरिकको आवतजावत खुकुलो बनाइएको छ । आजदेखि भारतीय नागरिकलाई खोप कार्ड वा पीसीआर नेगेटिभ रिपोर्टका आधारमा नेपाल प्रवेश गर्न अनुमति दिइएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आवश्यकता र औचित्यका आधारमा आजदेखि कोरोना विरुद्धको खोप लगाएको कार्ड र पीसीआर नेगेटिभ रिपोर्ट भएका […]
मदनभण्डारी राजमार्ग निर्माण सुरु
१२ भदौ (रासस) : मदन भण्डारी राजमार्गको धरान–झापा खण्ड निर्माण गर्न थालिएकोे छ । पूर्वी प्रस्थान बिन्दु मेचीनगरबाट अहिले निर्माण सुरु गरिएकामा वर्षा सकिएलगत्तै काम अघि बढाइने भएको छ ।राजमार्ग आयोजनाका प्रमुख श्यामकुमार यादवका अनुसार यो सडक तीन खण्डमा निर्माणका लागि ठेक्का सम्झौता भइसकेको र बाँकी खण्डकका लागि विस्तृत परियोजना प्रतिवेदन आएपछि टेण्डर आह्वान गरिने […]