मुन्द्रा चढाउने डाँडामा निर्माण भएको पदमार्ग

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीको मुन्द्रा चढाउने डाँडामा निर्माण भएको पदमार्ग । समुन्द्री सतहदेखि तीन हजार चार सय मिटर उचाइमा रहेको मुन्द्रा चढाउने डाँडामा अन्नपूर्ण गाउँपालिकाले रु दश लाखमा पदमार्ग बनाएको हो ।           तस्वीर ः सन्तोष गौतम, रासस

घाङ्च ल्हुम (अग्लो ढुङ्गा)

तनहुँको भिमाद नगरपालिका–९ मोहरियास्थित ‘घाङ्च ल्हुम (अग्लो ढुङ्गा) मा निर्माण गरिएको उद्यान । गण्डकी प्रदेश सरकारको सहयोगमा यहाँ पूर्वाधार निर्माण गर्न लागिएको छ ।     तस्बिर ः कृष्ण न्यौपाने÷रासस

३० मिटरको नदिको मापदण्ड ३ मिटर कायम गर्न मुख्यमन्त्री गुहार्दै – मुख्यमन्त्री भन्छन पहल गर्छु !!!

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई डेविजफल, गुप्तेश्वर गुफाको मापदण्ड घटाउन नेपाली कांग्रेस वडा समिति पोखरा–१७ ले ध्यानाकर्षण गराएको छ । समितिका तर्फबाट बुधबार डेविजफल, गुप्तेश्वर महादेव गुफा तथा फेवातालबाट पानी निकास भई बगेको खोलाको मापदण्ड तीन मिटर गर्नुपर्ने मागसहित मुख्यमन्त्रीको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सभापति देवराज आचार्यले मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षणपत्र हस्तान्तरण गर्नुभयो ।   […]

मनमोहक तिलिचो ताल (फोटो फिचर)

तिलिचो ताल मनाङ जिल्लाको नेस्याङ गाउँपालिका वडा नं ९ मा पर्छ ।  यो ताल सामुन्द्रिक सतहदेखि चार हजार ९१९ (४,९१९) मिटर उचाइमा पर्दछ ।   यस ताल वरिपरि सेता टल्किने तिलिचो हिमाल, अन्नपूर्ण रेन्ज र नीलगिरि हिमाल रहेका छन् ।   सम्पूर्ण तस्बिर हरु: कर्मा नेग्दोङ      

पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गर्न व्यवसायीको माग

कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा गर्न माग गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पर्यटन क्षेत्रमा कोभिड–१९ को असर र आगामी योजनाका बारेमा सुझाव सङ्कलनका लागि आयोजना गरिएको भर्चुअल छलफलमा परिषद् आबद्ध सङ्घसंस्थाका प्रतिनिधिले सो माग गरेका हुन् । पहिलो चरणको कोरोनापश्चात् सुरक्षा […]

जलाधार संरक्षणसँगै समृद्धि यात्रामा खास्टे, न्युरेनी र गुँदे ताल

    पोखरा, २२ वैशाख  – तालैतालको वडाका रूपमा ख्याति कमाएको पोखरा महानगरपालिका–२६ स्थित खास्टे, न्युरेनी र गुँदे ताल यहाँका स्थानीयवासीको समृद्धि र विकासमा वरदान साबित हुँदै गएका छन्। तालले यहाँको गरिमा र महत्वलाई विश्वसामु चिनाउन योगदान गरेको छ नै यसैका माध्यमबाट यहाँका स्थानीयवासी एकताबद्ध भई समृद्धि र विकासको अभियानमा पनि जुटेका छन्।     […]

योग ध्यानबाट मानसिक स्फूर्ति खोज्दै पर्यटन व्यवसायी

कोभिड–१९ का कारण व्यवसायमा परेको प्रभावले उत्पन्न मानसिक तनावलाई व्यवस्थापन गर्न पोखरा पर्यटन व्यवसायीले एकदिने मानसिक स्फूर्तिसम्बन्धी योग ध्यान गरेका छन् । पोखरा पर्यटन परिषद् र योगशालाको संयुक्त आयोजनामा बेगनास शिवालय योग रिसोर्टमा आयोजित उक्त योग शिविरमा सहभागीले मानसिक स्फूर्तिका लागि आवश्यक योग निन्द्रा, हठ योग, ध्यान तथा उत्सवलगायतका विभिन्न विधि गरेर आफूलाई ताजगी गराएको […]

रानीमहलको रित्तो घरबाट पर्यटक निराश

–निरा गौतम रुपन्देही, ५ वैशाख (रासस)- काठमाडौँ सामाखुशीकी शकुन्तला ढकाललाई पाल्पाको रानीमहल हेर्ने वर्षौं देखिको धोको थियो। प्रेमको प्रतीक मानिने रानीमहल साँच्चिकै सुन्दर र आकर्षक होला भन्ने अपेक्षा लिएर रानीमहल हेर्न पुगेकी ढकाल त्यहाँ पुग्दा भने खिन्न हुनुभयो। उहाँको कल्पनामा जस्तो थियो, वास्तविक त्यस्तो थिएन रानीमहल।   “मैले त राजाले बनाएको दरबार अत्यन्तै आकर्षक होला […]

पूर्णिमाको महिला टोलीले जित्यो अन्नपूर्ण हिमाल

म्याग्दी, ३ वैशाख (रासस) -आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा आज पहिलो पटक नेपाली महिला टोलीले सफल आरोहण गरेको छ। अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने सो हिमालमा पूर्णिमा श्रेष्ठको टोलीले सफल आरोहण गरेको हो। काठमाडौँको सेभेन समिट ट्रेकीङ कम्पनीमार्फत उहाँहरू गत चैत ८ गते नारच्याङ हुँदै पैदलमार्ग भएर अन्नपूर्ण आरोहणमा जानुभएको थियो। सेभेन समिट […]

मुन्धुम ट्रेल अवलोकनमा स्वीस राजदूत एलिजावेथ

नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेल (पदमार्ग) अवलोकन गर्न स्वीस राजदूत एलिजावेथ भोन क्यापलर खोटाङको साकेला गाउँपालिका आउनुभएको छ । पूर्वका चार जिल्ला खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभाको रमणीयस्थलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माणको काम शुरु गरिएको मुन्धुम ट्रेल अवलोकन गर्न स्वीस राजदूत एलिजावेथसहितको टोली खोटाङको साकेला गाउँपालिका आउनुभएको हो । […]