देशमा विखण्डनवाद र हिंसाको अन्त्य गर्‍यौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २०औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलीले नेपाल अब विकास र सुशासनको बाटामा अघि बढेको बताउनुभयो । हिंसाको बाटामा हिँडेकालाई शान्तिको मूलधारमा ल्याउन आफ्नो सरकार सफल भएको जनाउँदै उहाँले पृथकतावादी सोचलाई समेत […]

असन्तुष्टलाई सम्मानजनक व्यवहार गरिन्छ : नेम्वाङ

नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले पार्टीमा असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा संसदीय दलका उपनेता नेम्वाङले एमाले र नेकपा(माओवादी केन्द्र)बीचको एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतको फैसलाबाट खारेज भएकाले एमालेमा फर्कने सबैका लागि सम्मानजनक व्यवहार गरिने स्पष्ट गर्नुभयो । उहाँले जनता समाजवादी पार्टीसँग उसका मागका विषयमा […]

चिडियाखानाका वन्यजन्तुको ‘अविभावकत्व ग्रहण’ गर्ने बढ्दै

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले खर्च व्यवस्थापनका लागि शुरु गरेको ‘वन्यजन्तुको अविभावकत्व कार्यक्रम’ अनुसार संरक्षित वन्यजन्तुको खर्चको जिम्मेवारी लिने व्यक्ति र संस्था बढ्दै गएका छन् । चिडियाखानाले कोभिड–१९ को प्रभावका कारण वन्यजन्तुको आहारा, स्याहार र स्वास्थ्योपचारमा आवश्यक पर्ने खर्च एवं आम्दानीबीच असन्तुलन भएपछि खर्च जुटाउन सो कार्यक्रम शुरु गरेको छ । नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि […]

पूर्वमन्त्री नवीन्द्रराज जोशी फेरि कोमामा

मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था फेरि बिग्रिएको छ। शनिबारदेखि स्वास्थ्य अवस्थामा थप समस्या देखिएपछि उनलाई फेरि कोमामा राखिएको छ। उनलाई भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको चिकित्सकहरूले बताएका छन्। ५७ वर्षका जोशीलाई फागुन १३ मा मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा  उनको उपचार जारी छ। उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको चिकित्सकहरूले बताएका छन्। जोशीको […]

कर्मचारी कुटपिट गर्नेलाई कारवाही माग

सूर्यविनायक नगरपालिका–२ साविक बालकोट गाउँ विकास समिति वडा नं १ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारवाहीको माग गरेको छ । घटना भएको नौ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय भक्तपुरदेखि महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त थिमिसमेतलाई सम्पूर्ण प्रमाणसहित किटानी जाहेरी दिँदा […]

कर्णाली नदीमा बेपत्ता थप दुईजनाको शव भेटियो, एकजना अझै बेपत्ता

२५ फागुन, काठमाडौं । कर्णाली नदीमा बेपत्ता भएका एकै परिवारका पाँचजनामध्ये ४ जनाको शव भेटिएको छ । एकजनाको अझै भेटिएको छैन । तीन छोरी र एक छोरासहित कर्णालीमा बेपत्ता भएकी दैलेख आठबीस नगरपालिका-३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र उनका छोरा १० वर्षीया ललितको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुले जानकारी […]

रघुजी पन्तविरूद्ध कोमल वलीले दायर गरिन् गाली बेइज्जती मुद्दा

२५ फाल्गुन २०७७: काठमाडौँ जिल्ला अदालतमा सांसद कोमल वलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रघुजी पन्तविरुद्ध इज्जतमा धक्का पु¥याएको जनाउँदै गाली बेइज्जती मुद्दा दायर गर्नुभएको छ ।   अदालत पुगेर राष्ट्रियसभा सदस्य वलीले आज गाली बेइज्जतीविरुद्धको मुद्दा दिनुभएको हो । वलीले दिएको फिरादपत्रमा नेता पन्तले आफ्नो व्यक्तिगत चरित्र हत्या गरेको उल्लेख छ । फिरादपत्रमा […]

नेतृत्वमा महिला: भारती पाठक

आज १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर आज विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवसलाई मनाइन्छ ।   नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी दिवसलाई मनाइयो । दिवस मनाई रहँदा केही प्रेरणादायी नारीहरुलाई आजको यो अवसरमा हामीले नसीम्झ रहन सक्दैनौँ । सडक देखि सदन सम्म नारीका आवाज र नेतृत्वका पहल कदमीहरु गुञ्जि रहेको अहिलेको अवस्था […]

सर्वोच्चको फैसला : एमाले र माओवादी केन्द्र ब्युँतिए (पूर्णपाठसहित)

काठमाडौं ।  सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रकै अवस्थामा पुगेको फैसला गरेको छ ।

जब मन्त्रीले रुखले कार्बनडाइअक्साईड मान्छे लाई दिन्छ, मान्छेले अक्सिजन रुख लाई दिन्छ भने …

सामुदायिक वन उपभोक्ता महासङ्घको कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले रुखले कार्बनडाइअक्साईड मान्छे लाई दिन्छ, मान्छेले अक्सिजन रुख लाई दिन्छ भनेर भने । सुन्नेहरु अफ्ट्यारोमा परे । मन्त्री ले बोलेका कुरा थुप्रै मिडियाका भिडियोहरुमा कैद भए । तेत्रो मिडिया मा रेकर्ड भएका कुरा लाई बाङ्ग्याईयो भन्नु भन्दा गल्ती स्विकार गरेको भए मन्त्री को कम बिल्ला […]