घरै बसेर योगी हुनुस्ः केपी शर्मा ओली

आज जुन २१ तारिख अथवा वर्ष भरिको सबैभन्दा लामो दिन । आज योग प्रारम्भ भएको दिन । हजारौँ वर्षअघि भगवान्  शिवले आफ्ना सप्तऋषि भनिने शिष्यहरुलाई अगाडि राखेर पहिलो योग शिक्षा प्रदान गर्नुभएको दिन, उत्तरायनबाट सूर्य दक्षिणयान लाग्ने दिन योग प्रारम्भ भएको शास्त्रअनुसार मानिन्छ । त्यसै दिनलाई संयुक्त राष्ट्रसङ्घले विश्व योग दिवसका रुपमा मानेको छ । […]

“हामी विपद्को उच्च जोखिममा छौँ, पूर्वतयारीमा ध्यान पुगेकै छैन”

दिनेशप्रसाद भट्ट यस वर्षको मनसुन प्रारम्भ भइसकेको छ। जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। यस वर्षको मनसनुजन्य विपद्बाट देशभर करिब चार लाख ५७ हजार १४५ घरधुरीका २० लाख नागरिक प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा  प्रभावित हुने आकलन गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्बाट हुनसक्ने […]

लमजुङको संवृद्धि आधार

विगतको पश्चिमाञ्चल विकास क्षेत्रको एउटा जिल्ला लमजुङ संविधान जारी भई  राज्यको पुनर्संरचना गरेपछि गण्डकी प्रदेश अन्तर्गत छ। पहिले ६१ गाविसमा विभाजित लमजुङमा अहिले ८ पालिकामा विभाजित छ। सामान्यतः विगतका ११ वटा इलाकी संरचना अन्तर्गत यी पालिका निर्माण भएका छन्। विगतको इलाका २ को चण्डीस्थान र बाग्लुङपानी अनि इलाका ८ का बाझा खेत र चिति र […]

नेपालको सांस्कृतिक सम्पन्नताको पहिचानमा अग्रणी आदिवासी जनजाति

केपी शर्मा ओली नेपाली संस्कृति भनेको समग्र नेपालका जात, जाति, जनजाति, आदिवासी, अल्पसंख्यक सबैका संस्कृतिको समष्टि हो। सबैका संस्कृतिको सम्पूर्णता नेपाली संस्कृति हो। एउटा मात्रै नेपाली संस्कृति भन्ने होइन। यो नेपाली संस्कृति, त्यो नेपाली संस्कृति होइन भन्ने कुरा होइन। हाम्रा सांस्कृतिक पहिचान, विविधता, गौरव, सम्पन्नता र वैभवलाई हामीले अगाडि बढाउनु पर्छ। यसका लागि आफ्ना ठाउँबाट […]

राजनीतिक दलका नेतृत्वमा सत्ता र कुर्सी मोह:  जनार्दन शर्मा “प्रभाकर”

  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संसद्लाई राष्ट्र र जनताका मुद्दालाई बहस गर्ने र भविष्यप्रति आशा दिलाउने थालेका रुपमा विकास गरिनुपर्ने बताउनुभएको छ। सदन औपचारिकतामा मात्रै सीमित रहँदा जनताका मुद्दा ओझेलमा परेका जनाउँदै उहाँले ‘सदन समाधानको सट्टा द्वन्द्वको थलो’ बनेको टिप्पणी गर्नुभयो। अहिलेको संसद्को अभ्यास, सरकारको प्रभावकारिता, जनअपेक्षा र माओवादी पार्टीभित्रको […]

सङ्गठनात्मक एकतामा उपाध्यक्ष श्रेष्ठको जोड

पाटन (ललितपुर), १२ माघः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताउनुभएको छ ।   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ सङ्गठन नेपाल बुद्धिजीवी सङ्गठनको आज यहाँ आयोजित तेस्रो जिल्ला सम्मेलनमा उहाँले “पार्टीको रुपान्तरण अनिवार्य शर्त हो, नकारात्मक र कमजोर पक्षलाई फेर्ने, आन्तरिक एकता बलियो बनाउने, समाजवादलाई सफल […]

शिथिल अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनु अहिलेको मुख्य चुनौती हो अर्थमन्त्री पौडेल ( भिडियो )

         काठमाडौँ, । राजनीतिक अस्थिरताको नकारात्मक असर मुलुकको अर्थतन्त्रमा देखिएको तथ्य कसैबाट लुकेको छैन । पटकपटक भएका सरकार परिवर्तनका कारण विकास र समृद्धिका मुद्दा सधैँ ओझेलमा रहे । अस्थिर राजनीतिले मुलुकको समग्र विकास एवं समृद्धिमा कसरी असर गरिरहेको छ र त्यसको मूल्य हामीले चुकाइरहेका छौँ भन्ने उदाहरणका रुपमा चालु आर्थिक वर्षको बजेटलाई लिन सकिन्छ । बजेटका […]

अबको बिध्यार्थी आन्दोलन यस्तो होस् ।

विगतका केही समयदेखि बिद्यार्थी आन्दोलन निकै फितलो देखिएको छ । कारण – राजनैतिक दलको पोल्टोमा घुस्रिएर बिध्यार्थीहरु हिंसात्मक मानसिकतामा आफूलाई अघि बढाईरहेका छन् । जस्को प्रभाव आन्दोलनको मूल उदेश्यमा परिरहेको छ । अहिले हरेक कलेज तथा क्याम्पसका बिध्यार्थी मनमा एउटै प्रश्न   छ कि पुग्यो हिंसात्मक आन्दोलन अब हामीलाई वैचारिक , सृजनशील र रचनात्मक आन्दोलनको खाँचो […]

गठबन्धन सरकार – प्रविधिक रूपले सक्षम, मानसिक रुपले निर्वल

0नेपाल र भारतको भौगोलिक, सांस्कृतिक र सामाजिक सन्निकटताले यी दुई देशको संबन्ध र भाईचारा निकै पुरानो समय देखि गणना गर्न सकिएता पनि नेपालमा भएका हरेक राजनीतिक परिवर्तन संगै यी दुई बीच हुने गरेका सन्धी, सम्झौताहरूले दुई देश बीचको सम्बन्धमा बढी अर्थ राख्ने गर्छन्।       नेपाललाई एकतन्त्रीय राणा शासनको पन्जाबाट मुक्त गर्न भारतले खेलेको […]

अवसरवाद बिरोधी संघर्ष

विश्व कम्युनिष्ट आन्दोलनमा झैं नेपाली कम्युनिष्ट आन्दोलनमा मार्क्सवाद र अवसरवादका वीच संर्घष चल्दै आईरहेको छ । विश्वका अनेक कम्युनिष्ट पार्टी भित्र चलेका यस्ता संर्घषहरुमा प्रशस्तै भ्रम र अन्यौलहरु थिए। विश्व कम्युनिष्ट आन्दोलनमा कार्ल मार्क्स देखि मदन भण्डारी, क्रिस हनीसम्मले मार्क्सवादको अस्तित्व, विकास र विजयकालागि दुई विपरित अवसरवाद विरुध्द दृढतापूर्वक संघर्घको सञ्चालन र नेतृत्व गरेका छन् […]