म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौँडाका ४० वर्षीय युवा प्रकाश खत्री केराखेतीबाट स्वरोजगार र आत्मनिर्भर बन्नुभएको छ। वैदेशिक रोजागरका सिलसिलामा दुबईमा तीन वर्ष काम गरेर फर्कनुभएका खत्री गाउँमै रहेको खेतबारी र पाखापखेरामा केराखेती गरेर आकर्षक आम्दानी गर्न सफल हुनुभएको हो। सुरुमा तीन रोपनीमा केराखेती गर्नुभएका खत्रीले लगाएका बोटले आम्दानी दिन थालेपछि केराको व्यावसायिक खेतीमा लाग्नुभएको थियो। […]
मनाङमा फेरियो खेती गर्ने समय
फरक वातावरणले गर्दा अहिले मनाङको तल्लो क्षेत्रमा खेती भित्र्याउने समय हो भने माथिल्लो भेगमा लगाउने कार्य भइरहेको छ। यहाँ प्रायः आलु, गहुँ, फापर, करु, उवा, कोलु बोडी जस्ता परम्परागत बाली लगाउने गरिन्छ। जिल्ला ती खाद्यन्नमा आत्मनिर्भर बनेको छ। किसान ताचै, तिल्चे, थानचोक, चामे, तिमाङ, नाचै, ओडारलगायत क्षेत्रमा खेती भित्र्याउन व्यस्त छन्। कृषि ज्ञान केन्द्रका […]
खाने हैन त अरिङ्गालका परिकार?
पाखो बारीको भित्तामा सासाना प्वाल छन्। नजिकनजिक रहेका प्वालभित्र फ्ल्याक राखेर ओत लगाइएको छ। यिनै ओतमुनि अरिङ्गालका गोला छन्। म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाहीले राहुवडास्थित पाखोबारीमा व्यावसायिक अरिङ्गालपालन गर्दै आउनुभएको छ। शाहीले नजिकैको जङ्गलबाट ल्याएर ११ गोला अरिङ्गाल पाल्न थालेको जानकारी दिनुभयो। राहुवडामा खुर्सानीखेतीका लागि सम्याएको पाखाको भित्ता र जामुनाखर्कमा घरको बार्दलीमा उहाँसँगै […]
गण्डकीको बजेटमाथि तीव्र विरोध, मुख्यमन्त्रीको आक्रोश पत्रकारमाथि
पोखरा । गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले प्रदेशसभा र जनस्तरमा उठेका प्रश्नहरूको जवाफ दिनुको सट्टा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारमाथि आक्रोश पोखेका छन् । यसले प्रदेशको राजनीतिक र शासकीय दृष्टिकोण उदांगो भएको छ । बजेट निर्माण प्रक्रियाको अपारदर्शिता, प्राथमिकताको विचलन र वितरणको असन्तुलनमाथि सत्तापक्षकै सांसदहरूले उठाएका गम्भीर प्रश्नहरूले सरकारको नैतिकता र […]
तपाईँको प्रतिक्षामा, १,००० वर्षभन्दा पुरानो गुरुङ गाउँ
लमजुङको मस्याङ्दी गाउँपालिका–१ स्थित घनपोखराका प्रकृति र संस्कृति सम्पदालाई पदयात्रा पर्यटनसँग जोड्न थालिएको छ। गाउँबाट आँखै अगाडि देखिने लमजुङ हिमालसहित अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बौद्ध, गणेशलगायत हिमशृङ्खलाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने भएकाले यहाँका प्रकृृति र संस्कृति सम्पदालाई पदयात्रा पर्यटनसँग जोड्न थालिएको हो। लमजुङको सबैभन्दा उचाइमा मानवबस्ती रहेको मानिने यो गाउँ समुद्री सतहबाट दुई […]
सबै पालिका समेटेर जलवायु सम्मेलन गर्दै मुस्ताङको घरपझोङ
मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘वातावरण र जलवायु’ सम्मेलन आयोजना गर्ने भएको छ। पछिल्लो समय विश्वमा चिन्ताको विषय बनेको जलवायु परितर्वनलाई विश्व समुदायमाझ ध्यानार्कषण गराउने उद्देश्यसहित घरपझोङ गाउँपालिकाले ७५३ वटै पालिका प्रमुखको सहभागितामा वातावरण र जलवायु सम्मेलन आयोजना गर्ने घोषणा गरेको हो। असार १० गते को गाउँसभा बैठकमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा […]
तनहुँका किसानलाई चैते धान थन्क्याउने चटारो
डुम्रे (तनहुँ) । जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा छन् । दुई समयमा धानखेती नहुने स्थानमा बर्खे धान लगाउने कार्य सुरु भइसकेको छ । तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ । जिल्लाका अधिकांश पालिकामा धानखेती हुन्छ । जिल्लाका सिञ्चित क्षेत्रमा धानखेती गरिन्छ । व्यास, भानु, भिमाद, शुक्लागण्डकी नगरपालिका, म्याग्दे, आँबुखैरेनी, देवघाट, बन्दीपुर, ऋषिङ र घिरिङ गाउँपालिकामा […]
ढकायोको गुन्द्रुक प्रतिकेजी रु दुई हजार
म्याग्दीको लेकाली क्षेत्रमा पाइने निगालोको टुसा, च्याउ र ढकायो सहरी क्षेत्रका उपभोक्ताको रोजाइमा परेको छ। बर्खायाममा यहाँका गाउँमा पुग्ने पाहुनालाई टुसा, च्याउ र ढकायोको परिकार चखाउने मात्र होइन गाउँबाट सहर झर्दा लैजाने कोशेली पनि बनेको हो। बर्खा सुरु भएसँगै लेकाली क्षेत्रका बसिन्दा समूह बनाएर च्याउ, टुसा र ढकायो टिप्न जङ्गल जान थालेका छन्। […]
लमजुङको संवृद्धि आधार
विगतको पश्चिमाञ्चल विकास क्षेत्रको एउटा जिल्ला लमजुङ संविधान जारी भई राज्यको पुनर्संरचना गरेपछि गण्डकी प्रदेश अन्तर्गत छ। पहिले ६१ गाविसमा विभाजित लमजुङमा अहिले ८ पालिकामा विभाजित छ। सामान्यतः विगतका ११ वटा इलाकी संरचना अन्तर्गत यी पालिका निर्माण भएका छन्। विगतको इलाका २ को चण्डीस्थान र बाग्लुङपानी अनि इलाका ८ का बाझा खेत र चिति र […]
आठ सय रोपनीमा बन्दैछ उपल्लो मुस्ताङमा सरकारी कृषि फार्म
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको शाखाका रूपमा सेटलाइट कृषि फार्म स्थापना हुने भएको छ। बागवानीमा उत्पादन हुने शीतोष्ण फलफूल तथा तरकारीलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले घमीमा सेटलाइट फार्म स्थापना गर्ने तयारी गरिएको हो। यसका लागि जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुर्याएको शीतोष्ण बागवानी विकास केन्द्रका कार्यालय प्रमुख […]