कहाँ कहाँ पूर्ण बन्द छ सडक?

  वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गको सातवटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार बाढी र पहिरोका कारण सङ्खुवासभा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र बाजुराका सडक पूर्ण रूपमा अवरुद्ध भएका हुन्।   नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकामा वर्षाका […]

अब कसले बनाउला जनै?

  यस वर्ष जनैपूर्णिमा साउनको २४ गते परेको छ। जनैपूर्णिमा आउन एक महिनाभन्दा बढी समय बाँकी नै रहँदा पोखरा महानगरपालिका वडा नं ३२ का ८० वर्षीय कृष्णप्रसाद अधिकारीसहित यहाँका चार जना ज्येष्ठ नागरिकलाई भने यतिखेर जनै बनाउन भ्याइनभ्याइ छ।   जनै बनाउने सीप पछिल्ला पुस्तामा पुस्तान्तरण नभएको चिन्ता गर्ने ८० वर्षीय कृष्णप्रसादसहित यहाँका ७० वर्षीय […]

बच्चाहरूलाई हरेका दिन बिहान दुई घण्टा माझी भाषा

    आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउन रामेछापका माझी युवा लागेका छन्। बुढापाकासँग आफूले सिकेर भाषा र संस्कारका विषयमा अन्तर पुस्ता हस्तान्तरण पनि गराइरहेका छन्।   विशेषगरी नदीकिनारमा बसोवास गर्ने माझी समुदायका मानिसले आफ्नो भाषा र संस्कृति हराउने सम्भावना बढेपछि माझीको सामाजिक विषयवस्तुमा छलफल गर्ने एकीकृत गर्न ती  समुदायका विभिन्न १० स्थानमा भाषा […]

खाम भाषा जोगाउन एक महिनासम्म तालीम

  म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषा संरक्षणका लागि प्रशिक्षण सञ्चालन गरिएको छ। मगर समुदायको बाहुल्यता रहेको रघुगङ्गा–१ बेग, बादुक र तिप्ल्याङ तथा वडा नं ५ झिँमा एक महिनासम्म सञ्चालन भएको भाषा प्रशिक्षण २० असारमा सम्पन्न भएको हो। रघुगङ्गा गाउँपालिकाको सहयोगमा पुनमगर समाज रघुगङ्गा एकाइले भाषा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो।   पुनमगर समाज रघुगङ्गाकी […]

समतामूलक समाज निर्माणका लागि सङ्घीयताः पृथ्वी सुब्बा गुरुङ

“सङ्घीय व्यवस्थाअनुसार प्रदेश र स्थानीय तहको निर्वाचन नभए विद्रोह हुन्छ” सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सङ्घीयता, समानुपातिक र समावेशी प्रणालीलाई निरुत्साहित गरिएमा जनता अन्यायमा पर्ने बताउनुभएको छ।   ललितपुरको गोदावरीमा असार २० गते आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय पदाधिकारी एवं सचिवालयको विस्तारित बैठकलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले नारामा मात्रै ‘समृद्ध नेपाल सुखी […]

२९ करोडको खानेपानी योजना, ठेकेदार सम्पर्कविहीन, पानीमा आची

  दार्चुला सदरमुकाम खलङ्गामा वितरण गरिएको खानेपानीमा मानव स्वास्थ्यका लागि घातक हुने इकोली जीवाणु पाइएको छ। स्वास्थ्य कार्यालय दार्चुलाले गरेको परीक्षणमा पाँच स्थानबाट सङ्कलन गरिएको नमूनामध्ये चार स्थानको पानीमा इकोली जीवाणु फेला परेको हो।   स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख वीरेन्द्रप्रसाद भट्टका अनुसार दूषित पानीकै कारण पानीमा इकोली देखिएको पुष्टि भएको छ। पछिल्लो दुई सातादेखि धमिलो […]

युट्युबलाई गुरु थापेर चम्केका भक्तबहादुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको कार्यमा पोख्त हुनुहुन्छ। काष्ठकलाका सामग्री बनाउने कार्य उहाँले तालिम लिएर सिक्नुभएको भने होइन। मोबाइलमा युट्युबमा राखिएका भिडियो हेर्दै काष्ठकलासम्बन्धीका सामग्री निर्माण गर्ने सीप सिक्नुभएको।   आठ कक्षामै पढ्दै गरेका बेला १७ वर्षको उमेरमै विद्यालय छाडेपछि काठको काममा उहाँ संलग्न हुनुभयो। गाउँकै काठका फर्निचर बनाउने व्यक्तिसँग […]

चराका लागि कान्ति ताल जोगाउन संघर्ष

  कान्ति ताल कुनै समय स्थानीयका सिँचाइको स्रोत थियो। बाँके,नेपालगञ्जको सहरबीचमा रहेको मानवनिर्मित यो सुन्दर ताल अहिले स्थानीय चराका लागि बासस्थान तथा प्रजननको थलो र विदेशी चराका लागि गन्तव्य बनेको छ। कमललगायतका फूलले भरिएको कान्ति ताल विभिन्न चराका लागि आहार र विहारका लागि लामो समयदेखिको आश्रयस्थल हो।   जानकारहरू जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण कान्ति ताल […]

राष्ट्रकविले खेल्ने, बस्ने गरेको चौतारा मर्मत

    चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामा जीर्ण बन्दै गएको उपल्लो टाउको चौताराको मर्मत गरी संरक्षण गरेको हो।   राष्ट्रकवि माधवप्रसाद घिमिरे प्रतिष्ठानका अध्यक्ष लोकनाथ घिमिरेका अनुसार प्रदेश सरकारको रु १० लाख लाखतमा चौतारा मर्मत  तथा संरक्षण गर्ने कार्य सम्पन्न भएको छ। उहाँले भन्नुभयो, “चौतारा वरिपरी पर्खाल लगाउने, चौतारासम्म पुग्ने दुई सय मिटर […]

दलित महिलालाई मध्यरातमा चर्पी जाने बाध्यता

  १८ महिने सुत्केरी दिपासा बिक हरेक दिन बिहानको ३–४ बजे हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्नुहुन्छ। तीस वर्षकी उहाँसँगै छरछिमेकका अन्य छोरी बुहारीहरू कोही एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन्। बारपाक सुलिकोट गाउँपालिका वडा नं–२ दलितबस्तीका महिलाहरू यसरी मध्यरातमा शौचालय धाउनुपर्ने कारण चाहीँ, ‘घरधुरी २१, शौचालय एक’ भएर हो।   तुलनात्मक रुपमा सम्पन्न गोरखाको […]