राजेश राईले बेचे ४५ हजार कफीका बिरुवा

  इलामको माङसेबुङ गाउँपालिका–२ रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा बेचेर मनग्य आम्दानी गर्दै आउनुभएको छ। उहाँले यस वर्षमात्र कफीका बिरुवा बिक्रीबाट रु १३ लाख ५० हजार आम्दानी गर्नुभएको छ।   पाँच वर्षअघि ‘वाङदेल नर्सरी सेन्टर’ स्थापना गरी कफीका बिरुवा उत्पादन गर्दै आउनुभएका राई माङसेबुङकै एक असल बिरुवा उत्पादक किसानका रूपमा परिचित हुनुहुन्छ। फेवाखोला नजिकै […]

बाँझो जमिनमा आलु, कोसेली घरमा भण्डार

  खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन गरेको छ। आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा उपलब्ध गराएको रु १५ लाख सशर्त बजेटमध्ये रु सात लाख लगानी गरेर गाउँपालिकाले यस वर्ष छ हजार केजीभन्दा बढी आलु फलाएको हो।   गाउँपालिकाले […]

खेती विस्तार गर्न जनशक्तिको खोजीमा किसान धर्मराज राई

  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका युवा किसान धर्मराज राईले बाँझो जमिन भाडामा लिएर यस वर्ष चार हजार किलो आलु फलाउनुभएको छ। सोही नगरपालिकाको वडा नं २ मुडेका दोर्जी शेर्पाको कुनाखर्कमा रहेको २५ रोपनी बाँझो जमिन १० वर्षका लागि भाडामा लिएर व्यावसायिक आलुखेती सुरु गर्नुभएका धर्मराजले पहिलो वर्ष नै सो परिमाणमा आलु उत्पादन गर्नुभएको […]

बेतना सिमसार सुकेसँगै मर्न थाले माछा

  मोरङ, बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न थालेको छ। यहाँ पानी सुकेसँगै माछा मर्न थालेका छन् भने त्यस क्षेत्र आसपासका जमिनमा सिँचाइको समेत समस्या भएको छ।   लामो समयदेखि पर्याप्त पानी पर्न नसक्दा रोपाइँ हुनसकेको छैन। सोही सिमसार क्षेत्रको पानीबाट बेलबारीको सयौँ बिघा जमिन सिँचाइ हुने गरेको भए पनि यस वर्ष […]

अखाढ सुक्खा, सावन दुखद, मर्का मधेसका किसान

  मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले पनि खेतीपाती र मौसमका कुरा उप्किँदा पाका किसान ‘डाक वचन’ सम्झन्छन्। अनुकूल/प्रतिकूल मौसम र खेतीपातीका सन्दर्भमा सिद्धपुरुष ‘डाक’ले करिब तीन सय वर्षअघि गरेका भविष्यवाणी उमेर घर्केका  मैथिल (मिथिलाका बासिन्दा) लाई कण्ठस्त छ। मौसमवेत्ता र भविष्यवेत्ता मानिने ‘डाक’ मैथिल जनजीवनका सम्झिरहने पात्र मानिन्छन्।   “अखाढ सुक्खा, सावन दुखद, भादो भैंसल, […]

जब २०० जनाले प्रधानमन्त्रीको हातबाट लालपुर्जा पाए

  प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्नुभएको छ।   भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा आयोजित २८ असारमा आयोजित कार्यक्रममा सो पालिकाका २०० जनालाई उहाँले जग्गाधनी पुर्जा वितरण भएको हो।   प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीले धनी पूर्जा पाउनु खुसीको कुरा […]

बैतडीमा जीप दुर्घटनाः २ को मृत्यु, ६ घाइते

  बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।   डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम […]

खेमबहादुर र रिजना नछोडेको माटो

  गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका बेला कैलाली जिल्लाको जानकी गाउँपालिका–९ का खेमबहादुर चन्दका दम्पती भने कृषि तथा पशुपालनमा जमेका छन्।   चन्द दम्पतीले कृषि तथा पशुपालनमा आफूलाई स्थापित गर्दै लगका छन्। वडा नं ९ मा खेमबहादुर चन्द र रिजना चन्दले विसं २०७७ देखि अमरावती बाख्रापालन कृषि फार्म सञ्चालन गरी कृषि […]

चिन्डेडाँडामा रमिता

  धरान उपमहानगरपालिका–२० मा अवस्थित चिन्डेडाँडा (रमितेडाँडा)मा गर्मीयामसँगै आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा वृद्धि भएको छ।   धरान बजार, इटहरी, चारकोसे झाडी तथा तराईका विभिन्न ठाउँको रमणीय दृश्यावलोकन गर्न सकिने यो डाँडा पछिल्लो समय पूर्वी नेपालकै चर्चित पर्यटकीय केन्द्रसँगै हाइकिङ गन्तव्यका रूपमा विकास हुँदै गएको छ।   गर्मीको समयमा साथीभाइ वा परिवारसहित घुम्न र हाइकिङ […]

गाउँ विकासको भर सामुदायिक वन

  अर्घाखाँचीमा सामुदायिक वनहरूले विकास निर्माणका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। ती सामुदायिक वनहरूले आफ्नो आम्दानीबाट विकास निर्माणका काम गर्न सक्षम भएको उदाहरण प्रस्तुत गरेका छन्। सामुदायिक वनले विभित्र प्रकारका रोजगारी सिर्जना गरेपछि वैदेशिक रोजगारीबाट समेत युवाहरू फर्केर गाउँमा काम गर्न थालेका छन्। शितगङ्गा–११ मा रहेको गैँडे सामुदायिक वनले घाट गद्दी व्यवस्थापन, खोलमा तटबन्ध […]