चुनाव जिते पनि संसद् छिर्न नपाउने सांसद

मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित टेकबहादुर गुरुङ तत्काल संसद प्रवेश गर्न नपाउने भएका छन् । उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनी सांसदको हैसियतमा काम गर्न नपाउने भएका हुन् ।   उनीमाथि शक्तिमा हुँदा त्यसको दुरुपयोग गरी काठमाडौंको फनपार्कको जग्गा भाडामा लगाएको विषयमा भ्रष्टाचार गरेको आरोप छ ।   निम्न कानुनहरुले गर्दा प्रवेश नपाउने:   […]

लमजुङमा १ बजेपछि मात्रै मतगणना

लमजुङमा १ बजेपछि मात्रै मतगणना हुने भएको छ । बेशीसहर स्थित जिल्ला समन्वय समितिको भवनमा १ बजेबाट मतगणना हुने जनाइएको छ ।   लमजुङमा एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्यका लागि चुनाव भएको थियो । माओवादी केन्द्रका महासचिव देव गुरुङ र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको हेभिवेट भिडन्त यहाँ छ ।   १ लाख ३३ […]

मुस्ताङमा काङ्रेसका २९ वर्षका योगेश विजयी

नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलाचनलाई हराएका हुन् ।   नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा २८ वर्षीय योगेशले तुलाचनसँग बदला लिए । मत परिणाम घोषणा हुन भने बाँकी छ । ०७४ मा तुलाचनले रोमीलाई हराएका थिए । अहिले योगेशसँग पराजित भएका छन् । […]

निर्वाचन गर्न १० अर्ब खर्च हुने !

काठमाडौं, २२ असार: निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न १० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ ।   मौजुदा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको समयावधि आगामी २२ मंसिरमा समाप्त हुने जानकारी दिएको आयोगले यसअघि नै प्रदेशसभा र प्रनिनिधिसभा सदस्यको निर्वाचन गर्नुपर्ने बताउँदै २ मंसिरको मिति सरकारसमक्ष सिफारिस गरेको छ ।   […]

‘निर्वाचन जित्न’ यसरी गरिन्छ गुप्तचर संयन्त्रको दुरुपयोग

रामेश्वर बोहरा | खाेज पत्रकारिता केन्द्र| कार्तिक १८, २०७९: गएको साउन पहिलो साता नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री बालकृष्ण खाँणले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा ‘गोप्य रिपोर्ट’ मा आधारित भन्दै एउटा यस्तो आँकडा पेश गरे, जसले बैठकको माहोल नै बदलिदियो।   प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा भइनसकेको त्यो बेला सत्तारुढ दलका नेता चुनावी गठबन्धनको […]

कानुन पालना गराउनुपर्ने गृहमन्त्रीलाई आयोगले सोध्यो तीन स्पष्टीकरण

भैरहवा, २ कार्तिक: निर्वाचन आचारसंहिता २०७९ विपरित गतिविधी गरेको भन्दै निर्वाचन आयोगले आचारसंहिता अनुगमन समितिमार्फत रुपन्देहीमा थप सात विषयमा स्पष्टीकरण सोधेको छ ।   आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लंघनविरुद्ध परेको उजुरीका आधारमा गृहमन्त्री तथा उम्मेदवार बालकृष्ण खाणलाई तीन वटा विषयमा, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खान, […]

निर्वाचनको दिन कसले कति सवारी साधनका लागि अनुमति पाउने ?

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने दिन मंसिर ४ गते सवारीसाधन सञ्चालनका लागि मापदण्ड जारी गरेको छ ।   सवारी साधन प्रयोग गर्ने अनुमतिपत्रका लागि सिफारिस गर्ने तथा अनुमतिपत्र दिने अधिकारीक र सवारीको संख्यासमेत समावेश गरेर आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानको दिनको सवारी आवगमन व्यवस्थापन सम्बन्धी मापदण्ड, […]

बागलुङमा एमाले र राष्ट्रिय जनमोर्चाको असन्तुष्ट समूहबीच सहकार्य

बागलुङमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको असन्तुष्ट समूहबीच सहकार्य भएको छ । शनिबार बसेको बैठकले जनमोर्चाका विद्रोही समूहले प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ एमालेलाई सहयोग गर्ने सहमति भएको हो ।   एमालेका जिल्ला कमिटी सचिव विष्णु भुसाल र जनमोर्चाका विद्राेही समूहका प्रतिनिधि तिलक पुनले संयुक्त रुपमा हस्ताक्षर गरेर बागलुङ २ (२)को उम्मेदवार निष्क्रिय भएको जानकारी गराएका […]

‘मत दिन्नँ’ भन्ने र प्रत्याह्वानको अधिकार प्रस्ताव गरिँदै छः प्रमुख अयुक्त थपलिया

कात्तिक १९ गते । निर्वाचन आयोगले कुनै पनि उम्मेदवारलाई ‘मत दिन्नँ’ भन्न पाउने र आफूले चुनेको प्रतिनिधिलाई ‘प्रत्याह्वान गर्ने’ अर्थात् फिर्ता बोलाउनसक्ने व्यवस्थालगायतका विशेषता थपेर निर्वाचन कानुन मस्यौदा गर्ने तयारी गरेको छ ।   प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार आयोगले मङ्सिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम नतिजाको प्रतिवेदन मङ्सिर २२ सम्म […]

उम्मेदवारलाई चुनाव लड्न कांग्रेसले दियो पैसा

मंसिर ४ मा हुने चुनावका लागि कांग्रेसबाट प्रतिनिधि सभातर्फ ९१ र प्रदेश सभातर्फ एक सय ७९ जनाले उम्मेदवारी दिएका थिए।   टिकट वितरण गर्दा नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूलाई चुनाव लड्न पैसा दिएको छ।   कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलकाअनुसार प्रदेश सभातर्फ उम्मेदवारका लागि भने दुई लाख रूपैयाँका दरले चुनावी खर्च दिइएको छ। प्रदेश सभातर्फ उम्मेदवारका लागि […]