लमजुङमा १ बजेपछि मात्रै मतगणना

१ लाख ३३ हजार ५ सय मतदाता रहेको यस क्षेत्रमा ८० हजार ९ सय १७ मत खसेको



लमजुङमा १ बजेपछि मात्रै मतगणना हुने भएको छ । बेशीसहर स्थित जिल्ला समन्वय समितिको भवनमा १ बजेबाट मतगणना हुने जनाइएको छ ।

 

लमजुङमा एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्यका लागि चुनाव भएको थियो । माओवादी केन्द्रका महासचिव देव गुरुङ र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको हेभिवेट भिडन्त यहाँ छ ।

 

१ लाख ३३ हजार ५ सय मतदाता रहेको यस क्षेत्रमा ८० हजार ९ सय १७ मत खसेको थियो । स्थानीय तह निर्वाचनमा लमजुङका वडामा एमालेबाट वडाध्यक्ष उम्मेदवारले पाएको मत गठबन्धनका उम्मेदवारले पाएको मत भन्दा १५ सय मतले मात्रै कम छ ।

 

लमजुङमा स्थानिय निर्वाचन पछी तीन हजार तीन सय २७ नयाँ मतदाता थपिएका थिए । जसमा एक हजार सात सय ७६ पुरुष र एक हजार पाँच सय ५१ महिला मतदाता थिए । 

गत १ असारदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा ती मतदाताले नाम लेखाएका थिए । जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय गरी दुई स्थानमा नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख सिर्जना मिश्रले बताइन् ।

 

 

 

 

 

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लमजुङमा एक लाख ३१ हजार चार सय ९४ मतदाता थिए ।

Comments Box