रेडपान्डाको बासस्थान सङ्कटमा

मङ्गलबार दिउँसो जाजरकोट कुशे गाउँपालिका–९ पैङ्क गाउँमा रेडपान्डा भेटियो । स्थानीयवासीको सहयोगमा सो रेडपान्डा  प्रहरीलाई जिम्मा लगाइयो । प्रहरी चौकी पैङ्कलाई जिम्मा लगाएको रेडपाण्डा केही समयमै मृत्यु भएको खबर सार्वजनिक भयो ।   बाटोमै रेडपान्डा मरेपछि जिउँदो बुझाउने प्रयास असफल भएको जाजरकोटका प्रहरी प्रमुख सन्तोष निरौलाले जानकारी दिए । बाक्लो निगालो हुने ठाउँबाट रेडपान्डा गाउँमा […]

सगरमाथा क्षेत्रको ५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवा !

सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखिएको छ । अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेकी थिइन् ।   ५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो वेभसाइटमा उल्लेख गरेकी छन् । ५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला […]

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि, नेपालको प्राथमिकता के ?

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप-२७) आइतबार सुरु हुँदै छ । सम्मेलन यही कात्तिक २० देखि मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख २०२२) सम्म इजिप्टको शार्म एल–शेखमा हुँदै छ ।     उक्त सम्मेलनले विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ (कोप २६) सम्म […]

लुम्बिनीकाे बिजुली बसमा २० हजार यात्रुले गरे सवारी

भैरहवा, १५ कार्तिक: लुम्बिनी विकास कोषद्वारा दसैंको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदु्षणमुक्त बनाउनका लागि भन्दै ५ वटा बस र १४ वटा भ्यान कोषलाई प्रदान गरेको थियो ।   दसैं तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी […]

विपद्ले बर्सेनि पीडा थपिरहन्छ तिलावासीलाई

जुम्ला – पोहोर सालको क्षतिको पीडा नसकिँदै यस वर्ष पनि तिला गाउँपालिका-४ जुम्लावासीलाई विपद्ले अझ बढी पीडा थपेको छ। विसं २०७८ असोज ३०, ३१ र कात्तिक १ गतेसम्मको अविरल वर्षापछि आएको बाढीले यहाँका घरतली, तडा, नारा, गाडापारी, बुँगारा, सिमज्यूला लगाइएको सयौँ मुरी अन्नबाली क्षति गर्‍यो।   उक्त बाढीले धानबालीमा मात्र क्षति गरेन, वर्षौँदेखि उपभोग गर्दै […]

मनाङमा असोजमै हिमपात

असोज २० गते । हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार बिहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबारबाट हिउँ पर्न थालेको हो । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार तीन दिनदेखि निरन्तर परेको वर्षाले हिउँ पर्न थालेको हो ।   हिउँले डाँडाकाँडा […]

पानी खान पनि दाताको दान; अनुदानको ५ अर्बमा पोखरा खानेपानी सुधार आयोजना

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को रु चार अर्ब ८१ करोडको अनुदान सहयोगमा विसं २०७६ देखि सञ्चालित पोखरा खानेपानी सुधार आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै पोखरेली उपभोक्ताको शुद्ध खानेपानीको सपना पूरा हुने भएको हो । हाज्मा एण्ड कर्पोरेशन जापानले आयोजना निर्माणको जिम्मा लिएको हो ।   बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनामार्पत पोखरेली उपभोक्ताको घरघरमा […]

ओझेलमा पारिएको देवी दहको स्थिति झन् झन् बिग्रिदै

भदाै १८: प्राकृतिक सौन्दर्यका बीच उभिएका रमणिय देवी दह यतिबेला आपसी विवादका कारण छिया छिया भएको छ । सिराहा जिल्लाको उत्तरी पूर्वी भेकमा रहेको देवी दह साविक तरेगीना गोविन्दपुर तथा हाल लहान नगरपालिका वडा नं १७ दौलतपुर मा रहेको छ । पूर्व पश्चिम राजमार्गबाट करिब ७ किलोमीटर दुरीमा पर्ने यो ठाउँ सिराहा र सप्तरी जिल्लालाई […]

जलवायु वित्तसम्बन्धी ऋण नलिइने – वन तथा वातावरणमन्त्री, ऋण सम्झौता भैईसक्यो – अर्थ

वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु वित्तसम्बन्धी कुनै पनि संस्थाको ऋण नेपालले नलिने बताउनुभएको छ।   जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको तयारीबारे बिहीबार गरिएको अन्तक्र्रियामा मन्त्री यादवले भन्नुभयो, “कार्बन उत्सर्जनमा नेपालको भूमिका एकदमै न्यून छ। कार्बन उत्सर्जन गर्ने विश्वका ठुल्ठूला अर्थतन्त्र भएका मुलुकका कारणले नेपालजस्ता गरिब मुलुकले पीडा भोगिरहेका बेला जलवायु वित्तको ऋण लिनु […]

संरक्षण अभावले लोप हुने अवस्थामा ‘गुँदेताल’

सात तालको बाटिका सहर लेखनाथ, लेखनाथ सात तालले परिचित छ । यहाँका ताल संरक्षणमा पछिल्ला वर्ष सरकारी निकायबाट कुनै चासो दिइएको छैन ।   पोखरा–२६ लेखनाथमा रहेको गुँदे ताल संरक्षणको अभावमै छ । एक वर्षअघि स्थानीयवासी ताल संरक्षणमा जुटे पनि रकम अभावकै कारण पूर्ण रूपमा संरक्षण हुन सकेको छैन ।   सरकारको तर्फबाट संरक्षणमा काम […]