कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको चुरे फेदीका वन क्षेत्रमा जङ्गली हात्तीको बथान आइपुगेको छ। भारतीय दुधुवा नेसनल पार्कमा वर्षात्को पानी भरिन थालेपछि हात्तीको बथान प्रत्येक वर्ष चुरे क्षेत्रका वनमा आइपुग्ने गर्दछ। यस वर्ष हात्तीको बथान अरू वर्षको तुलनामा चाँडै चुरे क्षेत्रमा पुगेको छ। हात्तीको बथान बस्ती नजिकैका वन क्षेत्रमा दैनिक देखापर्न थालेपछि सामुदायिक वनमा उपभोक्तलाई […]
तटबन्धमा बेम्बोपाइलिङ र आरसीसी प्रकुपाइन प्रविधि
नदी तटीय क्षेत्रका बस्ती जोगाउन बाँकेमा नयाँ प्रविधिको प्रयोग गरेर आपतकालीन तटबन्ध निर्माण गरिएको छ। राप्ती नदीको बाढीबाट बस्ती जोगाउन “बेम्बोपाइलिङ र आरसीसी प्रकुपाइन” प्रविधिबाट आपतकालीन तटबन्ध निर्माण गरिएको हो। बेम्बोमा प्रकुपाइन जोडिएकाले ठूलो बढी आउँदा पनि त्यसले थेग्न सक्ने जनताको तटबन्ध कार्यक्रमका प्रमुख डा. नारायण सुवेदीले जानकारी दिनुभयो। राप्ती नदी किनारामा […]
आकाश हेरेर बसेका किसान
समयमै वर्षा नहुँदा सुनसरीका किसानले राखेको धान ब्याडमै सुक्न थालेको छ। असार बित्नै लाग्दासमेत पर्याप्त पानी नपर्दा र सिँचाइ सुविधा अभावले धान रोपाइँ हुन नसकेको हो। आकाशे पानीको भरमा रहेका बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टापु चिलैया र गरैया क्षेत्रका किसानले रोपेको धानको रोपो नै सुक्न थालेको छ। स्थानीय कृषक सन्तोष चन्द्रवंशीले भन्नुभयो, “यो वर्ष […]
बेतना सिमसार सुकेसँगै मर्न थाले माछा
मोरङ, बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न थालेको छ। यहाँ पानी सुकेसँगै माछा मर्न थालेका छन् भने त्यस क्षेत्र आसपासका जमिनमा सिँचाइको समेत समस्या भएको छ। लामो समयदेखि पर्याप्त पानी पर्न नसक्दा रोपाइँ हुनसकेको छैन। सोही सिमसार क्षेत्रको पानीबाट बेलबारीको सयौँ बिघा जमिन सिँचाइ हुने गरेको भए पनि यस वर्ष […]
अखाढ सुक्खा, सावन दुखद, मर्का मधेसका किसान
मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले पनि खेतीपाती र मौसमका कुरा उप्किँदा पाका किसान ‘डाक वचन’ सम्झन्छन्। अनुकूल/प्रतिकूल मौसम र खेतीपातीका सन्दर्भमा सिद्धपुरुष ‘डाक’ले करिब तीन सय वर्षअघि गरेका भविष्यवाणी उमेर घर्केका मैथिल (मिथिलाका बासिन्दा) लाई कण्ठस्त छ। मौसमवेत्ता र भविष्यवेत्ता मानिने ‘डाक’ मैथिल जनजीवनका सम्झिरहने पात्र मानिन्छन्। “अखाढ सुक्खा, सावन दुखद, भादो भैंसल, […]
नेपाललाई ४७ हिमतालको खतरा, पृथ्वीको तापमान बढ्नुको असर
गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आयो। बाढीका कारण चीन–नेपालका गरी अहिलेसम्म १९ जना नागरिक बेपत्ता छन् भने सात जनाको मृत्यु भएको छ। तीस मेगावाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने मितेरी पुल बगाएको छ। एक सयभन्दा बढी इलेक्ट्रिक सवारीसाधन बाढीसँगै बगेर गयो भने चीनसँगको व्यापार अवरुद्ध भएको छ। […]
मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा
वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाइमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टीगत गर्दै मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को असार २६ गते साँझको बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो। बैठकले सुक्खाग्रस्त मधेश […]
रसुवामा बाढीको कारण हिमताल विस्फोट
जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको जनाएकोे छ। विभागका बाढीविद् विनोद पराजुलीले ‘सुप्राग्लेशियल’ ताल फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो। “रसुवागढीस्थित नेपाल–चीन सीमाबाट करीब ३६ […]
जलवायुजन्य क्षति कम गर्न चीनसँग सहकार्य: मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि चीन सरकारसँग पनि समन्वय गर्नुपर्ने धारणा राख्नुभएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मनसुनजन्य विपद्को लागि पूर्वतयारी र व्यवस्थापनसम्बन्धी, २०८२ का सम्बन्धमा आज मन्त्रालयमा आयोजित छलफलमा मन्त्री खड्काले नेपालका अधिकाशं नदी चीनबाट बहने भएकाले बाढीपहिरोबाट हुने क्षति न्यूनीकरणका लागि चीनसँग सहकार्य […]
पानी नै नपर्ने मुस्ताङमा बाढी, ७ पुल बगायो
उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्याएको क्षतिको प्रारम्भिक अनुमानका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँ पुर्याएको क्षति यकिन गर्न बुधबार अनुगमन गरेका छन् […]