फरक वातावरणले गर्दा अहिले मनाङको तल्लो क्षेत्रमा खेती भित्र्याउने समय हो भने माथिल्लो भेगमा लगाउने कार्य भइरहेको छ। यहाँ प्रायः आलु, गहुँ, फापर, करु, उवा, कोलु बोडी जस्ता परम्परागत बाली लगाउने गरिन्छ। जिल्ला ती खाद्यन्नमा आत्मनिर्भर बनेको छ। किसान ताचै, तिल्चे, थानचोक, चामे, तिमाङ, नाचै, ओडारलगायत क्षेत्रमा खेती भित्र्याउन व्यस्त छन्। कृषि ज्ञान केन्द्रका […]
रामकोटका सडकमा हरियाली रोपिदैँ
पानीमा हिलो, घाममा धुलो। वर्षैँभरि हिलाम्मे र धुलाम्मे। स्थानीयलाई सधैँको सास्ती हुन्थ्यो। धादिङको रामकोट सडकको यो कहानी विस्तारै फेरिँदैछ। नयाँ कालोपत्र सडकले रूप बदल्न थालेसँगै अब त्यसमा हरियाली थपिँदैछ। कहिल्यै नसकिने धुलो, वर्षामा बग्ने हिलो अनि पैदलयात्रीका लागि अप्ठ्यारो सडक किनारमा बिरुवा रोपिएसँगै गाउँलेहरूमा छुट्टै आशा पलाएको छ। ऊर्जा थपिएको छ। राष्ट्रिय वृक्षरोपण […]
“१५ असार” मनाइँदै
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस “१५ असार” खेतमा काम गरी दही चिउरा खाएर आज मनाइँदै छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक […]
सबै पालिका समेटेर जलवायु सम्मेलन गर्दै मुस्ताङको घरपझोङ
मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘वातावरण र जलवायु’ सम्मेलन आयोजना गर्ने भएको छ। पछिल्लो समय विश्वमा चिन्ताको विषय बनेको जलवायु परितर्वनलाई विश्व समुदायमाझ ध्यानार्कषण गराउने उद्देश्यसहित घरपझोङ गाउँपालिकाले ७५३ वटै पालिका प्रमुखको सहभागितामा वातावरण र जलवायु सम्मेलन आयोजना गर्ने घोषणा गरेको हो। असार १० गते को गाउँसभा बैठकमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा […]
तापक्रम बढ्न थालेपछि हराउँदै मनाङका रैथाने बाली
समुद्री सतहबाट एक हजार ८८० मिटरदेखि आठ हजार १६३ मिटरसम्म रहेको मनाङ रैथाने खेतीबालीमा आत्मनिर्भर छ। जिल्लाको कुल क्षेत्रफल दुई हजार २४६ वर्ग किलोमिटर भूभाग समेटिएको छ भने दुई लाख २४ हजार ६०० हेक्टरमध्ये खेतीयोग्य जमिन दुई हजार १५६ रहेको छ। खेतीयोग्य भूमिको दुई हजार १७ हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिँदै आएको छ। त्यसमा […]
देशभर मनसुनी वायुको प्रभाव : कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसको प्रभाव आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम बुलेटिनका अनुसार देशको पहाडी भूभागको केही स्थानमा तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा […]
घट्दै छ दूधपोखरीकुण्डमा पानी, कसरी जोगाउने?
लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित धार्मिक महत्त्वको पर्यटकीय तीर्थस्थल दूधपोखरीकुण्डमा जलसतह घट्दै गएपछि स्थानीय चिन्तित भएका छन्। विगतमा भरिभराउ रहने दूधपोखरीकुण्ड पछिल्लो समय जलसतह घट्दै गएपछि यहाँको सौन्दर्यमा चुनौती थपिएको सरोकार भएकाहरूले बताएका हुन्। पथप्रदर्शक गङ्गा घलेले जलसतह घट्दै जाँदा यहाँको सौन्दर्यमा चुनौती बढाएको भन्दै यहाँको धार्मिक पर्यटनमा यसले नकारात्मक असर पार्ने देखिएको बताउनुभयो। पर्यटकीय […]
“हामी विपद्को उच्च जोखिममा छौँ, पूर्वतयारीमा ध्यान पुगेकै छैन”
दिनेशप्रसाद भट्ट यस वर्षको मनसुन प्रारम्भ भइसकेको छ। जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। यस वर्षको मनसनुजन्य विपद्बाट देशभर करिब चार लाख ५७ हजार १४५ घरधुरीका २० लाख नागरिक प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित हुने आकलन गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्बाट हुनसक्ने […]
आठ सय रोपनीमा बन्दैछ उपल्लो मुस्ताङमा सरकारी कृषि फार्म
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको शाखाका रूपमा सेटलाइट कृषि फार्म स्थापना हुने भएको छ। बागवानीमा उत्पादन हुने शीतोष्ण फलफूल तथा तरकारीलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले घमीमा सेटलाइट फार्म स्थापना गर्ने तयारी गरिएको हो। यसका लागि जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुर्याएको शीतोष्ण बागवानी विकास केन्द्रका कार्यालय प्रमुख […]
पहिरोका कारण बेसीशहर मनाङ सडक अवरुद्ध, यात्रुहरूलाई सर्तक रहन आग्रह
असार ४, लमजुङ बेसीशहर–मनाङ सडक खण्ड अन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्थित बुङझरना नजिकै आज बिहान पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। सडक माथिबाट अचानक खसेको पहिरोले सवारी आवागमन ठप्प बनाएको हो। घटनापछि तत्कालै प्रहरी टोली घटनास्थलमा खटिएको छ भने सडक खुलाउन सडक आयोजना तथा स्थानीय निकायसँग समन्वय गरेर काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको […]