कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको राराताल मुलुुककै पर्यटनको आकर्षण मानिने ताल हो । यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये राराताल एक हो । नयाँ वर्षको अवसर पारेर देशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै बढेको छ । नयाँ वर्ष लाग्न केही दिन बाँकी भएसँगै हवाई र सडकमार्गबाट रारा आउने […]
बम विस्फोट : एकको मृत्यु, एकको उपचार हुँदै
बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय बागलुङले जनाएको छ । गम्भीर घाइते गुल्मीको मुसिकोट नगरपालिका–७ स्थायी घर भई बडिगाड गाउँपालिका–२ सिमलचौर […]
करेन्ट लागेर युवकको मृत्यु
पाँचथरको फिदिम नगरपालिका–१२ भोटेगाउँका १९ वर्षीय राजु ढुङ्गानाको करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान घर नजिकैको विद्युत्को पुरानो ट्रान्समिटर निकालेर नयाँ जडान गर्ने क्रममा ढुङ्गानालाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि फिदिमस्थित समर्पित अस्पताल भर्ना गरिएकामा दिउँसो चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको […]
निगमले ग्राउन्डेड चिनियाँ जहाज लिजआउट गर्ने
काठमाडौँ, १७ चैत-सरकारी निर्णयअनुसार नेपाल वायुसेवा निगमसँग रहेका छ वटा चिनियाँ जहाजको व्यवस्थापन हुने भएको छ। चिनियाँ जहाज प्रभावकारीरूपमा सञ्चालन तथा व्यवस्थापन हुन नसक्दा आर्थिक भार बेहोरिरहेको निगमका लागि यो व्यवस्थापन निकै ठूलो उपलब्धी हो। निगमसँग दुई वटा ‘एमए ६०’ र चार वटा ‘वाई १२ ई’ गरी छ चिनियाँ जहाज छ। यी जहाज आन्तरिक उडान […]
छोरीहरू ५ कक्षामाथि पढ्नै मुस्किल
कैलालीमा मुस्लिम समुदायका छोरीहरुले ५ कक्षामाथि पढ्नै मुस्किल रहेको पाइएको छ । छोरी ठूली भएमा अभिभावकले विद्यालय पठाउन आनाकानी गर्दा छोरीहरूको शिक्षा आर्जनमा बाधा पुगेको छ । जानकी गाउँपालिका–५ पथरैयामा मुस्लिम समुदायको बसोबास छ । पथरैयामा मुस्लिम समुदाय विगत ८० वर्षदेखि बसिरहेका छन् । बस्तीकै बीचमा विसं २०४८ मा स्थापना भएको बाल विद्या मन्दिर आधारभूत […]
सामुदायिक वनको काठमाथिको प्रतिबन्ध तत्काल हटाउ: फेकोफन
काठमाडौँ, १५ चैत (रासस): सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले सामुदायिक वनको काठ बिक्री वितरणमा लगाइएको प्रतिबन्ध तत्काल हटाउन सरकारसँग माग गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट २०७७ साल जेठ १५ गतेदेखि साललगायतका काठको बिक्री वितरणमा लगाइएको प्रतिबन्धका कारण सो मितिभन्दा पहिला सामुदायिक वनमा कटान भएका साललगायतका काठ उपभोक्ता समूहमा बिक्री वितरण र सदुपयोग […]
डोनर सम्मेलनको तयारीमा नगरपालिका संघ नेपाल – अशोक कुमार ब्याञ्जु
नेपालकाे शहरी क्षेत्रकाे विकास र स्तरउन्नति अबकाे प्रमूख चुनाैतीकाे रुपमा खडा भएकाेल छ । यही समस्यालाई सम्बोधन गर्न नगरपालिका संघ नेपालले अबको भावी योजनामा डोनर सम्मेलनलाई प्रमुख प्राथमिकतामा राखेको छ । आर्थिक रुपान्तरणका लागि नेपालको शहरी क्षेत्रमा लगानी गर्न इच्छुक डोनरहरुको लागि डोनर सम्मेलनको तयारी गरिरहेको नगरपालिका संघ नेपालको भनाई छ ।
बाख्राका पाठा डेढ लाख रूपैयाँसम्ममा बिकेपछि………….
ती बाख्रालाई १८० लिटर पानी र ३० केजीको हाराहारीमा पौष्टिक आहार खुवाउने गरिएको छ। – चन्द्रकला भण्डारी झापा, ११ चैत (रासस)– पछिल्लो समय युवाहरू वैदेशिक रोजगारी त्यागेर स्वदेशमै उद्यमशीलतामा रमाउन थालेका छन्। मेचीनगर नगरपालिका–१० का ४१ वर्षीय विजय नेपाल त्यस्तै युवामध्येका एक हुन्, जसले खाडी मुलुक युएईको दुबईमा सात वर्ष बसेर फर्केपछि […]
दैलेखको छामघाट र ताराघाट खोलाबाट माछा गायब
“ खोलामा दिनभरि जाल हान्दा नि एक छाक माछा हुँदैन करेन्ट लगाउँदा माछा सखाप भो अनि हाम्रो जालमा कसरी माछा आउँछ”, भन्नुहुन्छ कर्णबहादुर कार्की। दुल्लु, ९ चैत (रासस)-अवैध रूपमा करेन्ट लगाएर माछा मार्दा खोलामा माछा पाउन छोडिएको छ। लोपोन्मुख असला माछा अत्यधिक पाइने दैलेखको छामघाट र ताराघाट खोलामा अवैध रूपमा करेन्ट लगाएर माछा मार्न थालेपछि […]