बसपार्कमा काठमाडौँ छाड्नेको भीड

काठमाडौँ, १४ वैशाख (रासस)-गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका […]

 काठमाडौँ उपत्यका बन्द: वैशाख १६ देखि २२ गते मध्यरातसम्म (आधिकारिक आदेशमा के छ ?)

काठमाडौँ, १३ वैशाख – काठमाडौँ उपत्यकामा यही वैशाख १६ देखि २२ गते मध्यरातसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने भएको छ। काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले आज साँझ एक आदेश जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको जनाइएको छ। बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ– यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, […]

कोसेली बोकेर गर्भवती तथा सुत्केरी खोज्दै हिडने गाउँपालिका उपाध्यक्ष विष्णु बुढा

खलङ्गा, ९ वैशाख  – जुम्लाको तिला गाउँपालिकाले सुनौलो हजार दिनभित्रका आमालाई उपाध्यक्षको पोषण कोसेली कार्यक्रम सञ्चालन गरेको छ।  आमा र बच्चालाई स्वस्थ राख्न सके मात्र परिवार, समाज, समुदाय र सिङ्गो देशको विकास एवं समृद्धिमा सहयोग पुग्छ भन्ने मान्यतालाई केन्द्रमा राखेर सुनौलो हजार दिनभित्रका आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ। कार्यक्रमअन्तरगत विभिन्न खाद्य सामग्री […]

ओली नेपाल भेट: एमालेजन दङ्ग

काठमाडौँ, ८ वैशाख (रासस)- सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक वृत्तमा सकारात्मक सन्देश प्रवाह भएको छ। सरकारको नेतृत्व गरिरहेको संसद्को ठूलो दलका शीर्ष तहमा सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधिसभाको पुनःस्थापना तथा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकतालाई पूर्ववत् अवस्थामा फर्काइ दिएपछि चरम विवाद […]

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

पूर्वी चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ । पूर्व–पश्चिम लोकमार्गमा लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा३च २१८७ नंको बोलेरोले राप्ती नगरपालिका–३ झुरझुरेमा पैदलयात्री ओलीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते ओलीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा […]

वनक्षेत्र लुट्न राजनीतिक दौडधूप

महोत्तरी, ६ वैशाख (रासस)- अव्यवस्थित बसोबास व्यवस्थित गर्न भूमिसम्बन्धी समस्या समाधान आयोगले काम थालेलगत्तै जिल्लामा वन क्षेत्र अतिक्रमण गर्नेले जग्गा दर्ता गराउन राजनीतिक दौडधुप शुरु गरेका छन्। जिल्लाको बर्दिवास नगरपालिका–१ र ३ मा पर्ने नेवारडाँडा कामीडाँडा सामुदायिक वनक्षेत्रको जग्गा कब्जा गर्नेले अहिले सो जग्गा आफ्ना नाउँमा दर्ता गराउन राजनीतिक दौडधूप सघन बनाएका वनक्षेत्र नजिकका बासिन्दाको […]

संसद् अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु हिउँदे अधिवेशन आज अपराह्न १ बजेदेखि अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठककोे सिफारिशमा राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ (२) बमोजिम अधिवेशन अन्त्य गर्नुभएको हो । सो सम्बन्धी पत्र राष्ट्रपतिको कार्यालयबाट सङ्घीय संसद् सचिवालयमा प्राप्त भइसकेको थाहा भएको छ । सर्वाेच्च अदालतको गत फागुन ११ को फैसलाबाट पुनःस्थापित […]

रानीमहलको रित्तो घरबाट पर्यटक निराश

–निरा गौतम रुपन्देही, ५ वैशाख (रासस)- काठमाडौँ सामाखुशीकी शकुन्तला ढकाललाई पाल्पाको रानीमहल हेर्ने वर्षौं देखिको धोको थियो। प्रेमको प्रतीक मानिने रानीमहल साँच्चिकै सुन्दर र आकर्षक होला भन्ने अपेक्षा लिएर रानीमहल हेर्न पुगेकी ढकाल त्यहाँ पुग्दा भने खिन्न हुनुभयो। उहाँको कल्पनामा जस्तो थियो, वास्तविक त्यस्तो थिएन रानीमहल।   “मैले त राजाले बनाएको दरबार अत्यन्तै आकर्षक होला […]

पोखरा म्याराथन: छात्रामा नर्मता गुरुङ  र छात्रमा विवेक परियारले मारे बाजी

कास्की, ४ वैशाख (रासस)- पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत आज सम्पन्न पाँच किमी दौडको उपाधि छात्रतर्फ विवेक परियार र छात्रातर्फ नर्मता गुरुङले जित्न सफल हुनुभएको छ। भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा भएको १५औँ संस्करणको म्याराथनअन्तर्गत पोखरा रङ्गशालाबाट शुरु भएको सो दौडमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा अवस्थित ज्ञान ज्योति बोर्डिङ स्कूलका छात्र परियारले २१ मिनेट ५२ सेकेण्डमा निर्धारित […]

सकेसम्म बन्दाबन्दी हुन्न…(तर) सरकारका लागि जनताको जीवन पहिलो हो: प्रम ओली

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख कर्तव्य नागरिकको जीवन रक्षा गर्नुभएको बताउनुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूको सुख, शान्ति र समृद्धिको कामना गर्दै कोभिड–१९ को  महामारीबाट सबैलाई सुरक्षित रहन आग्रह गर्नुभयो। “सरकारको नागरिकको जीवन रक्षा गर्नु पहिलो कर्तव्य हो, सरकारका लागि जनताको […]