
मङ्सिर २१ गते । चिनियाँ राष्ट्रपति सी चिनपिङ तीनदिने साउदी अरयिबा राजकीय भ्रमणको लागि बुधबार त्यता प्रस्थान गर्नु लाग्नुभएको छ । विश्वको सबैभन्दा ठूलो तेल निर्यात गर्ने देश साउदी अरबियाका राजा सलमानको औपचारिक निमन्त्रणामा उहाँ त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।

विश्वव्यापी कोरोना भाइरस सङ्क्रमण फैलिएपछि उहाँको तेस्रो वैदेशिक भ्रमण र सन् २०१६ देखि साउदी अरबियामा पहिलो भ्रमण हुँदैछ ।
दुई देशबीचको ऐतिहासिक सम्बन्ध र रणनीतिक साझेदारी स्थापित गर्नको लागि यस भ्रमणसँगै उच्चस्तरीय शिखर सम्मेलन आयोजना हुने साउदी प्रेस एजेन्सीले मंगलबार जनाएको छ ।

सहमतिअनुसार २९२ खर्ब ६० अर्ब अमेरिकी डलर बराबर आर्थिक सहयोग चीनद्वारा साउदी अरबियालाई दिने विषयमा सम्झौतापत्र हस्ताक्षर हुनेछ ।
चिनिया विदेश मन्त्रालयका प्रवक्ता हु चुङयिङले राष्ट्रपति सीले साउदी अरबियामा राजकीय भ्रमण गरेर रियादमा हुने पहिलो पटकको चीन र अरब राष्ट्रहरूको सम्मेलन तथा चीन र जीसीसी सम्मेलनमा भाग लिने जानकारी दिनुभयो ।
सी तेस्रो पटक चीनको राष्ट्रपति, महिलाविहीन २५ सदस्यीय पोलिटब्युरो, ७२ वर्षका सैनिक कमान्डर
सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । कम्युनिष्ट पार्टीको अधिवेशनमा उनी फेरि पार्टीको महासचिवमा निर्वाचित भए । सी जिनपिङ पार्टीको अध्यक्षमा निर्वाचित भएको यो लगातार तेस्रो पटक हो । अब उनी आगामी पाँच वर्षसम्म यही पदमा रहनेछन् ।
एक दशकदेखि सत्तामा रहेका सी जिनपिङले तेस्रो पटक सत्तामा आएर दशकौंदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास रचेका छन् । उनी अब माओत्सेतुङको बराबर भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि कुनै पनि नेता तेस्रो पटक सत्तामा आउन सकेनन् ।
सी जिनपिङले पार्टीको अध्यक्षमा निर्वाचित भएपछि आफ्नो नयाँ स्थायी समिति पनि घोषणा गरेका छन् । सी जिनपिङको टोलीमा ली कियांग, शाओ लेजी, वाङ हुनिङ, काई के डिंग शेशियांग र ली शी समावेश छन् जसमध्ये ली कियांगलाई नयाँ प्रधानमन्त्री बनाइएको छ । उनले ली केकियांगको स्थान ओगटेका छन् ।
ली कियांगले ली खछ्याङलाई प्रतिस्थापन गर्ने छन् । पार्टीको दोस्रो वरियतामा रहेका ली संघाईका पार्टी प्रमुख हुन् । प्रविधि र आर्थिक विकासमा उनले उदाहरणीय काम गरेका छन् । सात सदस्यीय पोलिटब्युरो स्ट्यान्डिङ कमिटीमा झाउ लेजी, वाङ हुनिङ,काई ची, डिङ सुइसिङ र ली सीको चयन भएको छ ।

२५ सदस्यीय पोलिटब्युरो महिलाविहीन
चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ पोलिटब्युरो महिलाविहीन बनेको छ।
२० औं राष्ट्रिय अधिवेशनबाट कुनै पनि महिला पोलिटब्युरोमा चयन नभएका हुन्। यसपटक उइजो प्रान्तकी सचिव सेन यिङले मात्रै पोलिटब्युरोमा दाबी पेश गरेकी थिइन्। तर उनलाई पोलिटब्युरोमा ल्याइएन।
उनलाई स्थान नदिएपछि २५ सदस्य पोलिटब्युरो महिलाविहीन भएको हो।
१९ औं राष्ट्रिय अधिवेशनले सुन चुनलानलाई पोलिटब्युरो सदस्यमा चयन गरेको थियो। उमेरका कारण उनले राजनीतिबाट अवकाश लिएकी छिन्। सन् १९४९ यता चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा ६ महिला मात्रै पुगेका छन्। तीमध्ये तीन जना संस्थापकका श्रीमती थिए।
पार्टीका संस्थापक नेता माओ त्सेत्सुङले महिलाले आधा आकाश ढाक्ने भन्दै चिनियाँ कम्युनिष्ट पार्टीको मूल सिद्धान्त लैङ्गिक समानता हुने बताए पनि सात दशकदेखि पार्टीमा महिलाको प्रतिनिधित्व नगन्य रहेको छ।
७२ वर्षका जाङलाई चिनियाँ सेनाको कमाण्ड
६८ वर्षका तीन जर्नेललाई चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीबाटै बिदा गरेका महासचिव सी चिनफिङले ७२ वर्षका जाङ स्योलाई जनमुक्ति सेनाको कमाण्ड सुम्पिने भएका छन्। उनले केन्द्रीय सैनिक आयोगको उपाध्यक्षको जिम्मेवारी ७२ वर्षका जाङलाई दिने भएका हुन्।
६८ वर्षको उमेर पुगेपछि अवकाश लिने परम्परा चिनियाँ कम्युनिष्ट पार्टीमा छ। यो विषय पार्टीको विधानमा भने उल्लेख छैन। ६८ वर्ष पुगेपछि अवसकाश लिने परम्पराका कारण सैनिक आयोगका निवर्तमान उपाध्यक्ष सुइ चिल्याङ, रक्षा मन्त्री रहेका जर्नेल वे फङ्कु र संयुक्त स्टाफ विभागका जर्नेल ली झुवचेङलाई सीले केन्द्रीय कमिटीबाटै बिदा गरेका हुन्।
जाङ सीप्रति निष्ठावान रहेकाले उनलाई केन्द्रीय सैनिक आयोगको उपाध्यक्षको जिम्मेवारी दिइएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। केन्द्रीय सैनिक आयोगले २० लाख चिनियाँ सेनाको कमाण्ड सम्हाल्छ। त्यसको अध्यक्ष भने राष्ट्रपति सी नै हुन्छन्।
जाङका बुवा जाङ जोन्सु चनियाँ जनमुक्ति सेनाको लजिस्टिक प्रमुख थिए। सन् १९४७ मा सीका बुवा सी जोङ्सुन राजनीतिक कमिसार थिए। १८ वर्षकै उमेरमा जाङ जोन्सु सेनामा प्रवेश गरेका थिए। उनी २० वर्षकै उमेरमा भियतनाम युद्धका लागि कम्पनी कमाण्डर तोकिएका थिए।
सीको पहिलो कार्यकालमा जाङले हातहतियार विभाग सम्हालेका थिए। जाङ सीले अघि सारेको सेना समायोजन नीतिलाई साथ दिने व्यक्ति हुन्।