संसदमा महिला प्रतीनिधित्व; एमालेले सबैभन्दा धेरै महिला सासंद बनाउदै प्रतीनिधि सभा मै पुर्यायो १ तिहाई

प्रत्यक्षतर्फ चार महिला निर्वाचित



संघीय संसद् (प्रतिनिधिसभा तथा राष्ट्रिय सभा) मा एक तिहाइ सांसद महिला हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि एमालेले प्रतिनिधिसभामै एक तिहाइ महिलालाई सांसद बनाएको छ । 

 

प्रत्यक्षमा ४४ सिट जितेको एमालेले समानुपातिकबाट २२ जना महिलालाई सांसद बनाएको छ, प्रत्यक्षतर्फ चार महिला निर्वाचित भएका छन् । प्रतिनिधिसभामा एमालेका कुल ७८ सांसद भएका छन्, जसको एक तिहाइ २६ हुन्छ । राष्ट्रिय सभामा एमालेका १६ सांसदमध्ये ९ महिला छन् । एमालेले प्रतिनिधिसभामा समानुपातिकबाट महिला १९ जना पठाउँदा पनि संवैधानिक व्यवस्थाअनुसार हुने थियो । पार्टी मुख्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामै एक तिहाइ महिलाको प्रतिनिधित्व गराउने प्रस्ताव राखेको सचिव योगेश भट्टराईले बताए ।

 

एमालेले खसआर्य महिलामा मेनकाकुमारी पोखरेल (दाङ), सरिता भुसाल (नवलपरासी), शोभा ज्ञवाली (बर्दिया), बिजुला रायमाझी (अर्घाखाँची), निर्मला कोइराला (सिन्धुली), सम्झना थपलिया (सिरहा), दीपा शर्मा (दैलेख) र सुनीता बराल (झापा) लाई चयन गरेको छ । 

 

आदिवासी जनजाति महिलातर्फ नैनकला थापामगर (रूपन्देही), सूर्यकुमारी श्रेष्ठ (दैलेख), उर्मिला थेबे (ताप्लेजुङ), ईश्वरी घर्ती (रोल्पा), रणकुमारी बलम्पाकी मगर (सिन्धुली), शान्ति श्रेष्ठ (काठमाडौं), सरस्वती सुब्बा (सर्लाही) को नाम एमालेले पठाएको छ । थारू महिलातर्फ आस्माकुमारी चौधरी (दाङ) र शान्ति चौधरी (बर्दिया), दलित पुरुषतर्फ ईश्वरबहादुर रिजाल विक (दोलखा), प्रभु हजारा दुसाध (पर्सा) र चन्द्रबहादुर विश्वकर्मा (रुकुम पश्चिम) चयन भएका छन् भने दलित महिलातर्फ रुक्मिणी राना बराइली (काभ्रे) र हर्कमाया विश्वकर्मा (झापा) छानिएका छन् ।

 

मधेसी महिलामा बिना देवी (रौतहट), अमृतादेवी अग्रहरी (कपिलवस्तु) र प्रतीक्षा तिवारी मुखिया (धनुषा) को नाम एमालेले पठाएको छ ।


२५ कार्तिक २०७९, शुक्रबार

प्रत्यक्षमा २२५ महिला प्रतिस्पर्धामा; एमालेबाट ११ , स्वतन्त्रबाट १२, अरुबाट कती ?

प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमा २ हजार ४ सय १२ उम्मेदवारमध्ये २ सय २५ महिला प्रत्यक्ष उम्मेदवार छन् । यो जम्मा ९ प्रतिशत हो ।

 

राजधानीका १५ क्षेत्रमा ३ सय ६० उम्मेदवारमध्ये ५५ जना महिला छन्– दलका २९, स्वतन्त्र २६ । 

 

कुन पार्टीका कति ?

एमाले : ११

सुनसरी– ३ भगवती चौधरी, उदयपुर–१ मञ्जुकुमारी चौधरी, धनुषा–३ जुलीकुमारी महतो, बारा–३ ज्वालाकुमारी साह, कास्की–२ विद्या भट्टराई, स्याङ्जा–२ पद्‍मा अर्याल, बागलुङ–२ मञ्जु शर्मा, दाङ–१ शान्ता चौधरी, दाङ–३ कोमल वली, डोटी गौरीकुमारी ओली र कञ्चनपुर–३ नीरुदेवी पाल

कांग्रेस : ५

तेह्रथुम–१ सीता गुरुङ, मोरङ–२ सुजाता कोइराला, सिरहा–२ चित्रलेखा यादव, मकवानपुर–१ महालक्ष्मी उपाध्याय (डिना) र अर्घाखाँची–१ पुष्पा भुसाल (गौतम)

माओवादी : ८

काठमाडौं–१० अन्‍जना विशंखे, काठमाडौं–२ ओनसरी घर्ती, काठमाडौं–७ मानुषी यमि भट्टराई, काठमाडौं–९ कल्पना धमला, ललितपुर–३ पम्फा भुसाल, दाङ–२ रेखा शर्मा, जुम्ला गोमा गौतम (कुँवर) र कञ्चनपुर–१ बिना मगर

एकीकृत समाजवादी : १

गुल्मी–२ रामकुमारी झाँक्री

जसपा : ७

झापा–१ राधा थापा, झापा–५ ओममाया आङदेम्बे, काठमाडौं–९ शर्मिला सुवाल (डंगोल), कास्की–१ शर्मिला नेपाली मंग्राती, कास्की–२, बुद्धिकुमारी गुरुङ, तनहुँ–१ पासाङ थापामगर र पाल्पा–२ दुर्पता सोमै

स्वतन्त्र पार्टी : १२

सुनसरी–१ गोमा तामाङ, ओखलढुंगा–१ शोभा कार्की, महोत्तरी–१ खेमकुमारी भुर्तेल, रामेछाप–१ समीक्षा श्रेष्ठ, सिन्धुली–१ मेनुका ठकुरी, धादिङ–२ बसुमाया तामाङ, काठमाडौं–२ सोविता गौतम, ललितपुर–३ तोसिमा कार्की, सिन्धुपाल्चोक–२ माया गुरुङ, चितवन–३ जिता बराल, बागलुङ–२ तिला खत्री र कपिलवस्तु–१ सन्‍जुसिंह विष्‍ट


१० फाल्गुन २०७७, सोमबार

अधिकार प्राप्त गर्ने मूलढोका नै ताल्चा लगाएर महिलालाई आश्रित बनाइएको पीडा पनि पोखिएको छ’

राज्य प्रणालीबाट अधिकार उपयोग गर्ने मूलढोकामै ताल्चा लगाइएको गुनासो गरिएको छ। अधिकार प्राप्त गर्ने मूलढोका नै ताल्चा लगाएर महिलालाई आश्रित बनाइएको पीडा पनि पोखिएको छ।

 

नेत्री डा विन्दा पाण्डे आमाका नामबाट नागरिकता दिने विषयमा राज्यबाट भएको विभेदप्रति असन्तोष व्यक्त गर्नुहुन्छ। “राज्यका हरेक निकाय शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा हरेक क्षेत्रमा नागरिकता आवश्यक हुन्छ। नागरिकताविना केही हुँदैन तर त्यहीभित्र पस्ने मूल गेटमा ताल्चा लगाइएको छ। अब त्यसभित्रको अधिकार जे भए पनि महिलाले कसरी उपयोग गर्न सक्छन्?” उहाँले भन्नुभयो। आमाका नामबाट नागरिकता दिने स्थानमा लैंङ्गिक संवेदनशीलता नबुझ्ने पुरुष मानसिकता मात्रै हावी हुँदा महिलाले पाइलापाइलामा विभेदको सामना गर्नुपरेको धारणा उहाँको छ।

 

नेत्री विद्या भट्टराई प्रणाली परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन हुन नसक्दा सामाजिक न्याय स्थापित हुन नसकेको बताउनुहुन्छ। “राज्यको सहयोग गर्ने प्रणाली भत्किएको छ तर नयाँ सहयोग गर्ने प्रणाली निर्माण हुन सकेको छैन, प्रणाली परिवर्तन भयो तर प्रवृत्ति उस्तै छ।”

 

यौन महिलाको मातृशक्तिसँग जोडिएको शक्तिशाली पक्ष भए पनि तिनलाई कमजोर बनाउन चरित्रको अस्त्रका रुपबाट प्रहार गर्ने गरिएको उहाँको भनाइ छ। उहाँले महिलाले बाहिर आफ्नो भूमिका खोज्न थालेमा अनेक प्रश्न उठ्ने र विविध खालका दृष्टिकोणले हतोत्साहित गर्ने गरिएको बताउनुभयो। 

 

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) का अध्यक्ष पार्वती पाण्डेले पर्यटन क्षेत्रका महिलालाई सबल र सक्षम बनाउन विविध विषयको ज्ञान आवश्यक रहेको औँल्याउनुभयो। उहाँले महिलाले आफ्नो भूमिकाको खोजी गर्दा अनेक खालका विभेदको सामना गर्नुपरेको बताउनुभयो। ओटेफले शनिबार ‘समृद्धि र लैंङ्गिक न्याय’ विषयमा विचारगोष्ठी आयोजना गरेको पनि थियो।

Comments Box