![](
https://tilichonews.com/wp-content/uploads/2021/03/Mapase-Jaach.jpg
)
काठमाडौं, ८ साउन: ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २८२ जना सवारी चालकलाई कारवाही गरेको छ ।
![](https://tilichonews.com/wp-content/uploads/2023/01/FarmHouse_Ad.png)
ट्राफिक नियम उल्लंघन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ८८ जना, लेन अनुशासन पालना नगर्ने ६२ जना, रेड लाइटमा सवारी साधन चलाउने ८५ जना रहेका छन् ।
![](https://tilichonews.com/wp-content/uploads/2021/02/Tilicho-Home.png)
यस्तै, नम्बर प्लेट नदेखिने गरी राख्ने ३८ जनालाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ । अन्य कारवाहीमा पर्ने २ हजार ९ जना सवारी चालक रहेका छन् ।
Comments Box