
काठमाडौं, ६ साउन: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशन १ असोजमा काठमाडौंमा हुने भएको छ ।
नेकपा प्रवक्ता खडगबहादुर विश्वकर्माका अनुसार नेकपाका ९औं महाधिवेशन १ असाेजमा काठमाडौंमा आयोजना गर्न लागिएको हो ।
‘एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाईमा विकास गरौं, अवसरवादलाई परास्त गर्दै पार्टीलाई एकताबद्ध र सुदृढ गरौं’ भन्ने मुल नारासहित सो महाधिवेशन आयोजना हुन लागेको हो ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वबाट अलग्गिएर मोहन वैद्यको नेतृत्वमा समाहित भएका विप्लव सो पार्टीबाट पनि अलग्गिएर नेकपा गठन गरेर राजनीतिमा सक्रिय छन् । दुई वर्षअघि शान्ति प्रक्रियामा आएको विप्लव समूहले पहिलो पटक काठमाडौंमा पार्टी महाधिवेशन गर्न लागेको हो ।
विप्लव समूहले हिंसा छोड्यो, सरकारसँग ३ बुँदे सहमति
२० फागुन, काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो ।
सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए ।
वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।
सम्पूर्ण बन्दी रिहाई गरिने
सहमतिसँगै पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएको छ । नेकपा विप्लव समूह आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्न तयार भएको वार्ता टोली सदस्य भट्टराईले जानकारी दिए ।
वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।