आन्तरिक कलहमा मुछिएको जसपा नेपालले सिफारिस गर्‍यो चार मन्त्री

सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, भौतिक पुर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र बन मन्त्रालयमा प्रदिपकुमार यादव



काठमाडौं, २० असार: आन्तरिक कलहमा मुछिएको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले अन्तत: ४ मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ ।

 

सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, भौतिक पुर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र बन मन्त्रालयमा प्रदिपकुमार यादव सिफारिस भएका हुन ।

 

आइतवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरेर अध्यक्ष यादवले नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएको जसपाका एक नेताले बताए । उनका अनुसार सम्भवत: आजै सपथ हुनेछ ।


दलका मुद्दामा इजलास

महन्थ ठाकुरले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ ।

 

 

निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकतासम्बन्धी विवाद केन्द्रीय कार्यकारिणी समितिको बहुमतबाट छिनोफानो गर्ने प्रक्रिया अघि बढाएपछि उक्त प्रक्रियालाई नै रोक्न माग गर्दै ठाकुरले रिट निवेदन दिएका थिए ।

Comments Box