मेयरले पाएको मतबराबर वृक्षरोपण गर्ने



रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खानले आफूले पाएको मतबराबर वृक्षरोपण गर्ने निर्णय गरेका छन् । शुक्रबार नगरपालिका कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि पहिलो निर्णय गर्दै खानले स्वच्छ, सफा, सुन्दर नगरका लागि आफूले निर्वाचनमा पाएको मतबराबर वृक्षरोपण गर्ने निर्णय गरेका हुन् ।

 

 

कांग्रेसले सिद्धार्थनगरको नगर प्रमुखमा इस्तियाक अहमदको नाम सिफारिस गरेपछि नेपाली कांग्रेस रुपन्देहीका पूर्व क्षेत्रीय सभापति मातृका यादवले राजीनामा दिएका छन् । इस्तियाक राप्रपाबाट नेपाली कांग्रेसमा आएका थिए, उनी संविधानसभा सदस्यसमेत हुन् ।

Comments Box